 |








जनमत

हामी चाँडै आउँदैछौ ।

|
 |

अक्षरको आकार:

नेपालमा निर्वाचन

|
नेपालको चुनावी इतिहास
नेपालको पहिलो निर्वाचन
नेपालमा निर्वाचनको लामो इतिहास छैन । नेपालमा पहिलो पटक वि.स २००५ मा नगरपालिकाको
निर्वाचन गराइएको थियो । नेपालमा प्रजातन्त्रको पहिलो चरण वि.स.२००७ २०१४ सालसम्म
स्थानीय ग्रामीण प्रशासनिक निकाय अथवा गाउँ पञ्चायतको निर्वाचन गरिएको थियो ।
नेपालको पहिलो संसदीय निर्वाचन वि.स. २०१५ मा सम्पन्न भयो जसमा संसद्का १०९ सदस्य
निर्वाचित भएका थिए । यो नेपालमा आम निर्वाचनको पहिलो अनुभव थियो । वि.स. २०१५ को
जनप्रतिनिधि ऐन निर्वाचनलाई नियमित गर्न जारी गरिएको थियो । ऐनले निर्वाचन प्रक्रिया,
उमेदवारको योग्यता र मापदण्ड तथा निर्वाचन क्षेत्रसमेतलाई परिभाषित गरेको थियो ।
२१ वर्षपुगेका नेपाली नागरिकलाई मताधिकार दिइएको थियो । त्यतिबेला, कुल मतदाता
सङ्ख्या ४,२४६,४६८ थियो । वि.स. २०१५ को संसदीय निर्वाचनमा एउटा निर्वाचन क्षेत्रमा
११ देखि ५४ वटा सम्म मतदान केन्द्र प्रयोग गरिएको थियो । एउटा निर्वाचन क्षेत्रमा
५२,०३७ देखि २३,४६७ सम्म मतदाता रहेका थिए ।
निर्वाचनमा नौँ वटा राजनीतिक पार्टी भाग लिएका थिए । जम्माजम्मी ७८६ जना
उमेदवारहरूले निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए, तीमध्ये २६८ जना स्वतन्त्र
उमेदवार थिए । यो निर्वाचनमा, नेपाली काङ्ग्रेसले संसद्मा ७४ सिट जितेर बहुमत हासिल
गर्यो भने संसद्मा प्रमुख प्रतिपक्षी नेपाल राष्ट्रिय गोर्खा परिषद्ले १९ सिट पायो
। यसैगरी नेपालको पहिलो निर्वाचित संसद्मा संयुक्त कम्युनिष्ट पार्टी नेपालले ५ सिट
पायो भने नेपाल कम्युनिष्ट पार्टी ४ सदस्य पाएको थियो । नेपाल प्रजा परिषद् (आचार्य)
ले २ सिट जित्यो र नेपाल प्रजा परिषद् मिश्रले एक सिट हात पार्यो भने ४ जना
स्वतन्त्र उमेदवार निर्वाचित भए । यी सबै निर्वाचित मध्ये एक जना मात्र महिला थिइन्
: द्वारिका देवी ठकुरानी ।
पञ्चायती निर्वाचन
वि.स. २०१९ मा नयाँ संविधान जारी भएसँगै राजा महेन्द्रले गाउँ, जिल्ला र राष्ट्रिय
परिषद् हुँदै सम्पूर्ण शक्ति कब्जा गरे । राजनीतिक पार्टी सङ्गठनहरू प्रतिबन्धित भए
। वि.स. २०२० मा संसद्का लागि एउटा अप्रत्यक्ष निर्वाचन गरियो, जसलाई राष्ट्रिय
पञ्चायत भनियो । निर्वाचनमा केही मानिसहरूले मतदान गरे जसमा आम जनमतको झण्डै कुनै
भूमिका भएन ।
यो संसद् राजा महेन्द्रद्वारा दुइ वर्षछि विगठन गरियो, त्यसपछि नेपालमा राजनीतिक
पार्टीको सहभागितामा अर्को संसदीय निर्वाचन हुन ३० वर्षलाग्यो । निर्दलीय पञ्चायती
व्यवस्थाको अवधिमा राष्ट्रिय पञ्चायत र स्थानीय निकायका निर्वाचनहरू गरिए जसमा
स्वतन्त्र उमेदवारहरूलाई मात्र प्रतिस्पर्धा गर्न अनुमति दिइएको थियो । मतदान
गर्नेहरू धनाढ्य वर्गका मानिस हुन्थे ।
वि.स. २०३६ मा, पञ्चायतको दमनकारी रवैयाका विरुद्ध विद्यार्थी आन्दोलनपछि राजा
