| कालखण्ड |
|
घटनाक्रम |
| वि.स. सुरु हुनुभन्दा करिब सात आठ सय वर्षपहिले |
|
पूर्वतीरबाट किरातहरुको आगमन । हिन्दु धार्मिकग्रन्थ महाभारतमा किराती राजा
यलम्वरको नाम उल्लेख भएको पाइन्छ ।
(२८ जना किराती राजाहरुलेनेपालमा शासन गरेका)
|
| वि.स सुरु हुनुभन्दा ५२० वर्षपहिले |
|
राजकुमार सिद्धार्थ
गौतम (भगवान बुद्ध) को लुम्विनीमा जन्म ।
सातौं किराती राजाको शासन कालमा भगवान वुद्धको काठमाण्डौ आगमन । |
| करिब वि.स. ३५० |
|
किराती शासन पतनको क्रम सुरु |
| वि.स. ४५७ पछि |
|
उत्तरी भारतबाट आएका लिच्छवीहरुद्वारा काठमाण्डौंखाल्डोमा आक्रमण गरी किराती राजालाई
हराई आफ्नो शासन सुरु । |
वि.स. ६५७
|
|
लिच्छवी राजाका
ज्वाईं घरानीयाँ ठकुरी
अंशुवर्माले लिच्छवी राजाबाट शासनसत्ता
आफ्नो हातमा लिए । |
वि.स. ८०७ देखि १२५७
|
|
अंशुवर्माका सन्तान ठकुरी राजाहरुद्वारा
काठमाण्डौं उपत्यकामा संक्रमणकालीन रुपमा शासन संचाचन, राजा गुणकामदेवले
दशौं शताव्दीतिर काठमाण्डौ शहर बसाए । |
वि.स. ११५७
|
|
पश्चिमी नेपालमा खस मल्ल राजाको शासन |
वि.स. १२५७ देखि १३०३
|
|
मल्ल वंशका पहिलो राजा अरिमल्लको
काठमाण्डौं उपत्यकामा शासन |
वि.स. १३६९
|
|
पश्चिमका खस राजा रिपुमल्लको नेतृत्वमा
काठमाण्डौं उपत्यकमा
हमला |
वि.स. १४०२-०३
|
|
भारत, बंगालका सुल्तान शमसुद्दीन
काठमाण्डौं उपत्यकामा
आई लुटपाट । |
वि.स. १४३८ देखि १४५३
|
|
जयस्थिति मल्लद्वारा
उपत्यकाको एकीकृत तीनै
राज्यमा राजाको हैसियतमा शासन । |
वि.स. १४८५ देखि १५३९
|
|
यक्षमल्लको शासन - मल्ल शासनको
स्वर्ण काल |
वि.स. १५४१
|
|
मल्लराज्यको बिभाजन - काठमाण्डौं, भादगांउ र पाटन अलग अलग
राज्यको रुपमा स्थापना |
वि.स. १६१६
|
|
राजा द्रव्यशाहद्वारा
गोरखा राज्यको स्थापना |
वि.स. १६६३ देखि १६९०
|
|
गोरखामा रामशाहको शासन सुरु -
गोरखाका
राजाहरुको ध्यान राज्य बिस्तारमा
केन्द्रित, छिमेकी राजारजौटाहरुमा
आक्रमण र बिजयको सुरुवात |
वि.स. १७९९
|
|
पृथ्वीनारायण शाह
गोरखाको राजगद्दीमा |
वि.स. १८२५ देखि १८४७
|
|
काठमाण्डौं, पाटन, भादगांउ लगायत
पूर्वी र
पश्चिमी नेपालमा
गोरखालीको बिजय । |
वि.स. १८३१
|
|
एकीकृत नेपालको पहिलो राजा पृथ्वीनारायण
शाहको नीधन । |
वि.स. १८४३ देखि
१८४७
|
|
पृथ्वीनारायण शाहका सन्तान शाह
राजाहरुद्वारा
भारतको सिक्किमसम्म र
तिव्वतको सिगात्से प्रान्तको
तहसिलहुम्पो गुम्वासम्म आक्रमण गरी नेपाल
राज्यको बिस्तार । |
| वि.स. १८५० को दशकमा |
|
बिस्तारित भूभागको राजनैतिक नियन्त्रण गर्न शाहबंशका राजाहरु असफल |
वि.स. १८७३
