 |








जनमत

हामी चाँडै आउँदैछौ ।

|
 |

अक्षरको आकार:

Frequently Asked Questions

- संविधान भनेको के हो ?
- निर्वाचन आचारसंहिता पालना नगरे कहा� उजुरी गर्नुपर्छ ?
- निर्वाचनमा कसूर गर्नेलाई कुन हदसम्मको सजाय हुने व्यवस्था छ ?
- निर्वाचनमा स्वच्छता, विश्वसनियता र र्सवग्राहृयता कायम गर्न निर्वाचन आयोगले के कस्ता व्यवस्थाहरु गरेको छ ?
- मतपरिणाम कसरी र कहाबाट घोषणा गरिन्छ ?
- मतगणना कार्यमा उम्मेदवार वा निजको प्रतिनिधिले पालना गर्नुपर्ने कर्तव्यहरु के के हुन् ?
- मतगणना कहा� र कसरी गरिन्छ ?
- कस्तो अवस्थामा मतपत्र वदर हुन्छ ?
- मतदान केन्द्रमा पुगेपछि अल्मलिएमा कसलाई सर्म्पर्क गर्ने ?
- आखा नदेख्ने वा त्यस्तै अशक्त व्यक्तिले कसरी मतदान गर्न सक्छ ?
- मतदान केन्द्रमा पुगेपछि के के गर्नुपर्छ ?
- के जुनसुकै मतदान केन्द्रमा मतदान गर्न पाइन्छ ?
- मतदान हुने दिन कसरी सम्झने ?
- छाप लगाएको मतपत्र कहा� खसाल्ने ?
- मतपत्रमा छाप केले, कसरी र कहा लगाउने ?
- मतपत्र कति किसिमका छन् ?
- अस्थायी मतदाताको मताधिकार के हुन्छ ?
- मतदाता नामावलीमा नाम दर्ता गराउन के के गर्नुपर्छ ?
- मतदाताले के के कर्तव्यहरु पूरा गर्नुपर्दछ ?
- मतदाताका हक अधिकार के के हुन् ?
- मतदाता हुनलाई कस्तो योग्यता चाहिन्छ ?
- समानुपातिक निर्वाचन प्रणालीमा उम्मेदवारको सूची कसरी पेश गर्ने व्यवस्था छ ?
- समानुपातिक निर्वाचन प्रणाली भन्नाले के बुझिन्छ ?
- पहिलो हुने निर्वाचित हुने प्रणाली भन्नाले के बुझिन्छ ?
- मिश्रति निर्वाचन प्रणाली भन्नाले के बुझिन्छ ?
- नेपालमा कति किसिमका निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ?
- संविधानसभा सदस्यको निर्वाचनका लागि निर्वाचन क्षेत्रको निर्धारण कसरी गरिन्छ ?
- स्वच्छ र स्वतन्त्र निर्वाचन गर्न गराउन राजनैतिक दलबाट कस्तो सहयोग हुनुपर्छ ?
- स्वच्छ र स्वतन्त्र निर्वाचन गर्न गराउन नागरिक एवं नागरिक समाजबाट कस्तो सहयोग हुनसक्छ ?
- स्वच्छ र स्वतन्त्र निर्वाचनको मूल्याड्ढन गर्ने आधारहरु के के हुन् ?
- विश्वसनीय र र्सवग्राहृय निर्वाचन भन्नाले के बुझिन्छ ?
- निर्वाचन भनेको के हो ?
- संविधानसभालाई कसरी समावेशी बनाइएको छ ?
- संविधानसभाले नया संविधानको निर्माण कसरी गर्दछ ?
- संविधानसभाको ग नमा सबै क्षेत्र र वर्गको प्रतिनिधित्व कसरी हुने व्यवस्था छ ?
- संविधानसभा ग न भएपछि व्यवस्थापिका-संसदको अधिकार कसले प्रयोग गर्दछ ?
- संविधानसभा ग न भएपछि सरकारको ग न कसरी गर्ने व्यवस्था छ ?
- नेपालमा संविधानसभा कति अवधिको लागि ग न गरिन्छ ?
- नेपालमा संविधानसभाको ग न कसरी हुने व्यवस्था छ ?
- संविधानसभाले के गर्दछ ?
- नेपालमा संविधानसभाको आवश्यकता किन पर्यो ?
- संविधानसभा भनेको के हो ?
- संविधान भनेको के हो ?
संविधान भनेको देशको मूल कानून हो । देशको सम्पूण शासन व्यवस्था संविधान र यस अर्न्तर्गत बनेका कानुंन अनुसार सञ्चालन हुन्छ । नागरिकका मौलिक हक अधिकार र तिनको सुरक्षाको व्यवस्था संविधानले नै गर्छ ।
- निर्वाचन आचारसंहिता पालना नगरे कहा� उजुरी गर्नुपर्छ ?
आचार संहिताको उल्लंघन भएमा देहाय बमोजिम कारबाही गर्न सकिन्छः
- निर्वाचनको मिति घोषणा भएपछि मात्र आचार संहिता लागू हुने भएकाले निर्वाचन अधिकृतको कार्यालय स्थापना नभएसम्म स्थानीय प्रहरी प्रशासनलाई लिखित वा मौखिक निवेदन जोसुकैले पनि दिनसक्छ ।
- निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि सोही कार्यालयमा लिखित वा मौखिक निवेदन दिनुपर्छ ।
- यसरी आचार संहिता उलंघन गरेको लिखित वा मौखिक उजुरी प्राप्त भएपछि आचार संहिता विपरितका काम कारबाही राजनीतिक दल वा उम्मेदवारले गरेमा उक्त कार्यालयहरुबाट कारबाही हुन्छ ।
- निर्वाचन अधिकृत वा स्थानीय प्रशासन वा प्रहरीले त्यस्तो सूचना प्राप्त भएपछि आचार संहिता विपरित काम भएको रहेछ भने कारबाही गरी निर्वाचन आयोगलाई समेत जानकारी दिनुपर्छ ।
- नेपाल सरकारले आचार संहिता विपरित काम गरेमा निर्वाचन आयोगले कारबाही गर्छ ।
- निर्वाचनमा कसूर गर्नेलाई कुन हदसम्मको सजाय हुने व्यवस्था छ ?
