 |








जनमत

हामी चाँडै आउँदैछौ ।

|
 |

अक्षरको आकार:

निर्वाचनका मापदण्ड / अभ्यास

|
निर्वाचनका मापदण्ड र अभ्यास
निर्वाचनसम्बन्धी अन्तराष्ट्रिय मापदण्ड
अन्तराष्ट्रिय निकायले विभिन्न पटक गरेका सहमति र सम्झौताका दस्तावेजमा
निर्वाचनसम्बन्धी अन्तराष्ट्रिय मापदण्ड परिभाषित गरिएका छन् । यी विभिन्न दस्तावेजको
पालना र वैधता पनि तिनलाई पारित गर्ने निकायका कारण अलग-अलग छ ।
निर्वाचनका संवन्धमा विशेष गरी दुई प्रकारका अन्तराष्ट्रिय मापदण्ड छन्:
सम्झौता गरिएका मापदण्ड
अन्तराष्ट्रिय कानुनद्वारा नियमित गरिएका र दुई वा बढी राष्ट्रद्वारा सदर गरिएको एउटा
लिखित सहमति नै सम्झौता हो । यस्ता सम्झौतामा हस्ताक्षर गर्ने देशहरुले सम्झौताको
पालना गर्नुपर्दछ र यस्को उत्तरदायित्व पनि लिनु पर्दछ ।
विभिन्न देशबीच थुप्रै सम्झौता भएका हुन सक्छन्, तर धेरै राष्ट्रले हस्ताक्षर गरेका
र यी देशलाई प्रजातान्त्रिक प्रावधानका लागि बाध्यकारी बनाएका सम्झौता नै
अन्तराष्ट्रिय निर्वाचनका लागि सबैभन्दा बढी सान्दर्भिक मापदण्ड हुन् । यस्ता
सम्झौतामा हस्ताक्षर नगर्ने देशका लागि समेत यस्ता अन्तराष्ट्रिय मापदण्डहरु
प्रजातान्त्रिक प्रक्रियाका लागि आवश्यक हुन्छन् ।
संयुक्त राष्ट्र सङ्घद्वारा तयार पारिएका अभिसन्धीहरु (उदाहरणको लागि, नागरिक र
राजनीतिक अधिकारसम्बन्धी अन्तराष्ट्रिय प्रतिज्ञा पत्र) अन्तराष्ट्रिय निर्वाचन
मापदण्ड स्थापित गर्नका लागि र्सवाधिक महत्वपूर्ण सम्झौता हुन् । यस्तै विभिन्न
क्षेत्रीय निकायद्वारा तयार पारिएका अभिसन्धीहरू (उदाहरणको लागि अफ्रिकन युनियनको
संवैधानिक कानुन) पनि निर्वाचन मापदण्ड स्थापित गर्नका लागि महत्वपूर्ण हुन्छन् ।
थप जानकारीका लागि, परिभाषित अन्तराष्ट्रिय निर्वाचन संवन्धी मापदण्ड हेर्नुहोस्:
सम्झौता मापदण्ड
सम्झौता नगरिएका मापदण्ड
सम्झौता जत्तिकै बाध्यकारी नभए पनि राज्यहरुले प्रजातान्त्रिक प्रावधानका लागि
विभिन्न किसिमका सहमति गरेका हुन्छन्, यसले पनि निर्वाचनसम्बन्धी अन्तराष्ट्रिय
मापदण्ड स्थापित गर्छ । यस्ता राजनीतिक सहमतिले राज्यलाई तिनको अनुशरण गर्न बाध्य
पार्नुका निर्वाचनसम्बन्धी अन्तराष्ट्रिय मापदण्डलाई परिभाषित गर्ने दस्तावेजमा पनि
भरथेग गर्छन् ।
यस्ता सम्झौतारहित सहमतिहरु संयुक्त राष्ट्र सङ्घको महासभा प्रस्तावमा समाविष्ट हुन
सक्छन् र क्षेत्रीय सङ्गठनद्वारा हासिल गरिएका सहमतिमा समाविष्ट हुनसक्छन् ।
थप जानकारीका लागि, परिभाषित अन्तराष्ट्रिय निर्वाचन संवन्धी मापदण्ड हेर्नुहोस्:
सम्झौतारहित मापदण्ड
निर्वाचन सम्बन्धी उत्कृष्ठ अभ्यास
निर्वाचन सम्बन्धी उत्कृष्ठ अभ्यास र निर्वाचन सम्बन्धी अन्तराष्ट्रिय मापदण्ड फरक
फरक कुरा भए पनि यिनीहरु दुबै निर्वाचनमा नै केन्द्रित विषय वस्तु हुन् ।
अन्तराष्ट्रिय मापदण्डले निर्वाचन हुनुपर्ने सिद्धान्त स्थापित गर्न खोज्छ (उदाहरणको
लागि आवधिकरुपले, स्वतन्त्र र निष्पक्ष तवरमा इत्यादि), भने उत्कृष्ठ अभ्यासले यी
सिद्धान्त लागू गर्ने सही पद्धति पहिचान गर्छन् ।
उत्कृष्ठ अभ्यासको दायरा धेरै विस्तृत छ, र उस्तै उद्देश्य हासिल गर्न अथवा र
निर्वाचनसम्बन्धी सिद्धान्त लागू गर्न विभिन्न उत्तम अभ्यास हुनसक्छन् ।
निर्वाचनसम्बन्धी उत्तम अभ्यास थाहा पाउन सकिने धेरै स्रोत छन् तीमध्ये केही तल
उल्लेख गरिएका छन्:
- व्यावसायिक निर्वाचन प्रशासनिक निकायका धारणा, जस्तो ACE अभ्यासकर्ताको
नेर्टवर्क
- अन्तराष्ट्रिय निर्वाचन अवलोकन कर्ताका हाते किताब
निर्वाचनसम्बन्धी मापदण्डबारे अन्य स्रोतहरू
|
|
 |

|
 |