 |








जनमत

हामी चाँडै आउँदैछौ ।

|
 |

अक्षरको आकार:

पर्यवेक्षण

|
निर्वाचन पर्यवेक्षण
सञ्चार माध्यम
निर्वाचनसम्वन्धी सूचना, घटना र राजनीतिक अभियानको बारेमा जनसाधारणलाई सूचित गरेर
सञ्चार माध्यमले निर्वाचन प्रक्रियाको अनुगमनमा योगदान गर्दछ । सञ्चार माध्यमले
निर्वाचनसँग सम्वन्धित जालसाजी र भ्रष्टाचारलाई पर्दाफास गरेर निर्वाचनमा
महत्वपूर्ण भूमिका पनि खेल्न सक्छ । सञ्चार माध्यमको प्रभावकारिताको निम्ति पनि केही
शर्त भने आवश्यक छन् । निर्वाचन प्रक्रिया र यसका सहभागीसम्म संचारमाध्यमको राम्रो
पहुँच हुनर्ुपर्दछ । संचार माध्यमका निम्ति डर-त्रास वा प्रतिकारको भय बीना
अनुसन्धान गर्न र समाचार सम्प्रेषण गर्न सक्ने सुरक्षित वातावरण हुनु पर्दछ । साथै,
स्व नियन्त्रण सहित कुनै पनि नियन्त्रण वीना आफ्ना समाचार प्रकाशित गर्न
संचारमाध्यम सक्षम हुनु पर्छ ।
संचार माध्यमलाई निर्वाचन अनुगमनका लागि विशेषतः निम्न कुराको आवश्यकता पर्दछ :
- अभिव्यक्ति र प्रेस स्वतन्त्रता । कुनै बन्देज वा सेन्सरशीपविना निर्वाचनका
घटनासम्वन्धी सूचनाहरू बटुल्न र सम्प्रेषण गर्न संचार माध्यम स्वतन्त्र हुनु पर्दछ
। पत्रकारलाई धम्क्याउन मानहानीको कानून प्रयोग गरिनु हुँदैन र उनीहरूलाई समाचार
संकलन गर्ने काम सीमित पार्न बलको गर्नु हुँदैन ।
- त्रास र हिंसाबाट संरक्षण । त्रास वा हिंसाको डरविना सूचनाको खोजतलास गर्न र
समाचार सम्प्रेषण गर्न संचार माध्यम र्समर्थ हुनर्ुपर्दछ ।
- आवत जावतको स्वतन्त्रता । उम्मेदवारको प्रचार अभियानलाई पच्छ्याउन र शहर-बजारदेखि
टाढाका दुर्गम क्षेत्रमा निर्वाचन प्रशासनले कस्तो काम गरिरहेको छ भन्ने जाँचबुझ
गर्नका लागि पत्रकारले मुलुकभरि नै स्वतन्त्र रुपले घुमफिर गर्न पाउनु पर्छ ।
- पहुँच । निर्वाचन अधिकृत, निर्वाचन स्थल, उम्मेदवार र मतदातासम्म पत्रकारको सहज
पहुँच हुनु पर्दछ । अनुसन्धान गर्न र आफ्नोकामको यथार्थता सुनिश्चितता गर्नका लागि
सरकारको तर्फाट प्राप्त हुने सूचनासम्म पत्रकाारको पहुँच हुनै पर्दछ ।
- समान व्यबहार । सरकार नियन्त्रित वा निजी जेसुकै भएपनि संचार माध्यमलाई समान रुपले
व्यबहार गर्नु पर्दछ । सूचना, कागजपत्र र मुद्रित सामाग्रीको आपर्ूर्तिका साथसाथै
रेडियो तथा टेलिभिजनमा समाचार सम्प्रेषण गर्ने समयजस्ता कुरामा समेत मतदाताको समान
पहुँचका निम्ति समान व्यबहार आवश्यक हुन्छ ।
संचार माध्यमको संरक्षण र लापरवाही
अन्तरराष्ट्रिय अनुगमनकर्ताका रुपमा संचार माध्यमले एउटा तहको संरक्षण हासिल गरेको
छ । उदाहरणको लागि, युरोपमा सुरक्षा र सहयोगको निम्ति संगठन
(OSCE)ले संचार
माध्यमको स्वतन्त्र निगरानी गर्नका निम्ति एकजना प्रतिनिधि नियुक्त गरेको छ । ती
प्रतिनिधिले त्यस संगठनका ५५ वटा सदस्य राष्ट्रमा संचार माध्यमको स्वतन्त्रताको
अवस्था निरीक्षण गर्दछन् । साथै ती प्रतिनिधिले त्यस संगठनका सिद्धान्त र अभिव्यक्ति
तथा संचार माध्यमको स्वतन्त्रतासंग सम्वन्धित प्रतिवद्धता पालना गर्न प्रोत्साहित
गर्दछन् । (१)
केही गैर सरकारी संस्थाले पत्रकारको हित संरक्षणमा केन्द्रित भएर काम गरेका छन् ।
