नेपाल निर्वाचन पोर्टल

संविधानसभामा दलहरु
समाचार:  प्रधानमन्त्रीद्वारा सम्बोधन- राष्ट्रिय एकता, भौगोलिक अखण्डताको रक्षालाई सर्वाधिक महत्व दिने       एमालेद्वारा शपथ बहिष्कार / सरकार अपूर्ण, मन्त्रिपरिषद्मा माओवादी र फोरम मात्र       मन्त्रिमण्डल गठन आज, शीर्ष नेताहरूद्वारा चारवटा दस्तावेजमा हस्ताक्षर       साझा कार्यक्रममा हस्ताक्षर भएन       प्रधानमन्त्री प्रचण्डद्वारा पदभार ग्रहण       सरकारको नीति तथा कार्यक्रम र आचारसंहिता तय, मन्त्रिमण्डल २४ सदस्यीय      








जनमत

हामी चाँडै आउँदैछौ ।

ईमेलमा सामाग्री पाउनुहोस्

तपाईको ईमेलमा नियमित जानकारी पाउनुहोस् ।

नियमित जानकारी प्राप्तगर्ने सूचीबाट आफुलाई हटाउनुस् ।

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
नेपालको राजनीतिक विकासक्रम
देशको तथ्यगत विवरण

राजधानीः   काठमाडौं । करिव २२ लाखको जनघनत्व सहित समुन्द्री सतह भन्दा १ हजार तीनसय दशमिटरको उंचाइमा रहेको फराकिलो उपत्यका ।
भौगोलिक बनावटः   दक्षिण तर्फ भारत र उत्तरतर्फचीनको तिव्वती स्वशासित प्रदेशले घेरिएको नेपाल एक भूपरिबेष्ठित राष्ट्रको रुपमा रहेको छ । यसको भौगोलिक अक्षांश २६.२२'  देखि ३०.२७' उत्तर र ८०.४' देखि ८०.१२' पुर्वी देशान्तरसम्म फैलिएको छ । समुन्द्री सतहभन्दा ९० मिटरदेखि लिएर ८८४८ मिटरसम्मको उचाई रहेको छ । पुर्व पश्चिमको लम्वाइ सरदर ८८५ किलोमिटर रहेको छ भने उत्तर दक्षिणको चौडाइ १९३ कि.मि. रहेको छ । मुलुकको उत्तरी भागमा अग्ला हिमालय पर्वत रहेका छन् । जसमध्ये संसारकै सबभन्दा अग्लो सगरमाथा (२९,०३५ फिट/८८४८ मिटर) पर्वत पनि पर्दछ । सरगमाथा सहित संसारकै सवभन्दा अग्ला आठ वटा हिमश्रृंखला नेपालमै छन् । दक्षिणतीरको सिमानामा फराकीलो र उव्जाउ मैदान (तराइ क्षेत्र) रहेको छ । मध्य पहाडी भागमा डाँडाकाँडा, खेतियोग्य फाँट तथा पहाडी नदीनालाहरु रहेका छन् ।
क्षेत्रफलः   ५६,१३६ बर्गमिल अर्थात १,४७,१८१ बर्ग किलोमिटर
हावापानीः   दक्षिणमा समशितोष्ण । हिउँदमा चीसो तथा उत्तरी पहाडी क्षेत्रमा ज्यादा जाडो हुने गर्दछ । जेठदेखि भदौ महिनासम्म मनसुनको समयमा करिव करिव प्रत्येक दिन ७५ देखि १५० सेन्टिमिटरसम्म (३० देखि ६० इन्च) पानी पर्ने गर्दछ ।
प्राकृतिक श्रोत साधनः   जलश्रोत, जल बिद्युत, मनोरम द्दृश्य, सिमित तर उव्जाउ कृषियोग्य जमिन, जडिबुटी, काठपात, बहुमूल्य पत्थर, तामा, फलाम, आदि ।
खेतियोग्य जमिनः   २५ प्रतिशत ।
जनसंख्याः   २,६४,२७,३९९ (सन् २००७ मा अनुमानित)
जन्मदरः   ३०.५/१००० (सन् २००७ मा अनुमानित)
जनसंख्या बृद्धिदरः   २.१ (सन् २००७ मा अनुमानित)
बालमृत्यू दरः   प्रति हजारमा ६३.३ ।
औषत आयुः   पुरुषको ६२.९ र महिलाको ६३.७ बर्ष (सन् २००७ मा अनुमानित) ।
मौद्रिक इकाइः   नेपाली रुपैंया
