 |








जनमत

हामी चाँडै आउँदैछौ ।

|
 |

अक्षरको आकार:

पर्यवेक्षण

|
निर्वाचन पर्यवेक्षण
राजनीतिक दलका पर्यवेक्षक
राजनीतिक दलहरुले नै राजनीतिक वातावरणको आंकलन सबैभन्दा राम्रोसँग गर्न सक्छन् ।
स्वतन्त्र रुपले निर्वाचन अभियान अघि बढाउनका लागि आइपर्ने अवरोध पहिचान गर्नुका
साथै निर्वाचनसम्वन्धी उपयुक्त प्रणालीको छनौट गर्ने काममा आउने वाधाको पहिचान पनि
राजनीतिक दल नै राम्रोसँग गर्न सक्छन् । विशेष गरी के कुरा चाहिं बढी सत्य हो भने,
निर्वाचनको दिनमा राजनीतिक दलहरू नै सबै मतदान केन्द्रमा उपस्थिति जनाउन सक्छन् ।
त्यसो भएकाले राजनीतिक दलका अनुगमनकर्ताहरू निर्वाचनको स्वच्छता कायम राख्ने काममा
अत्यावश्यक अंग हुन् ।(१)
निर्वाचनमा प्रतिस्पर्धा गरेका राजनीतिक दलका प्रतिनिधि राजनीतिक दलका तर्फाट
अनुगमनकर्ता हुन् । धेरैजसो निर्वाचन प्रणालीमा उनीहरूलाई निर्वाचन प्रक्रियाको
अनुगमन गर्ने अधिकार मात्र होइन, कानूनी प्रावधानको सम्मान भएन भन्ने विश्वास भएमा
त्यसविरुद्ध हस्तक्षेप गर्ने अधिकार पनि दिइएको हुन्छ । मतपत्रमा हस्ताक्षर गर्ने र
त्यसलाई सदर तुल्याउने तथा मतदान र मतगणनाका प्रशासनिक काममा सहभागी भएर उनीहरूले
निर्वाचनको प्रशासनिक प्रक्रियामा प्रत्यक्ष योगदान गर्न पनि सक्छन् । धेरैजसो
निर्वाचन प्रणालीमा यो एउटा स्वेच्छिक भूमिका हो, किनभने कुनै पनि राजनीतिक दलको
अनुगमनकर्ता उपस्थित नहुँदा पनि मतदान र मतगणनाको काम रोकिंदैन ।
अनुगमनकर्ता र उम्मेदवारले खेल्ने भूमिका फरक हुन्छ । उम्मेदवारले प्रचार अभियान
चलाएर मतदाताको समर्थन आफूप्रति आकषिर्त गर्ने काम गर्छन् । तर अनुगमनकर्ताले
पर्यवेक्षकको भूमिका खेल्नु पर्ने हुँदा यिनीहरुको काम कारवाहीमा फरक हुन्छ । आफैंले
पर्यवेक्षण गरिरहेकालाई प्रभावित गर्ने काम उनीहरूले गर्नु हुँदैन अनुगमनको काम
निष्पक्ष र पेशागत तरिकाले नै सम्पन्न गर्नु पर्दछ । उम्मेदवारको उपस्थितिले तनाव र
द्वन्दको खतरा पनि निम्त्याउन सक्छ । उम्मेदवारले धम्क्याउने शैलीमा व्यबहार नगरे
पनि उनीहरूको उपस्थितिले मात्र पनि मतदाता त्रसित हुन सक्छन् र आफ्नो मतको
गोप्यतामाथि मतदातामा आत्मविश्वासको अभाव हुनसक्छ । विशेष गरी राजनीतिक दलबीच आपसमा
द्वन्द र हिंसा भएका क्षेत्रमा यस्तो स्थिति बढी हुन्छ ।(२)
यही कारणले गर्दा
अन्तराष्ट्रिय अभ्यास अनुरुप निर्वाचनका नियमले उम्मेदवारलाई मतदान केन्द्रमा
उपस्थित हुन मनाही समेत गरेको छ ।
निर्वाचनको नियम कानूनका धेरै पक्षबारे प्रशिक्षित भएका दलका प्रतिनिधि नै
निर्वाचनका कार्यवाही अनुगमन गर्न र आफ्नो दलको हित संरक्षण गर्न सबभन्दा योग्य
हुन्छन् । तथापि दलका प्रतिनिधिको भूमिका त्यतिखेर मात्रै रचनात्मक हुन्छ, जतिबेला
तिनले अपेक्षा गरिए अनुसार आफ्ना अधिकार र जिम्मेवारी के के हुन् र के गर्नलाई
तिनीलाई अनुमति छैन भन्ने कुरा राम्ररी बुझेका हुन्छन् । आफ्ना प्रत्येक प्रतिनिधि
यथोचित रुपले तालिमप्राप्त छन् र निर्वाचनको आचारसंहिता लगायत यससम्वन्धी अन्य सबै
नियम कानून पालन गर्न तयार छन् भन्ने कुरालाई राजनीतिक दलले सुनिश्चित गर्नु पर्दछ
।
निर्वाचन प्रक्रियाको स्वच्छता र आफ्नो दल तथा उम्मेदवारको हित संरक्षण गर्न दलका
अनुगमनकर्ताले निम्न कार्य पूरा गर्नै पर्दछ