वीरेन्द्रले पञ्चायती व्यवस्थालाई निरन्तरता दिने वा बहुदलीय प्रजातन्त्रमा र्फकने
भन्ने निधो गर्न राष्ट्रिय जनमत सङ्ग्रहको घोषणा गरे । जनमत सङ्ग्रह वि.स.२०३७ मा
सम्पन्न गरियो । शासन व्यवस्थाको स्वरुपमध्येको छनोटमा परिणाम निश्चित सुधार सहितको
निर्दलीय पञ्चायती व्यवस्थालाई कायम राख्ने पक्षमा गयो । जनमत सङ्ग्रह, बाईस वर्षो
अवधिमा भएको यो राष्ट्रव्यापी मतदान, वि.स. २०३७ जेठमा सम्पन्न गरिएको थियो ।
त्यतिखेर ६७ % जनताले मतदान गरेका थिए । कुल मत सङ्ख्यामा ५४.७ प्रतिशतको बहुमतले
पञ्चायती व्यवस्था रोजेका थिए ।
जनमत संग्रहको नतिजा पछि वि.स. २०३७ जेठमा राजाले संविधान सुधार आयोग गठन गरे ।
आयोगमा सर्वोच्च अदालतका कार्यकारी प्रधानन्यायाधीशको अध्यक्षतामा ११ सदस्य नियुक्त
गरिए । त्यही वर्षपुसमा राजाले तीन वटा संवैधानिक सुधारहरू जारी गरे : हरेक पाँच
वर्षा ११२ सिटका लागि राष्ट्रिय पञ्चायतको प्रत्यक्ष निर्वाचन गर्नुपर्ने, राजाले
व्यक्तिगत रुपमा थप २८ सिट मनोनीत गर्ने; प्रधानमन्त्री राष्ट्रिय पञ्चायतले
निर्वाचित गर्ने; र प्रधानमन्त्रीको सिफारिसमा राजाले मन्त्री परिषद् गठन गर्ने र
सो मन्त्री परिषद् राष्ट्रिय पञ्चायतप्रति जवाफदेही हुनुपर्ने ।
यो नेपाली जनताको जनमत सङ्ग्रहको पहिलो अनुभव थियो । जनमत सङ्ग्रहको परिणामतः
संविधानमा ल्याइएका परिवर्तनहरूले वि.स.२०३८ र वि.स. २०४३ मा सम्पूर्ण नेपालीहरूलाई
मतदान गर्ने अवसर दिँदै आम जनताको मताधिकार स्थापित गर्यो ।
संशोधित संविधान अन्तर्गत वि.स. २०३८ र २०४३ सालमा राष्ट्रिय पञ्चायतका लागि
निर्वाचन सम्पन्न गरिए । वि.स. २०३८ को निर्वाचनमा ११२ सिटका लागि कुल १०९६ उमेदवार
प्रतिस्पर्धामा थिए । यो निर्वाचनमा ६३ प्रतिशतले मतदान गरे । त्यो अवधिमा राजनीतिक
पार्टी प्रतिबन्धित भए पनि पार्टीबद्ध मानिसहरूले समेत स्वतन्त्र उमेदवारका रुपमा
निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । ७५ जिल्लाबाट जिल्लाको जनसङ्ख्याको आधारमा
राष्ट्रिय पञ्चायतका सदस्यहरू निर्वाचित हुन्थे । प्रत्येक जिल्ला एउटा निर्वाचन
क्षेत्र मानिन्थ्यो । राष्ट्रिय पञ्चायतको ११२ सिटका लागि प्रत्येक जिल्लाबाट
जनसङ्ख्याको आधारमा एक वा दुइ जना सदस्य निर्वाचित हुन्थे ।
वि.स. २०४३ को राष्ट्रिय पञ्चायतको निर्वाचन पनि यसै गरी सम्पन्न गरिएको थियो ।
यतिखेर ९० लाखभन्दा केही बढी मतदाताहरूले ११२ सिटका लागि प्रतिस्पर्धा गरेका १५८४
उमेदवारका लागि मतदान गरेका थिए । यो निर्वाचनमा ६० % ले मतदान गरेको अभिलेख
प्राप्त भएको थियो । सन् १९८६ को आम निर्वाचनमा राष्ट्रिय पञ्चायतमा वामपन्थीहरू ९
सिटमा विजयी भए । पहिला निर्वाचित भएकामध्ये केवल ४० % ले आफ्नो सिट कायम राखे ।
नेपाली काङ्ग्रेसले निर्वाचन बहिष्कार गर्यो । वि.स. २०३८ को निर्वाचनमा केही