राष्ट्रिय र अन्तराष्ट्रिय पर्यवेक्षकले पनि प्रेस स्वतन्त्रता र निर्वाचनका समाचार
सम्प्रेषणको सत्यताको अनुगमन गर्न सक्छन् । उक्रेनमा सन् २००४ मा भएको राष्ट्रपतिको
निर्वाचनको पहिलो र दोस्रो चरणमा सरकारी अधिकारीले केही निश्चित मुद्दा र घटनामा
संचार माध्यमको सूचना सम्प्रेषण गर्न सक्ने क्षमतालाई सीमित गरिदिए । त्यसको
परिणामस्वरुप संचार माध्यमको समाचार सम्प्रेषण पक्षपातपर्ूण्ा भएको थियो र ती
समाचार सत्ताधारी दलको तर्फाट उठेका राष्ट्रपतिको उम्मेदवारको पक्षमा देखिएका थिए ।
अघिल्लो निर्वाचनको वैधतालाई लिएर सर्वोच्च अदालतमा उजूरी परेपछि दोस्रो चरणको
निर्णायक निर्वाचनमा मात्रै नियन्त्रण (Censorship) हटेको थियो । त्यसपछि संचार
माध्यमले सम्प्रेषण गरेका समाचार सन्तुलित भएका थिए । (२)
निर्वाचनको मर्यादामाथि असर
निर्वाचन प्रक्रियामा संचार माध्यमले असल भूमिका खेलेर धेरै किसिमले सघाउन सक्छ :
- यसले पारदर्शिता बढाएर जालझेल र प्रक्रियाको दुरुपयोगलाई निरुत्साहित पार्दछ ।
पारदर्शिताले निर्वाचन प्रक्रियामा देखिएका असंगति, अपर्ूण्ाता वा अन्य प्रकारका
समस्याको पहिचान र प्रकाशन गरी निर्वाचनमा संलग्न प्रशासक र नीति निर्मातालाई
गल्तिहरू सच्च्याउन वाध्य पारेर निर्वाचन प्रक्रियालाई सुधार्न सहयोग पुर्याउँछ ।
उदाहरणका लागि, पारदर्शिता सुनिश्चित गर्ने एउटा उपायका रुपमा भारतमा संचार
माध्यमलाई निर्वाचनसम्वन्धी समाचार सम्प्रेषण गर्न प्रोत्साहित गर्ने गरिन्छ ।
भारतको निर्वाचन आयोगले संचार माध्यमलाई निर्वाचन प्रक्रियाका समाचार संकलन गर्न
आवश्यक पर्ने सुविधा प्रदान गर्दछ र पत्रकारलाई मतदान केन्द्र र मत गणनास्थलमा
पुग्नका लागि पास वितरण गर्दछ ।
- संचार माध्यमले जनसाधारणलाई जागरुक बनाउँछ तथा निर्वाचन, उम्मेदवार र ताजा विषयमा
बढी जानकारी दिन्छ । प्रेसले समेटेको निर्वाचनसम्वन्धी समाचार र उम्मेदवारका
सम्वन्धमा यसले गरेको विश्लेषणले मतदानको दिन उचित उम्मेदवार छनौट गर्न मतदातालाई
आवश्यक पर्ने जानकारी प्रदान गर्दछ । प्रेसले मतदातालाई निर्वाचनको मिति, मतदानको
निम्ति तोकिएको घण्टा र मतदान गर्ने ठाउँका बारेमा पनि जानकारी गराउँछ ।
- संचार माध्यमले जालझेल वा शंकास्पद आचरणको भण्डाफोर गर्दछ । जालझेल र
भ्रष्टाचारलाई उदाङ्गो पारेर संचार माध्यमले निर्वाचन स्वच्छ पहरेदारको रुपमा काम
गर्दछ । यसबाट खराव कामका निम्ति जिम्मेवारहरूलाई जवाफदेही तुल्याउन सघाउ पुग्दछ ।
यसबाट अनैतिक वा अवैध तवरले काम गर्न प्रयत्न गर्ने जोसुकैलाई निरुत्साहित गर्न पनि
सघाउ पुग्दछ ।
« विषय सूचीमा फर्कनुहोस् ।
फुट नोटहरू
(१) युरोपमा सुरक्षा र सहयोगको निम्ति संगठन, सन्चार माध्यमको स्वतन्त्रतासम्वन्धी
प्रतिनिधि ।
(२) युरोपमा सुरक्षा र सहयोगको निम्ति संगठन, अफिस फर डेमोक्रेटिक इन्स्टिच्युसन्स्
एण्ड हुमन राइट्स्, उक्रेन, राष्ट्रपतिको निर्वाचन
: ३१ अक्टोबर, २१ नोभेम्वर र २६
डिसेम्वर, २००४ । OSCE/ODIHR को निर्वाचन पर्यवेक्षण नियोगको फाइनल रिपोर्ट,
वार्शा, मे २००५ ।
(स्रोत : ACE परियोजनाको वेबसाइटबाट )
|
|
 |

|
 |