निर्वाचन अपराध गर्ने व्यक्तिलाई निर्वाचन -कसूर र सजाय) ऐन, २०६३ को परिच्छेद ३ अनुसार कसूरको प्रकृति अनुसार पाँच सय रुपैंयादेखि दश हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ ।
- निर्वाचनमा स्वच्छता, विश्वसनियता र र्सवग्राहृयता कायम गर्न निर्वाचन आयोगले के कस्ता व्यवस्थाहरु गरेको छ ?
निर्वाचन आयोगले संविधानसभा सदस्य निर्वाचनमा स्वच्छता, विश्वसनीयता र र्सवग्राहृयता कायम गर्न देहायबमोजिमको व्यवस्था गरेको छः
- निर्वाचन अनुगमन टोलीको व्यवस्था
- निर्वाचन पर्यवेक्षणसम्बन्धी व्यवस्था
- राष्ट्रिय पर्यवेक्षण
- अन्तर्रर्ााट्रय पर्यवेक्षण
- संविधानसभा सदस्यको निर्वाचन सम्बन्धी समग्र प्रक्रियाको (Overall process) पर्यवेक्षण गर्ने व्यवस्था
- संविधानसभा निर्वाचन प्रक्रियामा संयुक्त राष्ट्रसंघको संलग्नता रहने व्यवस्था ।
- मतपरिणाम कसरी र कहाबाट घोषणा गरिन्छ ?
- पहिलो हुने निर्वाचित हुने प्रणाली अर्न्तर्गतको निर्वाचनको मतगणना सम्बन्धित जिल्ला सदरमुकाममै गर्ने व्यवस्था गरिएको छ र सोको मतपरिणामको घोषणा पनि जिल्ला सदरमुकाममा नै हुने व्यवस्था गरिएको छ ।
- समानुपातिक निर्वाचन प्रणाली अर्न्तर्गतको निर्वाचनको मतगणना भने जिल्ला सदरमुकाममा नै गरिन्छ र राजनैतिक दलहरुले जिल्लामा प्राप्त गरेको मत प्रतिशत उल्लेख गरी निर्वाचन आयोगमा प ाइन्छ । यसरी यस प्रणाली अर्न्तर्गत मतपरिणामको घोषणा गर्दा निर्वाचन आयोगले सबै जिल्लाहरुबाट मत परिणाम प्राप्त गरी एकीकृत परिणाम तालिका तयार गर्दछ र कुन राजनैतिक दलले कति प्रतिशत मत प्राप्त गर्यो सोको आधारमा राजनैतिक दलले पेश गरेको बन्दसूचीमा भएका उम्मेदवारहरु निर्वाचित भएको घोषणा गर्दछ ।
- मतगणना कार्यमा उम्मेदवार वा निजको प्रतिनिधिले पालना गर्नुपर्ने कर्तव्यहरु के के हुन् ?
मतगणना कार्यमा उम्मेदवारले देहायबमोजिमका कर्तव्यहरु पालना गर्नुपर्दछ ।
- मतगणना कार्य गर्ने समयमा नै उपस्थित हुने,
- मतगणना स्थलमा शान्तिपर्ूण्ा वातावरण कायम राख्न सहयोग पुर्याउने,
- अनावश्यक विवाद खडा नगर्ने र सो नगर्न सहयोग गर्ने,
- मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कानूनसम्मत निर्ण्र्ाारु शिरोधार्य गर्ने,
- र्सवदलीय सहमतिको पालना गर्ने,
- मतगणना शुरु भएको, समाप्त भएको मुचुल्कामा हस्ताक्षर गर्ने,
- मतगणनामा आफू पराजित भए पनि जनमत स्वीकार गर्न पछि हट्न नहुने ।
- मतगणना कहा� र कसरी गरिन्छ ?
निर्वाचनक्षेत्रका सबै मतदान केन्द्रको मतदान भएका सबै मतपेटिकाहरु मतदान अधिकृतबाट प्राप्त गरेपछि निर्वाचन अधिकृतले मतगणना गर्ने स्थान, मिति र समयको सूचना राजनैतिक दल तथा उम्मेदवारहरुको जानकारीको लागि प्रकाशन गर्नु पर्नेछ ।
निर्वाचन अधिकृतले संविधानसभा सदस्य निर्वाचन ऐन, २०६३ को दफा .....मा उल्लेख गरिएको स्थान, मिति र समयमा सम्भव भएसम्म दुबै निवाचन प्रणाली अर्न्तर्गतको मतगणना एकै समयमा प्रारम्भ गर्नु पर्नेछ र एकै समयमा प्रारम्भ गर्न नसकिएमा पहिले समानुपातिक निर्वाचन प्रणाली अर्न्तर्गत भएको निर्वाचनमा राजनैतिक दलले प्राप्त गरेको मतको तोकिए बमोजिम मतगणना प्रारम्भ गर्नुपर्नेछ र सो मतगणनाको काम समाप्त भएपछि मात्र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्न्तर्गत भएको निर्वाचनमा उम्मेदवारले पाएको मतको तोेकिए बमोजिम मतगणना गर्नुपर्नेछ ।
मतवणना गर्ने स्थान, मिति र समयमा राजनैतिक दल, उम्मेदवार वा तिनको निर्वाचन प्रतिनिधि र आवश्यकता अनुसार मतगणना प्रतिनिधि उपस्थित रहन सक्नेछन् ।
कुनै निर्वाचन क्षेत्रको कुनै मतदानकेन्द्रमा पुनः मतदान गर्नुपर्ने भएमा यस्तो मतदानकेन्द्रको मतदानको कार्य समाप्त नभएसम्म सो निर्वाचनक्षेत्रको अन्य मतदानकेन्द्रको मतगणना प्रारम्भ गरिने छैन ।
- कस्तो अवस्थामा मतपत्र वदर हुन्छ ?
