 |








जनमत

हामी चाँडै आउँदैछौ ।

|
 |

अक्षरको आकार:

पर्यवेक्षण

|
निर्वाचन पर्यवेक्षण
निर्वाचनका अन्तराष्ट्रिय पर्यवेक्षक
लोकतन्त्रमा संक्रमण वा द्वन्दपछिको समाजतिर गइरहेका मुलुकमा निर्वाचनको स्वच्छता
सुनिश्चित गर्नको लागि अन्तराष्ट्रिय पर्यवेक्षण एउटा महत्वपूर्ण संयन्त्र बनेको छ
। अन्तराष्ट्रिय पर्यवेक्षणले आजभोली लगभग विश्वव्यापी ग्राह्यता प्राप्त गरेको छ ।
यसले मतदाताको आत्मविश्वास बढाउनुका साथै निर्वाचन प्रक्रियाको वैधता तथा निर्वाचनको
परिणामको मूल्याङ्कन गर्नमा सघाउँछ । (१)
निर्वाचनको काम सन्चालन गर्ने राष्ट्रिय प्रशासक र निर्वाचनमा सहभागी दुवै थरिका
निम्ति यो एउटा सिक्ने अवसर पनि बन्ने गरेको छ । यसले निर्वाचनसम्वन्धी अभ्यासहरूमा
ज्ञान र सूचनाको दुइपक्षीय आदान(प्रदानलाई प्रोत्साहित गर्दछ । कहिलेकाहीं त
अन्तरराष्ट्रिय सम्वन्धलाई दिगो तुल्याउने गरी यस्तो प्रोत्साहन प्राप्त हुन्छ ।
साधारणतया स्वतन्त्र र स्वच्छ निर्वाचनप्रति चासो वा सरोकार भएपछि नै अन्तराष्ट्रिय
पर्यवेक्षणको उपयोग गरिन्छ । अन्तराष्ट्रिय पर्यवेक्षण एउटा प्रभावकारी जाँचबुझकर्ता
र गतिलो निर्वाचन सम्पन्न गर्ने क्रममा आइपर्ने समस्यालाई निरुत्साहित गर्ने खालको
हुनलाई यस पर्यवेक्षणले समेट्ने निर्वाचन तथा त्यस निर्वाचन प्रणालीको स्वरुपको
सम्वन्धमा पर्यवेक्षकले यथेष्ठ जानकारी प्राप्त गरिसकेको हुनु आवश्यक छ ।
निर्वाचनसम्वन्धी सुधार अवलम्वन गरिसकिएको मुलुकको निर्वाचनभन्दा द्वन्दपछिका समाजमा
हुने निर्वाचनमा निकै बेग्लै किसिमको पर्यवेक्षणको आवश्यकता पर्दछ ।
अन्तराष्ट्रिय पर्यवेक्षकका नियोग गठन गर्ने
निर्णय
धेरैजसो अन्तराष्ट्रिय पर्यवेक्षकहरु निमन्त्रणा आएपछि मात्रै एउटा नियोगका रुपमा
काम गर्न जान्छन् । यहाँ प्रश्न उठ्न सक्छ, निर्वाचन प्रक्रियाको पर्यवेक्षण गर्न
जानु अगाडि त्यहाँको निर्वाचन प्रणालिले स्वतन्त्र र निष्पक्ष निर्वाचनका आधारभूत
सिद्धान्तलाई सम्मान गर्छ कि गर्दैन भनेर निश्चित हुन आवश्यक छ कि छैन ( केही
संगठनले अन्तराष्ट्रिय पर्यवेक्षक नियोग पठाउने
निर्णय गर्नुअघि पर्यवेक्षक
बोलाउने देशले निर्वाचनका आधारभूत तहहरू पूरा गरेको हुनुपर्छ भन्ने ठान्दछन् ।
अन्तराष्ट्रिय पर्यवेक्षक बोलाएर अवैध निर्वाचनलाई वैधता प्रदान गर्न सक्ने
खतराप्रति सचेत हुँदै ती पर्यवेक्षण संस्थाहरुले यस्तो अडान राखेका हुन् । तथापि
निर्वाचनको प्रक्रियामा रहेको कुनै मुलुकमा चुनाव स्वतन्त्र र स्वच्छ बनाउन आधारभूत
रुपमा केही कुराको कमी छ भने पनि त्यस मुलुकमा रहेका त्यस्ता कमी, कमजोरी र त्यहाँ
हुन सक्ने अवैध अभ्यासलाई उदाङ्गो पार्ने काममा सहायता पुर्याउन पनि अन्तराष्ट्रिय
पर्यवेक्षकको खाँचो पर्न सक्छ ।
अन्तराष्ट्रिय पर्यवेक्षणको प्रभावकारिता
निर्वाचनको स्वच्छता र मर्यादा सुनिश्चित गर्ने काममा प्रभावकारी हुनका निम्ति
अन्तराष्ट्रिय पर्यवेक्षणले मतदान वा मतगणनाजस्ता कुनै एउटा पक्ष विशेषभन्दा