नेपाली काङ्ग्रेस सदस्यहरूले स्वतन्त्र उमेदवारका रुपमा भाग लिएका थिए । त्यतिखेर
प्रतिबन्धित पार्टीका कैयौँ सदस्यहरू निर्वाचित भएका थिए । तर्राई क्षेत्रबाट तीन
जना महिला राष्ट्रिय पञ्चायतमा निर्वाचित भएका थिए । पञ्चायती व्यवस्था अन्तर्गत
वि.स. २०४४ सालमा स्थानीय निर्वाचनहरू पनि गराइएका थिए ।
प्रथम प्रजातान्त्रिक निर्वाचन
वि.स. २०४६ को जनआन्दोलनपछि देशमा प्रजातन्त्र पुनर्स्थापना भयो । एक वर्षभत्र नयाँ
संविधानको मस्यौदा तयार गरियो जुन संविधानले राजनीतिक पार्टी खोल्ने स्वतन्त्रता
सुनिश्चित गर्यो । पछिल्लो वर्षअर्थात् वि.स. २०४८ मा नेपालले २०५ संसदीय सदस्यका
लागि अर्को आम निर्वाचन सम्पन्न गर्यो । देश २०५ निर्वाचन क्षेत्रमा विभाजन गरिएको
थियो । निर्वाचन आयोगमा निवेदन दिएका कुल ४७ मध्ये ४४ वटा राजनीतिक पार्टी
निर्वाचनमा सहभागिताका लागि दर्ता भएका थिए । निर्वाचन आयोगद्वारा ४४ वटा पार्टी
स्वीकृत भएका भए पनि बीस वटा पार्टी मात्रै निर्वाचनमा प्रतिस्पर्धा गरे । ती बीस
पार्टीमा जातीय अधिकारवादी देखि वामपन्थीहरूसम्म थिए । १२ वटा पार्टीले एउटा पनि
सिट जितेनन्, तिनीहरूले कुल वैध मतको १ प्रतिशतभन्दा केही बढी, ८२,५०० मत मात्र
प्राप्त गरेका थिए ।
नेपाली काङ्ग्रेसले २०५ सदस्यीय प्रतिनिधि सभामा ११० सिट जितेर ३२ वर्षपछिको पहिलो
बहुदलीय निर्वाचनमा विजय हासिल गर्यो । निर्वाचनको परिणामले विभिन्न कम्युनिष्ट
पार्टी नेपाली राजनीतिमा मुख्य राजनीतिक शक्तिका रुपमा रहेको देखायो । संयुक्त वाम
मोर्चाको एउटा घटक, नेपाल कम्युनिष्ट पार्टीसंयुक्त मार्क्सवादी(लेनिनवादी) ले ६९
सिट जित्यो । लोकेन्द्र बहादुर चन्दले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी
तीन सिट जित्यो र सूर्य बहादुर थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी
जम्मा १ सिट जित्यो । नेपाल सद्भावना पार्टी ६ सिट जित्यो । नेपाल मजदुर किसान
पार्टी दुइ सिट जित्यो । यसैगरी, संयुक्त जनमोर्चाले ९ सिट जित्यो । नेपाल
कम्युनिष्ट पार्टी प्रजातान्त्रिकले २ सिट जित्यो । स्वतन्त्र उमेदवारले बाँकी ३
सिट जिते ।
यो निर्वाचनमा व्यापक मतदान भएको देखियो । १ करोड १० लाखभन्दा बढी मतदातामध्ये करिब
७० लाख (६५.१५ %) ले मतदान गरे । ४ प्रतिशतभन्दा बढी मत प्राविधिक कारणले बदर घोषित
भए । निर्वाचनको परिणामले राजावादीहरू र पञ्चायतको पक्षमा भएकाहरूलाई राष्ट्रिय
समर्थन नभएको प्रष्ट देखायो । कम्युनिष्ट पार्टीले काठमाडौँ उपत्यका र पू्र्वी
तर्राईका केही क्षेत्रमा विजय हासिल गरे । नेपाली काङ्ग्रेस पार्टी तर्राईका अन्य
क्षेत्रहरूमा र पश्चिम नेपालमा विजय प्राप्त गर्यो ।
नयाँ प्रतिनिधि सभामा विगठित राष्ट्रिय पञ्चायतका १३ सदस्य, पाँच मुस्लिम, सात
महिलाहरू र वि.स. २०१७ मा विगठन गरिएको संसद्का ६ सदस्य समावेश थिए । काठमाडौँ