निम्न अवस्थामा मतपत्र वदर भएको मानिने व्यवस्था गरिएको छः
- सम्बन्धित मतदान अधिकृतको सही नभएको,
- तोकिए बमोजिम मतसंकेत नगरी अन्य कुनै किसिमले मतसंकेत गरिएको वा अन्य कुनै चिन्ह लेखिएको,
- मतसङ्केतको चिन्ह नबुझिने गरी प्रयोग गरिएको ।
- उम्मेदवार वा राजनैतिक दलको चिन्ह रहेको को ामा तोकिए बमोजिम मतसङ्केत नगरी अन्यत्र मतसंकेत गरिएको,
- मत नदिने निश्चय गरी मतदान अधिकृतलाई फिर्ता दिइएको,
- कुन उम्मेदवार वा राजनैतिक दलको लागि मत दिएको हो सो नछुट्टनिे गरी मतसङ्केत गरिएको,
- एकभन्दा बढी उम्मेदवारको को ाहरुमा कुन उम्मेदवारलाई मतसंकेत गरिएको भन्ने छुट्याउन नसकिने गरी मत संकेत गरेको,
- सम्बन्धित मतदान केन्द्रको लागि निर्धारित गरिएको मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको,
- आयोगले जारी गरेको मतपत्र बाहेक अन्य मतपत्र प्रयोग गरिएको,
- सम्बन्धित निर्वाचन क्षेत्रको लागि प्रयोग गर्नु पर्ने मतपत्र अन्य निर्वाचनक्षेत्रको लागि प्रयोग गरेको ।
- मतदान केन्द्रमा पुगेपछि अल्मलिएमा कसलाई सर्म्पर्क गर्ने ?
मतदाता मतदान केन्द्रमा पुगेपछि अलमल भएमा निम्न पदाधिकारीहरुको सहयोग लिन सकिनेछः
- मतदान कार्यमा खटिएका स्वयंसेवक/सुरक्षाकर्मी
- मतदान कार्यमा खटिएका कर्मचारीहरु
- राजनैतिक दलका प्रतिनिधिहरु
- मतदान अधिकृत
- अन्य मतदाताहरु
- आखा नदेख्ने वा त्यस्तै अशक्त व्यक्तिले कसरी मतदान गर्न सक्छ ?
- आँखा नदेख्ने वा त्यस्तै अशक्त व्यक्ति, बुढाबुढीले आफ्नो पत्यारको कुनै व्यक्तिलाई साथ लैजान अनुमति मागेमा मतदान अधिकृतले उपयुक्त सम्झेमा त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मत सङ्केत गर्ने को ामा साथ लिई मतदान गर्न सक्ने व्यवस्था गरिएको छ ।
- मतदान अधिकृतको सहयोग लिई मतदान गर्न अनुरोध गरेमा मतदाताको इच्छा अनुसार मतदान अधिकृतले मत सङ्केत गर्ने काममा सहयोग गर्न सक्दछन् ।
- मतदान केन्द्रमा पुगेपछि के के गर्नुपर्छ ?
मतदान केन्द्रमा गएर मतदान गर्दा निम्न कुराहरुमा ध्यान पुर्याउनु पर्दछः
- मतदान गर्ने समय भित्र मतदान केन्द्रमा पुग्नु पर्दछ ।
- आफूसँग भएका र आफूलाई चिनाउने कुनै किसिमका प्रमाणहरु साथमा लैजानु राम्रो हुन्छ ।
- मतदान केन्द्रमा पुगेर आफ्नो वडाको मतदाताको लाममा उभिनु पर्दछ । नाम रुजू गर्राई मतपत्र प्राप्त गर्नुपर्दछ ।
- मतपत्रको पुछारमा मतदान अधिकृतले सही गरेको छ छैन राम्ररी हर्ेर्नु पर्दछ । सही नगरेको भए सही गर्न लगाउनु पर्दछ ।
- मतदान गर्ने ाउँमा गई आफूले रोजेको उम्मेदवारको निर्वाचन चिन्ह भएको को ामा पर्ने गरी छाप लगाउनु पर्दछ अनि मतपत्रलाई पट्याएर पहिलो हुने निर्वाचित हुने प्रणाली अर्न्तर्गतको मतपेटिकामा खसाल्नु पर्दछ यसपछि समानुपातिक निर्वाचन प्रणाली अर्न्तर्गत राजनैतिक दललाई मतदान गरी सोही मतपेटिकामा मतपत्र खसाल्नु पर्दछ ।
- के जुनसुकै मतदान केन्द्रमा मतदान गर्न पाइन्छ ?
मतदाताले जुनसुकै मतदान केन्द्रमा मतदान गर्न पाउदैन । आफ्नो नाम भएको मतदान केन्द्रमा मात्र मतदान गर्न पाइन्छ ।
- मतदान हुने दिन कसरी सम्झने ?
निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय तथा मतदान केन्द्रमा खटिएका कर्मचारीसँंग सोधेमा मतदान गर्ने मिति थाहा पाउन सकिन्छ । रेडीयो, टेलिभिजन, पत्रपत्रिकाको माध्यमबाट पनि मतदान गर्ने मिति थाहा पाउन सकिन्छ । यस्तै स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीहरु, राजनीतिक दलका कार्यकर्ता तथा उम्मेदवारहरु, समाजसेवी, बुद्धिजीवी, शिक्षक र शिक्षिकाहरुसँग सर्म्पर्क राखेमा पनि मतदान गर्ने मिति थाहा पाउन सकिन्छ ।
- छाप लगाएको मतपत्र कहा� खसाल्ने ?
