 |








जनमत

हामी चाँडै आउँदैछौ ।

|
 |

अक्षरको आकार:

पर्यवेक्षण

|
निर्वाचन पर्यवेक्षण
निर्वाचन प्रक्रिया, अनुगमन गर्ने विभिन्न निकाय मध्ये निर्वाचन पर्यवेक्षक पनि एक
हुन् । सामान्यतः राजनीतिक दल, उम्मेदवार र संचार माध्यमले पनि निर्वाचन
प्रक्रियालाई अनुगमन गरिरहेका हुन्छन् ।
निर्वाचन प्रक्रियाको अनुगमनमा, पर्यवेक्षकहरुको भूमिकालाई एस ACE परियोजनाको
वेबसाइटले संक्षेपमा निम्नानुसार उल्लेख गरेको छ :
"स्वतन्त्र र स्वच्छ निर्वाचनको लागि निर्वाचन प्रक्रियाको पर्यवेक्षण एउटा
महत्वपूर्ण रक्षा-कवच हो । यसले निर्वाचनको समयमा प्रशासनको सबलता र इमान्दारिताका
साथै राजनीतिक दल, उम्मेदवार र सरोकार राख्ने अन्य समूहका सहभागितालाई समेत संरक्षण
प्रदान गर्दछ ।
निर्वाचन पर्यवेक्षणले विधिको पालनालाई प्रोत्साहित र अवान्छित गतिविधिलाई
निरुत्साहित गर्दछ । पर्यवेक्षकहरुले प्रवाह गर्ने सार्वजनिक सूचनाले निर्वाचन
अधिकारीहरूलाई जवाफदेही बनाउनुका साथै निर्वाचन प्रक्रियाको पारदर्शिता बढाउँछ ।
राजनीतिक दल, संचार माध्यम र निर्वाचन अधिकृतले गरेका काम कारवाहीको अनुगमनका साथै
सरकारी लेखा परीक्षक तथा अन्य निकायले गर्ने प्रशासनिक भूल वा लापर्वाहीको अनुगमन
पनि निर्वाचन पर्यवेक्षण अन्तरगत पर्दछन् । त्यसका साथै, गैर सरकारी संस्था र
अन्तराष्ट्रिय समूहहरूले गर्ने अनुगमन पनि पर्यवेक्षण अर्न्तर्गत नै पर्दछन् ।
अनुगमन कार्य पक्षधरता सहितको पनि हुन सक्दछ, जसलाई राजनीतिक दलहरूले संचालन गर्दछन्
। त्यस्तै, पक्षधरता रहित अनुगमन पनि हुन सक्छ, जसलाई राष्ट्रिय वा अन्तराष्ट्रिय
पर्यवेक्षण समूहहरूले गर्ने गर्दछन् । पक्षधरता सहितको अनुगमन कुनै खास दल वा
उम्मेदवारको हित संरक्षणमा केन्द्रित हुन्छ । कुनै पनि दल वा उम्मेदवारलाई
हानी-नोक्सानी गर्ने घटना भएका छन् कि छैनन् भन्ने सुनिश्चित गर्नका लागि निर्वाचन
प्रक्रियाको समग्र अवधिभरि विभिन्न राजनीतिक दलबाट अनुगमनकर्ता सहभागी हुनु
महत्वपूर्ण छ ।
पक्षधरता रहित अनुगमन वास्तवमै निष्पक्ष हुने र यसबाट वस्तुगत प्रतिवेदन आउने
अपेक्षा गरिन्छ । निर्वाचन प्रक्रियाका सम्वन्धमा स्पष्ट धारणा बनाउन ती प्रतिवेदनले
सहयोग गर्ने हुँदा पर्यवेक्षणका मूल्य-मान्यताहरू आफैंमा महत्वपूर्ण छन् । यस
परिच्छेदमा अनुगमनसंग सम्वन्धित मूल्य र मान्यताका सम्वन्धमा चर्चा गरिएको छ ।
पर्यवेक्षण प्रभावकारी हुनका निम्ति मतदाताको नाम दर्ता वा मतदानजस्ता केही पक्षमा
मात्र होइन समग्र निर्वाचन प्रक्रियालाई नै समेट्नु पर्दछ । पर्यवेक्षकहरुले अनुगमन
गर्नै पर्ने अन्य कुराहरू निम्नानुसार छन् :
- उपयुक्त कानूनी आधारस्तम्भ
- निर्वाचनमा खटिने कर्मचारीका लागि उपयुक्त तालीम र निर्वाचनका विधि तथा उपयुक्त
तयारी
- निर्वाचन क्षेत्र निर्धारण
- मतदाता नामावली दर्ता
- निर्वाचनसम्वन्धी जानकारीमूलक तथा शिक्षामूलक कार्यक्रमहरू
- राजनीतिक दल र उम्मेदवारको नाम दर्ता
- सभा-सम्मेलन गर्ने र आवागमनको स्वतन्त्रता
- डर त्रासबाट उन्मुक्ति
- अभिव्यक्ति स्वतन्त्रता र संचार माध्यममा पहुँचको समानता
- निर्वाचन अभियान सन्चालन गर्नका लागि सार्वजनिक स्रोतसाधनको उपयोग
- निर्वाचनको दिनमा भएका क्रियाकलाप
- मत गणना र परिणामहरूको संकलन, र
- निर्वाचन परिणामका सम्वन्धमा गरिने उजूरी ग्रहण र तिनलाई समाधान गर्ने वैधानिक
उपाय उपयुक्त तथा निष्पक्ष छन् कि छैनन् भन्ने विषयको वास्तविकता
(१)
ACE परियोजनाको वेबसाइटमा निर्वाचन पर्यवेक्षण संवन्धमा निम्न निकायका भूमिका र
उत्तरदायित्वको विषयमा सूचीकृत गरिएको
छ :
निर्वाचनका राष्ट्रिय पर्यवेक्षक
निर्वाचनका अन्तराष्ट्रिय पर्यवेक्षक
राजनीतिक दल पर्यवेक्षक
संचार माध्यम
फुट नोट
(१) बोनियो, होरासियो, "अब्जरभेसन्स् अफ इलेक्सन्स्", रोज रिचार्डद्वारा सम्पादित "इन्टरन्यासनल
इन्साइक्लोपेडिया अफ इलेक्सन्स्" मा । वासिङ्गटन डिसी । कङ्ग्रेस्सनल क्वाटरली
प्रेस, २००० पिपि १९७-९८ ।
|
|
 |

|
 |