मधेशवादी दलसंग एकता हुन्छ-डा.भट्टर्राई
नेकपा माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टर्राईले मधेशवादी दलसंग नयां एकता हुने बताउनुभएको छ । ३ जेठमा वीरगंज उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभामा वीरगञ्जमा आयोजित कार्यक्रममा बोल्दै उहांले नयां परिवेशमा नयां किसिमको एकता र सम्बन्ध स्थापित हुने बताउनुभयो । सरकारको नेतृत्वका लागि गृहकार्यमा जुटिरहेको माओवादीको पछिल्लो अभिव्यक्ति आएको हो । उसले मधेशवादी दलसंग औपचारिक एवं अनौपचारिक छलफल गरी सरकार गठनको कसरत गरिरहदा पछिल्लो अभिव्यक्ति आएको हो ।
|
|
माओवादीको कुटाइबाट व्यवसायीको मृत्यु
काठमाडौँ। वाईसीएल कार्यकर्ताले काठमाडौं कोटेश्वरका रेस्टुरेन्ट व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि चितवनमा हत्या गरेका छन्।कोटेश्वरस्थित निवासबाट वैशाख १५ गते राति अपहरणमा परेका श्रेष्ठलाई चितवनको शक्तिखोरस्थित जनसेनाको शिविरमा हत्या गरिएको थियो। चितवनस्थित माओवादी जनसेना डिभिजन कमान्डर कालीबहादुर खाम (विविध)को कोठाबाट १७ लाख रुपैयाँ चोरी भएको घटनामा संलग्न भएको आशंकामा घरधनी श्रेष्ठलाई वाईसीएल कार्याकर्ताले अपहरण गरेका थिए। कमान्डर खाम एक बर्षदेखि रामहरिको घरमा भाडामा बस्दै आएका छन्।
|
|
अराजक गतिविधि नरोके माओवादीसँग सहकार्य नहुनेः एमाले महासचिव खनाल
एमाले नेताहरूले माओवादीका कार्यकर्ताले अराजक गतिविधि नरोके सम्म उसँग सहकार्य हुन नसक्ने बताएका छन्।
मदन आश्रित स्मृति दिवसको अवसरमा आज बिहान पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजना गरेको श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै नेकपा एमालेका महासचिव झलनाथ खनालले विश्वासको वातावरण बनाउनका लागि माओवादीलाई सुझाव दिनुभयो।
|
|
६ सय १ लाई पाल्ने खर्च अर्बमा
देश सानो भए पनि सबैको भाषणमा कुरा ठूला, काममा कुरा धेरै गर्ने देश नेपालमा संविधान बनाउन पनि ठूलो टोलि गठन गरिएको छ। ६ सय १ को जम्बो टोलिलाई पाल्न पनि ठूलो धनरासी खर्चनु पर्ने भएको छ।
|
|
|
एमाले महासचिवमा खनाल
नेकपा (एमाले) केन्द्रीय कमिटीको बिहीबार साँझ सम्पन्न अठारौं बैठकले पार्टी प्रमुख पद महासचिवमा स्थायी कमिटी सदस्य झलनाथ खनाललाई र्सवसम्मत रूपमा चयन गरेको छ। उहाँ यसअघि २०३९ देखि २०४६ भदौसम्म पार्टीहासचिव हुनुहुन्थ्यो र अहिले २० वर्षछि संविधानसभा निर्वाचनबाट पार्टी धक्का खाएको बेला पुनः प्रमुख पदमा चयन हुनुभएको छ। निवर्तमान महासचिव माधवकुमार नेपालले बिहीबार बिहान केन्द्रीय कमिटीको बैठक प्रारम्भ हुनासाथ खनाललाई पार्टी नेतृत्वको जिम्मेवारी दिन प्रस्ताव राख्नुभएको थियो।
|
|
सभासद्को शपथ जेठ १४ गते
संविधानसभा सदस्यहरूले संविधानसभा बैठक शुरू हुने अघिल्लो दिन जेठ १४ गते शपथग्रहण गर्ने सहमति भएको छ। सात दलको कार्यदलद्वारा बिहीबार संसद् सचिवालयमा आयोजित १३ वटा दलबीचको बैठकमा कार्यकारी पदमा नबसेको ज्येष्ठ सभासद्बाट अन्य सभासद्लाई शपथग्रहण गराउने सहमति भएको हो। शपथको कार्यविधि चाँडै नै अध्यादेशबाट आउने र पहिलो ज्येष्ठ सदस्यले अन्य सभासद्का सामु शपथग्रहण गरेपछि अरू सभासद्लाई शपथग्रहण गराउने व्यवस्था अध्यादेशमा हुने जनाइएको छ।
|
|
|
राजा राख्ने सम्झौता भएको छैन: भारतीय राजदूत
नेपालको मामिलामा महत्वपूर्ण भूमिका रहने गरेको दक्षिणी छिमेकी भारतका एकजना वरिष्ठ कूटनीतिज्ञले दुई वर्षअगाडिको जनआन्दोलनताका राजा राख्नेबारे कुनै सम्झौता नभएको बताएका छन्। राजा ज्ञानेन्द्रले दलहरुलाई सत्ता हस्तान्तरण गर्दा त्यस्तो सम्झौता भएको अड्कल गरिंदै रहेको बेला नेपालका लागि भारतीय राजदूत राकेश सुदले त्यसो भनेका हुन्। बिहीबार काठमाण्डूमा बोल्दै उनले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने सुझाव आफुहरुले दिएको भन्ने समाचारहरुको पनि खण्डन गरे।
|
|