मतदाताले मतसङ्केत गरिसकेको मतपत्रलाई पहिलो हुने निर्वाचित हुने प्रणाली अर्न्तर्गतको मतपत्र भए सोही मतपेटिकामा र समनुपातिक निर्वाचन प्रणाली अर्न्तर्गतको मतपत्र भए सोही प्रणाली अर्न्तर्गत व्यवस्था गरिएको मतपेटिकामा खसाल्नर्ुपर्दछ ।
- मतपत्रमा छाप केले, कसरी र कहा लगाउने ?
दुवै किसिमका निर्वाचन प्रणाली अर्न्तर्गतको मतदानका लागि मतदाताले स्वस्तिक छाप लगाई मत सङ्केत गर्नुपर्दछ । मतदाताले पहिलो हुने निर्वाचित हुने प्रणाली अर्न्तर्गतको मतपत्रमा आफूले रोजेको उम्मेदवारको को ामा स्वस्तिक छाप लगाई मत सङ्केत गरि मतदान गरेपछि समानुपातिक निर्वाचन प्रणाली अर्न्तर्गतको मतपत्रमा आफूले राजेको राजनैतिक दलको चिन्ह रहेको को ामा मत सङ्केत गरी मतदान गर्ने व्यवस्था गरिएको छ । मत सङ्केत गर्दा मतदाताले मतदान केन्द्रमा निर्धारण गरिएको मतसङ्केत गर्ने गोप्य मतदान कक्षमा गई स्वस्तिक छाप लगाउनु पर्दछ ।
मतदान गर्ने प्रयोजका लागि विद्युतीय उपकरण प्रयोग गरिएको अवस्थामा मतदाताले विद्युतीय उपकरणद्वारा मतदान गर्नुपर्नेछ ।
- मतपत्र कति किसिमका छन् ?
निर्वाचन अयोगले संविधानसभा सदस्यको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीका लागि छुट्टाछुट्टै रङ्गमा दर्ुइ किसिमका मतपत्रद्वारा मतदान गर्ने व्यवस्था गरेको छ ।
- अस्थायी मतदाताको मताधिकार के हुन्छ ?
अस्थायी मतदाताले समनुपातिक निर्वाचन प्रणाली अर्न्तर्गत हुने निर्वाचनमा राजनैतिक दललाई मात्र आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन् ।
- मतदाता नामावलीमा नाम दर्ता गराउन के के गर्नुपर्छ ?
सामान्यतः मतदाता नामावलीमा नाम दर्ता गर्न प्रत्येक वर्षो वैशाख महिनामा आफ्नो गाउ विकास समितिको कार्यालय वा नगरपालिकाको वडा कार्यालयमा सर्म्पर्क राख्नर्ुपर्दछ ।
संविधानसभा सदस्यको निर्वाचन २०६४ को हकमा भने २०६३ माघ र चैत्र महिनामा नामदर्ता गर्राई सक्नुपर्ने ब्यवस्था गरिएको छ ।
- मतदाताले के के कर्तव्यहरु पूरा गर्नुपर्दछ ?
मतदाताले देहायका कर्तव्य पूरा गर्नुपर्दछः
- मतदाता नामावली सङ्कलन र अद्यावधिकको समयमा आफ्नो र परिवारको नाम समावेश गराउन, सच्याउन तथा हटाउन सहयोग गर्नुपर्दछ ।
- आफ्नो नामावली विरुद्ध उजुरी परे नपरेको सम्बन्धमा जानकारी राखी परेको भए प्रमाणसहित पेश हुनुपर्दछ ।
- मतदाताले आफ्नो मत पैसा लिई कसैलाई बेच्नु हुदैन ।
- मतदाता नामावलीमा दोहोरो पर्ने गरी नाम समावेश गराउनु हुँदैन ।
- मतदाताले आफ्नो मत खेर फाल्ने गरी मतदान गर्न हुँदैन ।
- मतदाताले कसैको डर, धम्की वा लोभ लालचमा परी मतदान गर्न हुँदैन ।
- एउटा मतदाताले अर्को मतदातालाई कुनै उम्मेदवारको पक्षमा मतदान गर्न दवाव दिने वा जालसाजी गर्न हुँदैन ।
- मतदाताले एउटा निर्वाचनमा एक भन्दा बढी निर्वाचन क्षेत्रमा एकै निर्वाचन क्षेत्रको एकभन्दा बढी मतदानकेन्द्रमा मतदान गर्न हुँदैन ।
- आफ्नो मताधिकार सुरक्षित राख्न सजग/सचेत रहनु पर्दछ ।
- मतदाताका हक अधिकार के के हुन् ?
मतदाताले आफूले रोजेको राजनैतिक दल वा उम्मेदवारलाई मतदान गर्ने अधिकारलाई मताधिकार भनिन्छ । मतदाताका हक अधिकारहरु निम्न बमोजिम छनः
- कसैले थाहा नपाउने गरी मतदान गर्ने हक ।
- आफूले चाहेको उम्मेदवारलाई गोप्य रुपमा मतदान गर्ने हक ।
- अर्काको नामबाट मतदान गर्न खोज्ने व्यक्ति विरुद्ध उजुरी गर्ने हक ।
- शान्तिपूर्ण वातावरणमा स्वतन्त्र भई मतदान गर्ने हक ।
- उम्मेदवारको घोषणापत्र तथा कार्यक्रमबारे जानकारी प्राप्त गर्ने हक ।
- मतदाता हुनलाई कस्तो योग्यता चाहिन्छ ?