निर्वाचनको समग्र प्रक्रियालाई नै नियाल्नु पर्दछ । अनुगमनकर्ताहरूमा यथोचित योग्यता
र तालिम हुनर्ुपर्दछ । अन्तराष्ट्रिय पर्यवेक्षकलाई प्रचलित रुपमा 'निर्वाचन
पर्यटन'का एउटा अवसर भनेर आलोचना पनि गर्ने गरिन्छ । पर्यवेक्षकहरूमा कहिलेकाहीं
पेशागत अनुभवको अभाव भएझैं देखिएको पनि छ र उनीहरू सम्वन्धित मुलुकमा निर्वाचनको
केही दिन अगाडि मात्रै पुग्छन् । पर्यवेक्षक नियोगलाई प्रभावकारी र भरपर्दो पार्ने
काम सुनिश्चित गर्नको लागि थुप्रै शर्त पूरा गरिनु पर्दछ । जस्तै
:
० पर्याप्त समयावधि । पर्यवेक्षक नियोगसंग संगठित हुन र निर्वाचनपूर्वका कदम (मतदाता
र उम्मेदवारको नामावली दर्ताजस्ता काम) तथा निर्वाचनपछिका कदम (मतपत्रको गणना,
निर्वाचन परिणामको सुदृढीकरण र लागू गर्न योग्य भएमा त्यस्तो कानूनको प्रयोगजस्ता
काम) पर्यवेक्षण गर्नका निम्ति प्रशस्त समय हुनु पर्दछ ।
० पर्याप्त स्रोत । प्रभावकारी नियोगलाई थुप्रै योग्य अनुगमनकर्ता र उनीहरूलाई काम
राम्ररी गर्न सघाउने थुप्रै साधन (संचारका साधन, यातायात, दोभाषे) आवश्यक पर्दछ ।
० क्षमतासम्पन्न पर्यवेक्षक । आफ्ना काममा विश्वसनीयता छ भन्ने सुनिश्चित गर्नको
लागि पर्यवेक्षकले क्षमतासम्पन्न र तालिम प्राप्त हुनुपर्दछ ।
० व्यापक पक्षलाई समेट्नु । विश्वसनीय निश्कर्षा पुग्न र्समर्थ हुन पर्यवेक्षकले
सम्भव भएसम्म निर्वाचन प्रक्रियालाई समग्रतामा निरीक्षण गर्नु पर्दछ । त्यसका निम्ति
समग्र निर्वाचन प्रक्रियालाई समेटेर ठूलो स्तरमा जाँच गर्नु, क्षेत्रीय स्तरमा भन्दा
राष्ट्रिय स्तरमा कार्य सम्पादन गर्नु र समस्याग्रस्त क्षेत्रमा मात्र नभएर सबै
क्षेत्रमा काम गर्नु सबभन्दा प्रभावकारी हुन्छ ।
परिचयपत्र प्रदान गर्नु
निर्वाचन स्थलमा प्रवेश गर्न र विश्वसनीय पर्यवेक्षण गर्न सक्षम हुनका लागि
अन्तराष्ट्रिय पर्यवेक्षकले निर्वाचनसम्वन्धी व्यबस्थापन वा नीति निर्माण गर्ने
निकायबाट पर्यवेक्षकका रुपमा आधिकारिक परिचय प्राप्त गर्नै पर्दछ । कसैलाई परिचयकरण
गर्ने र कसैलाई नगर्ने वा आधिकारिक परिचय नदिलाउने गरिएमा त्यसले निर्वाचनको
स्वच्छतामा प्रश्न उब्जाउने छ ।
सुरक्षाका समस्या
सुरक्षाका समस्या भोगिरहेका मुलुकमा यदि सरकारी सुरक्षा-बलले अनुमगनकर्ताको
सुरक्षाको प्रत्याभूति दिन सक्दैन भने निश्चित क्षेत्रहरू पर्यवेक्षकका लागि प्रवेश
निषेध गरिएका पनि हुन्छन् । यस्तो अवस्थाले निर्वाचनको स्वच्छता र पर्यवेक्षणको
गुणस्तरलाई कुन हदसम्म प्रभावित गर्छ भन्ने कुरा मूलतः पर्यवेक्षकका लागि त्यस
मुलुकको कति भाग प्रवेश निषिद्ध हुन गएको छ भन्नेमा निर्भर गर्दछ ।
« विषय सूचीमा फर्कनुहोस् ।
फुट नोट
(१) इन्टरन्यासनल इन्स्टिच्युट फर डेमोक्रेसी एण्ड इलेक्टोरल असिस्ट्यान्स्, दि
फ्यूचर अफ इन्टरन्यासनल इलेक्टोरल अब्जरभेसन
: लेसन्स् लर्न्ड एण्ड रिकमेण्डेसन्स्
, १९९९ ।
(स्रोत: ACE परियोजनाको वेब साइट )
|
|
 |

|
 |