अर्थ व्यबस्थाः   संसारको सबैभन्दा गरीव मुलुकहरुमध्ये नेपाल पनि पर्दछ । यसको भू-बनोट, साधनश्रोतको कमी, भूपरिबेष्ठित स्थिति, आधुनिकरणको लागि संस्थागत व्यबस्थाको कमी, कमजोर आधारशिला र बिकाससंग मेल नखाने नीतिगत कमजोरी जस्ता बिषयले गर्दा नेपालको अर्थ व्यबस्थामा अवरोध श्रृजना भएका छन् । भूपरिबेष्ठित अबस्थितिले गर्दा व्यापारको क्षेत्रमा नेपालले छिमेकी राष्ट्र भारत र चीनसगं अत्यधिक निर्भर हुनु परेको छ, त्यसमा पनि बिशेष गरी भारतसंगको निर्भरता बढी नै छ । भौगोलिक स्थिति र प्राकृतिक साधन श्रोतको कमीको कारणले भारतसंगको सम्बन्धमा पर्ने प्रभावले गर्दा बेलाबखत नेपालको अर्थ व्यबस्थामा निकै उतार चढाव हुने स्थिति रहेको छ ।
उद्योगधन्दाः   पर्यटन उद्योग, कार्पेट व्यबसाय, कपडा, सनपाट, चिनी, धान, गहुं र तेल मिल, चुरोट, हस्तकला, तयारी पोशाक, सिमेन्ट र इट्टा भट्टा आदि प्रमुख छन् ।
निर्यातः   कार्पेट, पश्मिना, लत्ता कपडा, छालाका सामान, सनपाटका सामान, अन्नपात आदि ।
आयातः   सुन, मेशिनरी औजार, पेट्रोलियम पदाथर्, मलखाद आदि ।
श्रमशक्तीः   कृषिमा ७१ प्रतिशत, सेवा व्यबसायमा ११ प्रतिशत, उद्योगधन्दामा ३ प्रतिशत र अन्यमा १५ प्रतिशत ।
यस अघिको राजनीतिक प्रणालिः   बहुदलीय प्रजातन्त्र र संसदीय राजतन्त्र ।
राजतन्त्रात्मक व्यबस्था - बंशानुगत ।
व्यबस्थापिका संसदबाट निर्वाचित प्रधानमन्त्री ।
बर्तमान राजनीतिक प्रणालिः   सात दलीय गठबन्धनले पुर्व बिद्रोही समुह ने.क.पा. माओवादीसंग बृहत शान्ती संझौता गरी आठ दलको गठबन्धन निर्माण गरिएपछि माघ १, २०६३ मा अन्तरिम व्यबस्थापिका संसदको गठन गरिएको थियो । बैशाख २०६३ मा गिरिजा प्रसाद कोइरालालाइ सर्वसम्मतिबाट प्रधानमन्त्रीमा नियूक्त गरी उंहाकै अध्यक्षतामा मन्त्रिपरिषदको गठन भयो । नेपालको अन्तरिम संबिधान २०६३ बमोजिम गठन गरिएको व्यबस्थापिका संसदमा ने.क.पा. माओवादी सहित ३३० जना सदस्य रहने व्यबस्था गरीयो । २०६४ माघमा सातदलीय गठबन्धन र माओवादीका बीचमा भएको २३ बुंदे सहमति बमोजिम नेपाललाइ संघीय गणतन्त्रात्मक मुलुक घोषणा गरियो । प्रस्तुत सहमति बमोजिम संबिधान सभाको गठन भए पछि बस्ने पहिलो बैठकले साधारण बहुमतबाट संघीय गणतन्त्रको धोषणालाइ अनुमोदन गर्नेछ । संबिधान सभाको सदस्य संख्या ६०१ कायम हुने व्यबस्था गरिएको छ ।
प्रमुख राजनीतिक दलहरुः   नेपाली कांग्रेस पार्टी,
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनीनवादी),
नेपाल कम्युनिष्ट पार्टी (माओवादी),
राष्ट्रिय प्रजातन्त्र पार्टी,
राष्ट्रिय जनशक्ती पार्टी,
नेपाल मजदुर किसान पार्टी,
नेपाल सदभावना पार्टी (आनन्दीदेवी),
जनमोर्चा नेपाल,
संयुक्त वाम मोर्चा
राज्यका अंगहरुः   (१) कार्यपालिकाः राष्ट्र प्रमुख र अन्तरिम मन्त्रिपरिषदको प्रमुखको रुपमा प्रधानमन्त्री ।