देहायको व्यक्ति निर्वाचनको लागि मतदाता हुन योग्य हुनेछनः
- नेपाली नागरिक,
- सामान्यतः मतदाता नामावली सङ्कलन हुने सालभन्दा अघिल्लो सालको चैत मसान्तसम्ममा १८ वर्षउमेर पूरा गरेका,
- संविधानसभा सदस्यको निर्वाचनको हकमा २०६३ साल मंसिर समान्तसम्ममा १८ वर्षउमेर पूरा भएको व्यक्ति ,
- कुनै निर्वाचन क्षेत्रभित्रको कुनै गाउँ विकास समिति वा नगरपालिकाको सम्बन्धित वडामा स्थायी बसोबास भएको ।
- समानुपातिक निर्वाचन प्रणालीमा उम्मेदवारको सूची कसरी पेश गर्ने व्यवस्था छ ?
यस प्रणाली अर्न्तर्गतको निर्वाचनका लागि निर्वाचनमा भाग लिन चाहिने राजनैतिक दलले आफ्नो दलको तर्फाट उ ाइने उम्मेदवारको बन्द सूची देहाय अनुसार तयार गर्नुपर्नेछः
- समानुपातिक निर्वाचन प्रणाली अनुसार निर्वाचित हुने कूल सदस्य संख्याको कम्तिमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिने गरी,
- राजनैतिक दलले उ ाएका कूल उम्मेदवारहरु मध्ये संविधानसभा सदस्य निर्वाचन ऐन २०६३ को दफा ....... को अनुसूची ..... अनुसारको तोकिएको प्रतिशतको आधारमा महिला, दलित, उत्पीडित, जाति/जनजाति, पिछडिएको क्षेत्र, मधेशी लगायत अन्य वर्ग समेतको समानुपातिक प्रतिनिधित्व हुने गरी ।
- महिलाको हकमा कम्तिमा पचास प्रतिशत उम्मेदवारको प्रतिनिधित्व हुने गरी दलित, उत्पीडित जाति/आदिवासी जनजाति, पिछडिएको क्षेत्र, मधेशी लगायत अन्य वर्गका महिलाको समानुपातिक प्रतिनिधित्व हुने गरी सूची तयार गर्नु पर्नेछ ।
- बन्द सूचीमा महिला उम्मेदवारको नाम सूचीकृत गर्दा प्रत्येक दोस्रो क्रमसंख्या भित्रमा महिला उम्मेदवारको नाम समावेश हुनुपर्ने ।
- सूचीमा महिला, दलित, उत्पीडित जाति/आदिवासी जनजाति, पिछडिएको क्षेत्र, मधेशी लगायत अन्य वर्गको प्रतिनिधित्व गरेको हो सो समेत उल्लेख गर्नुपर्दछ ।
- माथिका कुराहरु समावेश गरी तयार गरेको उम्मेदवारहरुको बन्दसूची आयोगले तोकेको ढाँचामा तोकिएको समय अवधि भित्र सम्बन्धित राजनैतिक दलले आयोगमा पेश गर्नुपर्दछ ।
- बन्द सूची संविधानसभाको कार्यकाल भरी कायम रहेछ ।
- समानुपातिक निर्वाचन प्रणाली भन्नाले के बुझिन्छ ?
यस प्रणालीमा नेपाललाई एउटै निर्वाचन क्षेत्र मानिन्छ जसमा दलहरुले उम्मेदवारहरुको बन्द सूची प्रस्तुत गर्दछन् । निर्वाचनमा राजनैतिक दलहरुले प्राप्त गरेको मत सङ्ख्याको अनुपातमा सूचीमा भएका उम्मेदवारहरु निर्वाचित हुन्छन् ।
- पहिलो हुने निर्वाचित हुने प्रणाली भन्नाले के बुझिन्छ ?
पहिलो हुने निर्वाचित हुने (First Past the Post System) अर्न्तर्गत हुने निर्वाचनमा एक निर्वाचन क्षेत्र एक सदस्य पदको सिद्धान्त (One Member District) अपनाइएको हुन्छ । प्रत्येक पदको लागि भएको निर्वाचनमा उम्मेदवार जतिसुकै हुन सक्छन् तर मतदाताले आफूले रोजेको उम्मेदवारलाई मत दिन पाउँछन् र जसले बढीमत ल्याउँछ उही निर्वाचित हुन्छ । नेपालको प्रतिनिधिसभाको निर्वाचनमा प्रयोग भएको यो प्रणाली बेलायत, अमेरिका, भारत, बंगलादेश, पाकिस्तान आदि मुलुकहरूमा समेत प्रचलनमा रहेको पाइन्छ । यसै निर्वाचन प्रणालीलाई संविधानसभाको निर्वाचनमा पनि कायम गरिएको छ ।
- मिश्रति निर्वाचन प्रणाली भन्नाले के बुझिन्छ ?
प्रचलित निर्वाचन प्रणाली मध्ये पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक निर्वाचन प्रणालीका सकारात्मक पक्षहरूलाई मिलाएर निर्धारण गरिएको प्रणालीलाई मिश्रति निर्वाचन प्रणाली भनिन्छ । यस प्रणाली अर्न्तर्गत पहिलो हुने निर्वाचित हुने र समानुपातिक प्रतिनिधित्व प्रणालीका आधारमा संविधानसभाको ग न गर्ने व्यवस्था गरिएको छ । जसमा पहिलो हुने निर्वाचित हुने प्रणाली अर्न्तर्गत निर्वाचित भएर आउने सदस्य संख्या र समानुपातिक निर्वाचन प्रणाली अनुसार राजनैतिक दलले प्राप्त गरेको मत प्रतिशतको सूचीको आधारमा निर्वाचित हुने सदस्य संख्या एवं मन्त्रिपरिषद्ले मनोनित गर्ने सदस्य संख्या समेतलाई जनाउँदछ ।
- नेपालमा कति किसिमका निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ?