|
|
अंग्रेजसंगको युद्धपछि संपन्न
सुगौली सन्धीमा नेपाली
भूभागको ठुलो अंश भारतमा । |
वि.स. १९०३
|
|
शाह राजाहरुको पारिवारिक कलहका बीच लडाकु जंगबहादुर राणा
प्रधानमन्त्रीको हैसियतले शासनसत्तमा उदय, शाहबंशका राजाहरुलाई नाममात्रका शासक तुल्याएर सत्ताको
बागडोर राणा प्रधानमन्त्रीको हातमा |
वि.स. १९०३ देखि २००७
|
|
राणाहरुद्वारा जहानीया शासन संचालन |
वि.स. २००३
|
|
राणा शासकको बिरुद्धमा राजनैतिक
पार्टीहरुको गठन हुने क्रम सुरु । |
वि.स. २००१
|
|
संयुक्त राज्य अमेरिकासँग नेपालको
दौत्य सम्बन्ध स्थापना । |
वि.स. २००४
|
|
मुलुकको पहिलो संबिधानको रुपमा नेपाल सरकारको बैधानिक कानून २००४ जारी
। संबिधान लागु गर्ने बिषयमा राणा परिवार कै अनुदारवादी सदस्यका
बिरोधको कारण
प्रधानमन्त्री पद्मशमसेरको राजिनामा । यस पछि प्रधानमन्त्री बनेका
मोहन शमसेरद्वारा
जारी संबिधान खारेज |
वि.स. २००७
|
|
राणा शासक वीच द्वन्द्व सुरु । प्रजापरिषद तथा नेपाली कांग्रेस जस्ता
पार्टीको अगुवाइमा राणा शासन बिरुद्ध उठाइएका कदममा राजा त्रिभूवनको
समर्थन ।
राजा त्रिभूवन भारतको राजनैतिक शरणमा । भारतसगं नेपालको शान्ती र मैत्री तथा
व्यापार र वाणिज्य सन्धि । |
वि.स. २००७ फागुन
|
|
राजा राणा र राजनीतिक दलहरुको सहमति पछि प्रधानमन्त्री
मोहनशमसेर
राणाद्वारा गद्दी परित्याग । राजा त्रिभूवन पुनः राजगद्दीमा । १० महिनासम्म
मोहन
शमसेरद्वारा नै नंया रुपमा गठित संयुक्त
मन्त्रिपरिषदको नेतृत्व । नेपालमा
प्रजातन्त्रको सुरुवात भएको । |
वि.स. २००८ मंसिर
|
|
मोहन शमसेर पछि प्रधानमन्त्रीमा नेपाली कांग्रेसका नेता मातृका
प्रसाद कोइराला । |
वि.स. २००९ साउन
|
|
मातृका प्रसाद
कोइरालाको राजिनामा पछि
राजाको प्रत्यक्ष शासन
सुरु । |
वि.स. २०१० असार
|
|
मातृका प्रसाद
कोइराला पुनः प्रधानमन्त्रीमा नियुक्त |
वि.स. २०११
|
|
राजा त्रिभूवनको नीधन, राजा महेन्द्रको शासन सुरु । संयुक्त
राष्टसंघको सदस्यता हासिल । नेपाल प्रहरी
बलको गठन । मातृका कोइरालाको पुनः राजिनामा । राजा
महेन्द्रद्वारा प्रत्यक्ष रुपमा शासन संचालन । |
वि.स. २०१२ माघ
|
|
टंकप्रसाद आचार्य नयाँ प्रधानमन्त्री । चीनसंग सीमा
संझौता । |
वि.स. २०१४ असार
|
|
टंकप्रसाद आचार्यको राजिनामा, डा. के.आइ सिंह केही
महिनाको निमित्त प्रधानमन्त्रीमा नियुक्त । |
वि.स. २०१५ जेठ
|
|
काठमाण्डौंमा सोभियत रुसको दुतावास स्थापना ।
सूवर्ण शमसेर नया
प्रधानमन्त्री । |
वि.स.२०१५, २०१६
|
|
पहिलो आम निर्वाचन सम्पन्न, अत्यधिक बहुमतका साथ नेपाली
कांग्रेस