उपत्यकाका पाँच सिटमध्ये नेपाली काङ्ग्रेस पार्टी एक सिट जित्यो; बाँकी सबै नेपाल
कम्युनिष्ट पार्टीएकीकृत मार्क्सवादी(लेनिनवादी) ले हात पार्यो । काठमाडौँको एउटा
सिटको प्रतिस्पर्धामा, नेपाल कम्युनिष्ट पार्टीएकीकृत मार्क्सवादी(लेनिनवादी) का
महासचिव मदन भण्डारीले अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टर्राईलाई पराजित गरे
। नेपाली काङ्ग्रेसबाट गिरिजाप्रसाद कोइराला नयाँ प्रधानमन्त्री बने ।
निर्वाचनपूर्व हिंसाका घटनामा छ जनाको मृत्यु भएको अभिलेख रहे पनि मतदानका दिन
निर्वाचन-सम्बन्धी कारणले मृत्यु भएको कुनै घटना ज्ञात हुन आएन । निर्वाचन परिणामको
लामो प्रतिक्षाका क्रममा प्रहरीले कर्फयू लगायो । निर्वाचन अनियमितता र हिंसाका
कारण, निर्वाचन आयोगले ८२२५ मध्ये ४४ मतदान केन्द्रमा पुनः निर्वाचनको आदेश गर्यो
जसले गर्दा ३१ निर्वाचन क्षेत्र प्रभावित भए ।
अन्तरिम सरकारको निमन्त्रणामा बाईस राष्ट्रको प्रतिनिधित्व गर्दै विदेशीहरूको ठूलो
समूह निर्वाचन अवलोकन गर्न नेपाल आयो । यो अन्तराष्ट्रिय प्रतिनिधि मण्डलले
निर्वाचन सामान्यतया निष्पक्ष र स्वतन्त्र रुपमा भएको निष्कर्षनिकाल्यो । यो अवलोकन
समूहले ५ देखि १० प्रतिशत योग्य मतदाताहरू दर्ता नगरिएको र मतदाता सूचीमा केही
त्रुटिहरू रहेको पनि निष्कर्षदियो जुन कुरा निर्वाचन आयोगले पनि स्वीकार गर्यो ।
वि.स. २०४९ को स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसले फेरि बहुमत सङ्ख्यामा सिटहरू
जित्यो । यो पार्टी कुल सिट सङ्ख्याको ५०.१४ % प्रतिनिधित्व गर्ने ५०,६१४ सिट जित्यो
। स्थानीय निकायहरू ३ खण्डमा विभाजन गरिएका छन् । जिल्ला विकास समितिमा ७५ जिल्ला
विकास सभापतिसमेत १,०७७ सदस्य रहन्छन् । नेपालमा कुल ५८ नगरपालिकाहरू छन् (यीमध्ये
काठमाडौँ एउटा मात्र महानगरपालिका हो), जसबाट ४,१४७ सदस्यहरू निर्वाचित हुनुपर्छ ।
यसैगरी, नेपालमा ३,९१३ गाउँ विकास समितिहरू छन् जसमध्ये १८३,९११ प्रतिनिधि
निर्वाचित हुनुपर्छ ।
वि.स. २०५१ मा नेपाली काङ्ग्रेसविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव परेपछि मध्यावधि
निर्वाचन गरियो । १४ हजार मतदान केन्द्रहरूमा १ करोड १० लाख मतदाताहरू उपस्थित भए ।
जम्माजम्मी २४ वटा राजनीतिक पार्टीले निर्वाचनमा प्रतिस्पर्धा गरे । यो निर्वाचनमा
प्रतिस्पर्धी १,१४२ उमेदवारमध्ये ३८५ जना स्वतन्त्र उमेदवार थिए । कुल २०५ सिटमध्ये
नेपाल कम्युनिष्ट पार्टीकीकृत मार्क्सवादी-लेनिनवादीले ८८ सिट सुरक्षित पार्यो भने
नेपाली काङ्ग्रेसले ८३ सिट जित्यो । राष्ट्रिय प्रजातन्त्र पार्टी २० सिट जित्यो,
नेपाल सद्भावना पार्टी ३ सिट जित्यो र मजदुर किसान पार्टी ४ सिट सुरक्षित पार्यो ।
स्वतन्त्र उमेदवारले ७ सिटमा विजय हासिल गरे ।
नेपाल कम्युनिष्ट पार्टीएकीकृत मार्क्सवादी(लेनिनवादी) र राष्ट्रिय प्रजातन्त्र