संविधानसभा सदस्यको निर्वाचनका लागि नेपालमा हाल दुइ किसिमका निर्वाचन प्रणालीको माध्यमबाट संविधानसभाका लागि सदस्यहरु निर्वाचित हुने व्यवस्था गरिएको छः
- पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र
- समानुपातिक निर्वाचन प्रणाली ।
- संविधानसभा सदस्यको निर्वाचनका लागि निर्वाचन क्षेत्रको निर्धारण कसरी गरिन्छ ?
संविधानसभा सदस्यको निर्वाचनका लागि देहाय बमोजिम दर्ुइ किसिमले निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्था गरिएको छः
- पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्धारण गरेको ............. निर्वाचन क्षेत्र ।
- राजनैतिक दललाई मतदिने समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनका लागि सम्पर्ूण्ा मुलुकलाई एक निर्वाचन क्षेत्र भावी कायम गरिएको निर्वाचन क्षेत्र ।
- स्वच्छ र स्वतन्त्र निर्वाचन गर्न गराउन राजनैतिक दलबाट कस्तो सहयोग हुनुपर्छ ?
- निर्वाचनको क्रममा निर्वाचन सम्बन्धी ऐन, नियम, आचारसंहिता, र निर्देशिकाहरुको परिपालन गर्ने ।
- मतदातालाई मतदान प्रक्रियाबारे सचेत गराउने ।
- निर्वाचनमा खटिएका कर्मचारीहरुलाई आवश्यक सर सहयोग गर्ने ।
- निर्वाचन पर्यवेक्षण एवं अनुगमन टोलीलाई स्थानीयस्तरको परिस्थिति बारे अवगत गराउने ।
- निर्वाचनमा हुने धाँधली, अनियमितता वा अन्य कुनै विघ्नवाधा हुन नदिने सम्बन्धमा आवश्यक सहयोग पुर्याउने ।
- निर्वाचनको समयमा आफ्ना प्रतिनिधिहरुको नियुक्ति समयमै गरी निर्वाचन अधिकृत/मतदान अधिकृतलाई जानकारी गराउने ।
- निर्वाचन प्रचार प्रसारमा स्वस्थ्य प्रतिस्पर्धा गर्ने ।
- मतदातालाई निर्वाचन तथा मताधिकार सम्बन्धमा जागरुक बनाउन मतदाता शिक्षा कार्यक्रम कार्यान्वयन गर्ने ।
- स्वच्छ र स्वतन्त्र निर्वाचन गर्न गराउन नागरिक एवं नागरिक समाजबाट कस्तो सहयोग हुनसक्छ ?
नागरिकको भूमिका
- मतदान गर्ने दिन समयमै मतदान केन्द्रमा पुगी लाइन लाग्ने ।
- मतदान केन्द्रमा शान्तिपूर्वक आफ्नो पालोमा मतदान गर्ने ।
- कसैले अर्काको नामबाट मत खसाल्न आएको देखेमा सो बारे सम्बन्धित अधिकृत वा व्यक्तिलाई जानकारी गरउने ।
- मतदान बिथोल्न कुनै षडयन्त्र हुन लागेको थाहा पाएमा सो बारे निर्वाचन अधिकृत तथा सुरक्षाकर्मीलाई जानकारी गराउने ।
- निर्वाचन अनुगमनर्/पर्यवेक्षण टोलीलाई आफूले सकेको सहयोग पुर्याउने ।
- निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई आवश्यक सहयोग पुर्याउने ।
- निर्वाचनमा जोरजुलुम तथा पैसा खर्च गरी मतदानमा असर पार्न खोज्नेहरुलाई आफूले सकेसम्म प्रतिकार गर्ने ।
- लाईनमा बसेका मतदातालाई कसैको निमित्त भोट दिन वा नदिन दवाव नदिने ।
- मताधिकार बारे अन्य मतदातालाई जानकारी गराउने ।
नागरिक समाजको भूमिका
- मतदाताहरुलाई निर्वाचन/मतदान प्रकृयाबारे जागरुक गराउने ।
- मतदाताहरुलाई स्वतन्त्र र निर्भिक भएर मतदान गर्न पाउने वातावरण सृजना गराउने ।
- निर्वाचनमा खटिएका कर्मचारीहरुलाई आवश्यक सहयोग गर्ने ।
- निर्वाचन पर्यवेक्षण एवं अनुगमन टोलीलाई स्थानीय स्तरको परिस्थितिबारे अवगत गराउने ।
- निर्वाचनमा हुने धाँधली, अनियमितता वा अन्य कुनै विघ्नवाधा हुन नदिन तटस्थ भएर सहयोग पुर्याउने ।
- स्वच्छ र स्वतन्त्र निर्वाचनको मूल्याड्ढन गर्ने आधारहरु के के हुन् ?