:
- मतदाता नामावलीमा भएका मतदाता वास्तविक हुन् र तिनका नाम दोहोरिएको छैन र मतदाता
हुन अयोग्य व्यक्तिको नाम नामावलीमा दर्ता भएको छैन भन्ने यकिन गर्नका लागि मतदाता
नामावली जाँच गर्ने ।
आफ्नो दलका समर्थकले विना हस्तक्षेप वा अन्य समस्या नझेलिकनै नामावलीमा नाम दर्ता
गर्न सकेका छन् कि छैनन् भन्ने कुरा पनि दलका अनुगमनकर्ताले जाँचबुझ गर्नु पर्दछ ।
मतदाताको नाम दर्ता गर्ने, मतदान गर्ने वा मतपत्रको गणना गर्ने अवधिमा केही कुरा
अनियमित वा शंकास्पद लाग्ने वित्तिकै सम्वन्धित ठाउँमा प्रश्न उठाउनु पर्छ ।
निर्वाचन अधिकारीबाट यदि चित्तबुझदो उत्तर प्राप्त भएन भने ती अनुगमनकर्ताले लिखित
उजुरी गर्नु पर्दछ । उचित फारम भरेर त्यसमा आफ्नो उजुरीलाई बल पुर्याउने कागजपत्र
समेत नत्थी गरेर आधिकारिक प्रक्रियाद्वारा नै यो काम गर्न सकिन्छ । यसरी गरिएको
उजुरीको एकप्रति प्रतिलिपी अन्य राजनीतिक दलका अनुगमनकर्ता वा उम्मेदवार तथा
राष्ट्रिय र अन्तराष्ट्रिय पर्यवेक्षक लगायत संचार माध्यममा पठाउन पनि सकिन्छ ।
- आफ्नो प्रतिवेदनमा सूचना ठीक छन् भन्ने प्रमाणित गर्नका लागि खसेको मतको अभिलेखको
संख्या र गन्ती राख्ने कागजमा उल्लेखित संख्या जाँच्ने काम गर्नु पर्दछ । आधिकारिक
प्रतिवेदन र अनुगमनकर्ताको पर्यवेक्षणमा यदि असंगति देखिएमा सामान्यतया
अनुगमनकर्ताले आफ्नो असहमति आधिकारिक रुपमा लेख्न सक्ने छन् । आफूले हस्ताक्षर गरेको
कुनै पनि प्रतिवेदनको एकप्रति अनुगमनकर्ताले प्राप्त गर्नु पर्दछ ।
- दलका अनुगमनकर्ताले अनुगमन गरिएका प्रत्येक मतदानस्थलबाट संकलित मतगणनाको संख्या
राख्ने कागज प्रयोग गरेर समानान्तर मतगणनाको दायित्व पूरा गर्नु पर्दछ । त्यसरी
गरिएको समानान्तर मतगणना आधिकारिक नतिजासंग तुलना गर्न सकिन्छ । यदि दुइ गणनाको
बीचमा फरक देखिएमा अनुगमनकर्ताले उजुरी गर्ने आधिकारिक संयन्त्रद्वारा तत्काल त्यसको
प्रतिवेदन दिनु पर्दछ । त्यस्तो उजुरीमा मेल नखाएका गन्तीपत्र (Tally sheets) नत्थी
गरिएको हुनु पर्दछ । त्यसको एक प्रति राष्ट्रिय र अन्तराष्ट्रिय पर्यवेक्षकका साथै
संचार माध्यमलाई दिन पनि सकिन्छ ।
- निर्वाचनमा प्रयोग भएका सामाग्री आधिकारिक हुन् र ठीक अवस्थामा छन् भन्ने
प्रमाणित गर्न तिनलाई रितपूर्वक सदर गर्नु पर्दछ । यो काम मतदातालाई मतपत्र
थमाउनुअघि मतपत्रको पछिल्तिर हस्ताक्षर गरेर पनि गर्न सकिन्छ । मतपत्र आधिकारिक हो
र त्यस्को प्रयोग अन्य कसैले गरेको छैन भन्ने प्रमाणित गर्न पनि हस्ताक्षर गरिन्छ ।
त्यस क्रममा अनुगमनकर्ताले त्यसरी हस्ताक्षर गरेका मतपत्र मात्रै सदर मतपत्रका रुपमा
गणना हुन्छ भन्ने पनि सुनिश्चित गर्नुपर्दछ ।
- आधिकारिक परिणामको सत्यता प्रमाणित गर्नलाई त्यस्तो परिणाम जनाइएको कागजमा
हस्ताक्षर गर्नु पर्दछ ।
« विषय सूचीमा फर्कनुहोस् ।
फुट नोटहरू
(१) इन्टरन्यासनल
इन्स्टिच्युट फर डेमोक्रेसी एण्ड इलेक्टोरल असिसट्यान्स्, द
फ्युचर अफ इन्टरन्यासनल इलेक्टोरल अब्जरभेसन ः लेसन्स् लर्न्ड एण्ड रिकोमेण्डेसन्स्,
सन् १९९९ ।
(२) दक्षिण अप्रिmकाको निर्वाचन आयोग, "राजनीतिक दलहरूका निम्ति आचारसंहिता",
इलेक्सन एडमिनिस्ट्रेसन म्यानुअल अफ साउथ अप्रिmका, परिच्छेद ५, पृ.२८, सन् १९९५ ।
(स्रोत : ACE परियोजनाको वेबसाइट)
|
|
 |

|
 |