बिजयी । बि.पी.कोइराला
पहिलो जननिर्वाचित
सरकारको प्रधानमन्त्री ।
काठमाण्डौंमा
संयुक्त राज्य अमेरिकाको दुतावास स्थापना
। २००७ को संबिधानलाइ स्थगन गर्दै नंया
संबिधान जारी ।
नेपालको पहिलो बिश्वबिद्यालयको रुपमा त्रिभूवन बिश्वबिद्यालय
स्थापना भएको । |
वि.स. २०१७ पुस
|
|
प्रधानमन्त्री
कोइरालाले अपनाएको नीतिमा राजाको असहमति,
कोइराला
सरकारलाइ एक्कासी बिघठन गरी सबै राजनैतिक दल उपर प्रतिबन्ध । राजा महेन्द्रद्वारा
प्रत्यक्ष रुपमा
सरकारको नियन्त्रण । |
वि.स. २०१७-०१८
|
|
राजा महेन्द्रबाट निर्देशित
प्रजातन्त्रको घोषणा । चीनसंग शान्ती
तथा मैत्रीको सन्धि सम्पन्न, र सीमासम्बन्धि सन्धि नवीकरण । |
वि.स. २०१९
|
|
नेपालमा तेश्रो संबिधान जारी, यसै संबिधान अनुसार दलबिहीन पंचायती
व्यबस्थाको सुत्रपात । भूमिसम्बन्धि ऐन, मुलुकी ऐन, आदि कार्यान्वयनमा ल्याइए ।
भिन्न मत राख्नेहरुलाई भारतले
सहयोग उपलव्ध गराएको भन्दै
काठमाण्डौंमा दंगा । |
वि.स. २०२१
|
|
पंचायती चुनावको क्रम सुरु । राष्ट्रिय निर्देशन
परिषदको गठन । तुलसी
गिरी प्रधानमन्त्रीमा नियुक्त । |
वि.स. २०२२
|
|
स्थानीय निकायको पुनर्गठन । तुलसी गिरीको राजिनामा पछि
सूर्यबहादुर
थापा प्रधानमन्त्रीमा नियुक्त । |
वि.स. २०२६
|
|
सूर्यबहादुर थापाको कार्यभार
कीर्तिनीधि बिष्टलाइ
सुम्पिइयो । भारतीय सैनिक
नियोग फिर्ता । |
वि.स. २०२७
|
|
भारतसंग नया व्यापार तथा पारबहन सन्धिमा हस्ताक्षर । |
वि.स. २०२८
|
|
राजा महेन्द्रको नीधन, राजा बीरेन्द्रे उत्तराधिकार लिए ।
राष्ट्रिय
बिकास परिषद अन्तर्गत बिभिन्न
भौगोलिक क्षेत्रहरुमा बिकास
क्षेत्रको गठन । |
वि.स. २०३२
|
|
तुलसी गिरी फेरी प्रधानमन्त्रीमा नियुक्त । राजा
बीरेन्द्रको राज्याभिषेक ।
गाउंफर्क राष्ट्रिय अभियानको प्रारम्भ । |
वि.स. २०३३
|
|
बि.पी.कोइराला भारतबाट स्वदेश फर्के पछि
गिरफ्तार । भारतसंगको सन्धिको म्याद समाप्त भएता पनि नवीकरण
नगरिएको । |
वि.स. २०३४
|
|
भ्रष्टाचारको आरोपमा तुलसी गिरीको राजिनामा,
कीर्तिनीधि बिष्ट पुनः
प्रधानमन्त्री पदमा नियुक्त । |
वि.स.२०३६ जेठ
|
|
मुलुकभर बिद्यार्थीद्वारा
प्रदर्शन भएपछि प्रधानमन्त्री
बिष्टको ठांउमा सूर्यबहादुर थापाको नियुक्ति । राजाद्वारा
सुधारिएको पंचायती व्यबस्था वा
बहुदलीय व्यबस्था दुइमध्ये कुनै एक
रोज्न जनमत संग्रहको घोषणा । |
वि.स. २०३७
|
|
राष्ट्रिय स्तरमा
भएको जनमत स्रग्रहमा बहुदलीय व्यवस्थाको सट्टा
सुधारिएको पंचायती व्यबस्थामा बहुमत । |
वि.स. २०३९ साउन
|
|
नेपाली कांग्रेस पार्टीका नेता बि.पी.कोइरालाको नीधन । |