स्वच्छ र स्वतन्त्र निर्वाचनको मूल्याङ्कन देहायका बु�दाका आधारमा गर्न सकिन्छः
- स्वच्छ र स्वतन्त्र निर्वाचनको मूल्याङ्कन देहायका बु�दाका आधारमा गर्न सकिन्छः
- निर्वाचन सम्बन्धी कानून सबै दल तथा उम्मेदवारको निमित्त समान तथा न्यायोचित हुनर्ुपर्छ ।
- योग्यता पुगेका सबै नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्ने अवसर दिइनु पर्छ ।
- सबै राजनैतिक दल तथा उम्मेदवारले निर्भिक र सुरक्षित भएर प्रचार प्रसार गर्न पाउनु पर्छ ।
- सबै राजनीतिक दल र उम्मेदवारले सरकारी/निजी संचार माध्यमबाट प्रचार प्रसार गर्ने समान अवसर पाउनर्ुपर्छ ।
- सरकारी श्रोत र साधनको दुरुपयोग गरी कुनै दल वा उम्मेदवारलाई जिताउने कार्य गर्नु हुदैन ।
- सबै मतदाताले स्वतन्त्ररुपमा मतदान केन्द्र जान र गोप्य मतदान गर्न पाउनु पर्छ ।
- मतदातालाई सबै उम्मेदवार बारे आवश्यक जानकारी दिनर्ुपर्छ । तिनीहरुलाई मतदानको तरिकाबारे जानकारी हुनर्ुपर्छ ।
- मतदान र मतगणना प्रक्रिया पारदर्शी हुनुपर्छ ।
- स्थानीय तथा अन्तर्रर्ााट्रय अनुगमन एवं पर्यवेक्षण टोलीलाई मतदान तथा मतगणना हर्ेर्ने अवसर दिनर्ुपर्छ ।
- सरकारको भूमिका तटस्थ र सहयोगात्मक हुनर्ुपर्छ ।निर्वाचन सम्बन्धी कानून सबै दल तथा उम्मेदवारको निमित्त समान तथा न्यायोचित हुनर्ुपर्छ ।
- योग्यता पुगेका सबै नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्ने अवसर दिइनु पर्छ ।
- सबै राजनैतिक दल तथा उम्मेदवारले निर्भिक र सुरक्षित भएर प्रचार प्रसार गर्न पाउनु पर्छ ।
- सबै राजनीतिक दल र उम्मेदवारले सरकारी/निजी संचार माध्यमबाट प्रचार प्रसार गर्ने समान अवसर पाउनर्ुपर्छ ।
- सरकारी श्रोत र साधनको दुरुपयोग गरी कुनै दल वा उम्मेदवारलाई जिताउने कार्य गर्नु हुदैन ।
- सबै मतदाताले स्वतन्त्ररुपमा मतदान केन्द्र जान र गोप्य मतदान गर्न पाउनु पर्छ ।
- मतदातालाई सबै उम्मेदवार बारे आवश्यक जानकारी दिनर्ुपर्छ । तिनीहरुलाई मतदानको तरिकाबारे जानकारी हुनर्ुपर्छ ।
- मतदान र मतगणना प्रक्रिया पारदर्शी हुनुपर्छ ।
- स्थानीय तथा अन्तर्रर्ााट्रय अनुगमन एवं पर्यवेक्षण टोलीलाई मतदान तथा मतगणना हर्ेर्ने अवसर दिनर्ुपर्छ ।
- सरकारको भूमिका तटस्थ र सहयोगात्मक हुनर्ुपर्छ ।
- विश्वसनीय र र्सवग्राहृय निर्वाचन भन्नाले के बुझिन्छ ?
स्वच्छ, स्वतन्त्र र र्सवग्राहृय निर्वाचन लोकतन्त्रको आत्मा हो । कुनैपनि निर्वाचनबाट जनइच्छाको सही प्रतिनिधित्व गराउने हो भने यो निश्पक्ष, स्वतन्त्र र स्वच्छ हुन आवश्यक छ । निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वसनीय हुन मतदाताले कुनै डर, त्रास तथा प्रलोभनमा नपरी निर्भिक भएर मतदान गर्न पाउनु पर्दछ । मतगणना पनि सुरक्षित र निश्पक्ष ढ�बाट हुनुपर्दछ । जनताले वास्तवमा पत्याएको ब्यक्तिलाई छनौट गर्न सक्नु नै विश्वसनीय र र्सवग्राहृय निर्वाचनको सही अर्थ हो ।
- निर्वाचन भनेको के हो ?
निर्वाचन भन्नाले मतदाताले आफ्नो मतको प्रयोग गरी आफ्नो प्रतिनिधि छान्ने प्रक्रिया हो । यस्तो निर्वाचन आवधिकरुपमा हुने गर्दछ ।
निर्वाचनको माध्यमबाट सरकारलाई जनादेश दिने, सरकारी कामकार्वाहीको लेखाजोखा गर्ने र जनप्रतिनिधिहरुको चयन गर्ने कार्य गरिन्छ ।
- संविधानसभालाई कसरी समावेशी बनाइएको छ ?
निम्न कुराहरुको आधारमा संविधानसभालाई समावेशी बनाउने व्यवस्था गरिएको छः
- देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गकि आधारमा प्रतिनिधित्व गराएर,
- जनसंख्या, भौगोलिक क्षेत्र र लिङ्ग समेतको समानुपातिक प्रतिनिधित्व गराएर
- महिला, दलित, उत्पीडित जाति/आदिवासी जनजाति, पिछडिएको क्षेत्र, मधेशी लगायत अन्य वर्गको प्रतिनिधित्व गराएर ।
- संविधानसभाले नया संविधानको निर्माण कसरी गर्दछ ?
संविधानसभाको बै कले पेश गरेको प्रत्येक विधेयक तथा प्रत्येक धारामा मतदान गरी पारित गर्दछ । संविधानसभामा तत्काल कायम रहेका सम्पर्ूण्ा सदस्यको कम्तीमा दुइ-तिहाई सदस्य उपस्थित भएको बै कबाट र्सवसम्मतिले निर्ण्र्ाापारित गरिन्छ । विधेयकका कुनै धाराका सम्बन्धमा संविधानसभामा र्सवसम्मति कायम हुन नसकेमा सो विषयमा र्सवसम्मति कायम गर्न संविधानसभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलका संसदीय दलका नेताहरुले आपसमा परामर्श गरी निर्ण्र्ाालिन सक्ने व्यवस्था गरिएको छ । यसरी परामर्श लिने काम पूरा भएको सात दिनभित्र पुनः मतदान हुनेछ । त्यस्तो मतदानमा संविधानसभाका तत्काल कायम रहेका सम्पर्ूण्ा सदस्यहरुको कम्तीमा दर्ुइ-तिहाई सदस्य उपस्थित भएको बै कको कम्तीमा दर्ुइ-तिहाई बहुमतबाट पारित गरिने व्यवस्था छ ।
यसरी पारित गरी निर्माण गरिएको संविधान देशको मूल कानून मानिन्छ ।
- संविधानसभाको ग नमा सबै क्षेत्र र वर्गको प्रतिनिधित्व कसरी हुने व्यवस्था छ ?