पार्टीले गठबन्धन सरकारले वि.स. २०५४ मा गाउँ विकास समिति, नगरपालिका र जिल्ला
विकास समितिको निर्वाचन गरायो । एमालेले गाविस तहमा ५१.०२ % सिट जित्यो, नगरपालिकामा
५६ % सिट र जिविस तहमा ८० % भन्दा बढी सिट जित्यो । यसरी एमालेले कुल १८८,०१८
सिटमध्ये ९३,८९९ सिट जित्यो । नेपाली काङ्ग्रेसले ३०.०१ % सिट प्रतिनिधित्व गर्ने
५४,३१७ सिट जित्यो र राष्ट्रिय प्रजातन्त्र पार्टी १२.६ % प्रतिशत सिट जित्यो जब कि
नेपाल सद्भावना पार्टी कुल सिट सङ्ख्याको केवल ५.०९ % सिट जित्यो ।
आम निर्वाचन २०५६
वि. स. २०४६ को प्रजातान्त्रिक आन्दोलन पछि तेस्रो आम निर्वाचन वि.स. २०५६ मा
सम्पन्न भयो । यो निर्वाचन निर्वाचित संसद्को पाँच वर्षो अवधिपछि आयो । यो
निर्वाचनमा कुल १३,५१८,८३९ मतदाताहरूले मतदान गरे । उन्चालीस पार्टीले निर्वाचनमा
प्रतिस्पर्धा गरे । यो निर्वाचनमा जम्माजम्मी २,२३८ उमेदवारहरू चुनावी मैदानमा
उत्रिएका थिए, तीमध्ये १४३ महिला उमेदवार थिए । ६५.७९ % मतदान भएको अभिलेख छ ।
नेपाली काङ्ग्रेसले ११३ सिट सुरक्षित गर्यो भने एमालेले ६८ सिट जित्यो । राष्ट्रिय
प्रजातन्त्र पार्टी १२ सिट जित्यो भने नेपाल सद्भावना पार्टी ५ सिट पायो । नेपाल
मजदुर किसान पार्टी संयुक्त जनमोर्चा दुवैले एक-एक सिट जिते । राष्ट्रिय जनमोर्चाले
५ सिट जित्यो । कुल सिट सङ्ख्यामध्ये १२ सिट महिला उमेदवारहरूले जिते ।
शाही शासनकालमा गरिएको नगरपालिकाको विवादास्पद निर्वाचनसम्म, वि.स.२०५६ देखि २०६२
साल सम्म कुनै निर्वाचन सम्पन्न भएनन् । वि.स.२०५९ मा सम्पन्न गरिनुपर्ने स्थानीय
निर्वाचन र सन् २०६१ मा गर्नुपर्ने संसदीय निर्वाचन राजनीतिक गतिरोध चर्किँदै गएको
हुँदा सम्पन्न हुन सकेनन् ।
नगरपालिका निर्वाचन २०६२
शाही शासनअर्न्तर्गत वि.स. २०६२ माघमा नगरपालिकाको निर्वाचन सम्पन्न गरिएको थियो ।
यो निर्वाचनमा मतदाताको सहभागिता केवल २० प्रतिशत जति मात्रै रह्यो । मतदाताहरू
खासगरी शाही शासनका र्समर्थकहरू अथवा सरकारी अधिकारीहरू जो पदमुक्त हुने भयले मतदान
गर्न भेला भएकाहरू मात्रै थिए । विगठन हुनुपूर्वको संसद्मा ९० प्रतिशत सिट ओगटेका
सात मुख्य पार्टीले यो निर्वाचनलाई नौटङ्कीको संज्ञा दिँदै बहिष्कार गरे ।
निर्वाचनका लागि कुल ४,१३६ पदमध्ये आधाभन्दा बढी पदमा कुनै पनि उमेदवार थिएनन् ।
केवल एउटा उमेदवार भएका कतिपय पदमा ती स्वतः निर्वाचित भएका थिए । केवल १५ % पदहरूमा
प्रतिपर्धा भएको थियो । ३,२५५ उमेदवारहरूले निर्वाचनका लागि मनोनयन पत्र बुझाएका
थिए जसमध्ये केवल दुइ दिनको अवधिमा ६०० जनाले निवेदन फिर्ता लिए । केहीले आफ्नो नाम
जबर्जस्ती निर्वाचन सूचीमा राखिएको उजुरी गरे । व्यापक सुरक्षा व्यवस्थाका बीच
निर्वाचन गरियो । पत्रकारहरू मतदान अवलोकन गर्नबाट प्रतिबन्धित गरिएका थिए ।
राजावादी पार्टीले सबै मत पाए ।
|
|
 |

|
 |