 |








जनमत

हामी चाँडै आउँदैछौ ।

|
 |

अक्षरको आकार:

संविधानसभा

|
वि.स. २०६२/०६३ को जनआन्दोलनमा नेपाली जनताले अभिव्यक्त गरेको माग अनुसार नेपालमा
नंया संबिधान निर्माणका लागि संविधानसभा गठन गर्न लागिएको हो । यस ऐतिहासिक
प्रक्रियामा सम्पूर्ण नेपालीको सहभागिता सुनिश्चित गर्नका लागि जनताले प्रत्यक्ष
निर्वाचनको माध्यमबाट चुनिएका प्रतिनिधिहरु मिलेर संबिधानसभाको निर्माण हुनेछ ।
नेपालको अन्तरिम संबिधान २०६३ को तेस्रो संशोधन अनुसार संविधानसभामा जम्मा ६०१
सदस्य रहनेछन् । ती मध्ये ५७५ जना ( पहिलो हुने बिजय हुने निर्वाचन प्रणालिबाट २४०
र समानुपातिक निर्वाचन प्रणालिबाट ३३५ जना) संविधानसभा सदस्य निर्वाचनबाट र २६ जना
सदस्य निर्वाचन सम्पन्न भएपछि बन्ने मन्त्रिपरिषदको मनोनयनबाट आउनेछन् ।
यस अघि संबिधानसभाको निर्वाचन वि.स. २०६३ जेठमा संम्पन्न गर्ने भनिएकोमा निर्वाचनको
मिति नजिकिदासम्म पनि निर्वाचन सम्बन्धि आबश्यक कानुन नबनेका र तयारी पुरा नभएको
हुंदा निर्वाचनको काम मङसिरसम्म स्थगित भएको थियो । देश्रो पटक सारिएको निर्वाचनको
मिति नजिकिदै जांदा पनि फेरी सत्तारुढ गठवन्धनको एक प्रमुख घटक नेकपा माओवादीले नयाँ
माग राखेर अवरोध श्रृजना गरेका कारणा संबिधानसभाको निर्वाचन स्थगित भयो । माओवादीले
संविधानसभा निर्वाचन अगाडि नै गणतन्त्र घोषणा र संविधानसभा निर्वाचन प्रणालि
समानुपातिक निर्वाचन प्रणालिमा नहुंदासम्म निर्वाचनमा भाग लिन असहमति प्रकट गरेको
थियो ।
२०६३ साल पुसमा नेकपा माओवादी र सत्तारुढ दलहरु बीच राजनैतिक सहमति भएपछि संबिधानसभा
निर्वाचनको लागि नंया मिति घोषणा भयो । सहमति अनुसार अव संबिधान सभाको निर्वाचन
बि.स. २०६४ चैत २८ गते -अप्रिल १०, २००८) हुने गरी तोकिएकोछ ।
निर्वाचन सम्पन्न भएपछि गठन हुने संविधानसभाले गर्ने गतिविधि र त्यस्ले पारित गरेका
दस्तावेजलाई हामीले यहाँ राख्दै जानेछौं ।
|
|
 |

|
 |