संविधानसभाको निर्वाचनमा राजनैतिक दलहरुबाट उम्मेदवारी दिंदा ५०% स्थानमा महिलाको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरिएको छ । अन्य जनजाति, आदिवासी, अल्पसंख्यक, दुर्गम क्षेत्र र मधेशीहरुको हकमा पहिलो हुनेले जित्ने प्रणाली, समानुपातिक निर्वाचन प्रणाली र अन्तरिम मन्त्रिपरिषद्बाट मनोनित हुने सबैप्रकारका प्रणालीबाट उनीहरुको जनसंख्या, भौगोलिक अनुकूलता र जातीय प्रतिनिधित्व समेतलाई ध्यान दिई प्रतिनिधित्व गराउनुपर्ने व्यवस्था गरिएको छ ।
- संविधानसभा ग न भएपछि व्यवस्थापिका-संसदको अधिकार कसले प्रयोग गर्दछ ?
मौजुदा व्यवस्थापिका-संसदको कार्यकाल संविधानसभाको पहिलो बै क बसेपछि समाप्त हुनेछ । त्यस उपरान्त नेपालको अन्तरिम संविधान २०६३ बमोजिम व्यवस्थापिका-संसदको अधिकार संविधानसभामा निहित रहने व्यवस्था गरिएको छ ।
- संविधानसभा ग न भएपछि सरकारको ग न कसरी गर्ने व्यवस्था छ ?
संविधानसभाको ग न हुँदाको अवस्थामा कायम रहेको मौजुदा मन्त्रिपरिषद्मा आवश्यक हेरफेर गरी मन्त्रिपरिषद्को ग न हुने व्यवस्था गरिएको छ ।
- नेपालमा संविधानसभा कति अवधिको लागि ग न गरिन्छ ?
संविधानसभाको ग न पटक पटक हुने होइन । कुनैपनि देशमा यस्तो अवस्था तवमात्र सृजना हुन्छ जव जनताले आफ्नो लागि आफै संविधान निर्माण गर्ने इच्छा व्यक्त गर्दछन् । जनताको सहभागिताद्वारा नयाँ संविधान निर्माण गरी जारी गर्न निश्चित समयावधिका लागि संविधानसभाको ग न गरिन्छ । अहिले नेपालमा २ वर्ष लागि संविधानसभाको ग न गर्ने व्यवस्था गरिएको छ ।
तर मुलुकमा संकटकालीन स्थितिको घोषणा भएको कारणले संविधान निर्माण गर्ने काम पूरा हुन नसकेमा संविधानसभाले प्रस्ताव पारित गरी संविधानसभाको कार्यकाल थप ६ महिनासम्म बढाउन सक्ने व्यवस्था गरिएको छ ।
- नेपालमा संविधानसभाको ग न कसरी हुने व्यवस्था छ ?
नेपालमा जनताले मतदान गरेर आएका प्रतिनिधिहरु र मन्त्रीपरिषदले चयन गर्ने सदस्यहरु मिलेर ६०१ सदस्यीय संविधान सभाको ग न हुँदैछ । नेपालको अन्तरिम संविधान, २०६३ अनुसार संविधानसभाको ग न देहाय बमोजिम मिश्रति निर्वाचन प्रणाली अनुसार हुने व्यवस्था गरिएको छः
- पहिलो हुनेले जित्ने प्रणाली अनुसारको प्रतिनिधित्व संख्या २४० जना
- समानुपातिक निर्वाचन प्रणाली अनुसार पूरै देशलाई एक निर्वाचन क्षेत्र मानी राजनैतिक दलहरुलाई प्राप्त गरेको मतको आधारमा निर्वाचित हुने प्रतिनिधि संख्या ३३५ जना
- राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तिहरुबाट सहमतिको आधारमा आन्तरिम मन्त्रिपरिषद्बाट मनोनित हुने सदस्य संख्या २६ जना
- संविधानसभाले के गर्दछ ?
संविधान सभाले देश र र्सार्वभौम जनताको भावना समेटेर संविधान निर्माणदेखि संविधान जारी गर्नेसम्मको कार्य गर्छ । नेपालमा भने संविधान सभाले निर्माण गर्ने नयाँ संविधान अनुसार व्यवस्थापिकाको निर्वाचन नभएसम्म संविधान सभाले नै संसदको काम पनि गर्दछ ।
- नेपालमा संविधानसभाको आवश्यकता किन पर्यो ?
नेपाली जनताले संविधान निर्माणमा आफ्नो सहभागितको कुरा २००७ साल देखि नै उ ाउँदै आएका थिए । तर आजसम्म पनि नेपालमा बनेका सबै संविधान जननिर्वाचित प्रतिनिधिहरुले बनाएको नभई केही विशेषज्ञहरुले मात्र बनाएका छन् ।
२०६२/०६३ जनआन्दोलन २ को जनादेश अनुसार राज्यको पुनः संरचना गर्न, लोकतान्त्रिक शासन व्यवस्था सुनिश्चित गर्न राज्यका सबै अङ्गमा कानुन वमोजिमको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न, जनतामा रहेको र्सार्वभौम सत्तालाई संस्थागत गर्न, नागरिकलाई अझ बढी अधिकार सम्पन्न बनाउन तथा राजसंस्थाको भविष्य निक्र्यौल गर्न संविधान सभाको आवश्यकता परेको हो ।
- संविधानसभा भनेको के हो ?
संविधान निर्माणका लागि बनेको व्यक्तिहरुको समूह नै संविधान सभा हो । नेपालको र्सर्न्दभमा भने संविधान निर्माणका लागि जनताबाट निर्वाचित प्रतिनिधिहरु एवम् मन्त्रिपरिषद्बाट मनोनीत सदस्यहरु मिलेर बनेको सभा नै संविधान सभा हो ।
|
|
 |

|
 |