(२) व्यबस्थापिकाः अन्तरिम व्यबस्थापिका संसद । संसदमा देहाय बमोजिम कुल ३३० सदस्य संख्या कायम रहेको छः

  • नेपाली कांग्रेस पार्टी १३३ संसद सदस्य
  • नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनीनवादी), ८३ संसद सदस्य
  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी), ८४ संसद सदस्य
  • राष्ट्रिय प्रजातन्त्र पार्टी, ९ संसद सदस्य
  • नेपाल सदभावना पार्टी (आनन्दीदेवी), ५ संसद सदस्य
  • जनमोर्चा नेपाल, ४ संसद सदस्य
  • संयुक्त वाम मोर्चा २ संसद सदस्य
  • नेपाल मजदुर किसान पाटी, ४ संसद सदस्य
  • राष्ट्रिय जनमोर्चा, ३ संसद सदस्य
  • नेपाल कम्युनिष्ट पार्टी (संयुक्त), २
  • संयुक्त वाम मोर्चा, २ संसद सदस्य
  • राष्ट्रिय जनशक्ती पार्टी, १ संसद सदस्य

    (३) न्यायपालिका
    न्यायपालिकालाइ देहाय बमोजिम ३ किसिमले बर्गीकरण गरिएको छः
  • सर्बोच्च अदालत
  • पुनरावेदन अदालत १६
  • जिल्ला अदालत ७५
  • प्रशासकीय बिभाजनः  
  • पांच बिकास क्षेत्र
  • १४ अंचल र
  • ७५ जिल्ला बिकास समिति ५८ नगरपालिका
  • ३,९१३ गांउ बिकास समिति र ३६,०२३ वडा समिति
  • धर्मः   हिन्दु - ८१ प्रतिशत, बौद्धमार्गी - ११ प्रतिशत, मुश्लिम ४ प्रतिशत, (सन् २००१ को गणनामा आधारित)
    माघ २०६३ मा जारी गरिएको नेपालको अन्तरिम संबिधानले नेपाललाइ धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको छ ।
    जातीय समुहः   ब्राम्हण (पहाडी) - १२.७४ प्रतिशत, क्षेत्री - १५.५ प्रतिशत, मगर - ७.१४ प्रतिशत, थारु - ६.७५ प्रतिशत, तामाङ - ५.६४ प्रतिशत, नेवार - ५.४८ प्रतिशत, मुसलमान - ४.२७ प्रतिशत, बिश्वकर्मा - ३.९४ प्रतिशत, यादव - ३.९४ प्रतिशत, राइ - २.७९ प्रतिशत, र अन्य ४१.५१ प्रतिशत (२००१ को गणनामा आधारित)
    भाषाः   नेपाली - ४८ प्रतिशत (सरकारी भाषा), मैथिली - १२ प्रतिशत, भोजपुरी - ७ प्रतिशत, थारु - ६ प्रतिशत, तामाङ ५ प्रतिशत । सरकारी स्तरमा र व्यापारी समुहमा धेरैले अंगेजी पनि बोल्ने गरेका छन् ।
    साक्षरताः   ४९ प्रतिशत (यसमध्ये पुरुष ६३ प्रतिशत र महिला ३५ प्रतिशत साक्षर रहेका छन्)



    Maintained by
    DEAN - Democracy and Election Alliance Nepal
    गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
    © २००८ नेपाल निर्वाचन पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
    Developed by Yomari