वि.स. २०३९
|
|
राष्ट्रिय पंचायतको लागि
भएको निर्वाचनमा
सूर्यबहादुर थापाको पराजय
पछि लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री पदमा नियुक्त । |
वि.स. २०४४
|
|
राष्ट्रिय पंचायतको लागि दोश्रो निर्वाचन सम्पन्न, मरिचमान सिंह
प्रधानमन्त्री पदमा नियुक्त । |
वि.स. २०४५, २०४६
|
|
भारतसंग व्यापार तथा पारवहन
सन्धिको नवीकरण हुन नसके पछि
मुलुकको अर्थ व्यबस्था
खल्बलिएको । |
वि.स.२०४६ चैत
|
|
बिभिन्न बामपन्थी
दलहरुको समर्थन सहित नेपाली
कांग्रेसको नेतृत्वमा
प्रजातन्त्रको पुनर्स्थापनाको लागि प्रदर्शन । पंचायती व्यबस्थालाइ खारेज गरी
बिभिन्न दल तथा राजाका प्रतनिधि सहित अन्तरिम
सरकारको जठन भयो । |
वि.स. २०४७ कात्तिक
|
|
बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्र भएको संबिधान जारी । |
वि.स.२०४८ वैशाख, जेठ
|
|
संसदको लागि निर्वाचन । नेपाल कम्युनिष्ट
पार्टीकामालेका
नेता मदन भण्डारीद्वारा नेपाली कांग्रेसका सभापति एवं अन्तरिम प्रधानमन्त्री
कृष्णप्रसाद भटृराइ पराजित । नेपाली
कांग्रेस झिनो मतको अन्तरमा बिजयी, गिरिजा
प्रसाद कोइराला प्रधानमन्त्रीमा नियुक्त । |
वि.स. २०४९
|
|
स्थानीय निकायको निर्वाचन सम्पन्न, नेपाली
कांग्रेसद्वारा धेरै स्थानमा
बिजय हासिल । |
वि.स.२०५० जेठ
|
|
मदन भण्डारी रहस्यमय ढंगले
मोटर दुर्घटनामा मृत्यु, कोइराला
सरकारलाई हटाउन उग्र
प्रदर्शन । |
वि.स.२०५१
|
|
आफ्नै दलका ३६ जना सदस्य अनुपस्थित भएका कारण संसदमा आबश्यक मत प्राप्त
गर्न नसके पछि प्रधानमन्त्री
कोइरालाद्वारा मध्यावदी निर्वाचनको घोषणा । कात्तिकमा
भएको निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि, निर्वाचित सदस्य
संख्याको आधारमा सवभन्दा
ठुलो पार्टी ने.क.पा., एमालेद्वारा
अल्पमतको सरकार गठन । |
वि.स.२०५२
|
|
संसदमा अबिश्वासको प्रस्ताव पारित भएपछि अल्पमतमा
रहेको ने.क.पा.
एमालेको सरकारले सत्ता
गुमाएको । नेपाली कांग्रेस,
राष्ट्रिय प्रजातन्त्र
पार्टीका सदभावना पार्टीको गठबन्धनमा सरकार गठन । |
वि.स. २०५२ फागुन
|
|
माओबादी बिद्रोहीद्वारा संबैधानिक राजतन्त्रलाइ हटाइ एकदलीय
साम्यवादी गणतन्त्र स्थापना गर्ने लक्ष सहित
आन्दोलन सुरु । |
वि.स. २०५३ फागुन देखि २०५४ चैत सम्म
|
|
नेपाली कांग्रेस,
राष्ट्रिय प्रजातन्त्र
पार्टीका सद्भावना पार्टीको गठबन्धनमा
बनेको सरकारले सत्ता गुमाए पछि
ने.क.पा.एमाले र
राष्ट्रिय प्रजातन्त्र
पार्टीको मिलिजुली सरकार गठन । ६ महिना
पछि यो सरकार पनि सत्ताबाट बाहिरिए पछि नेपाली कांग्रेस र
राष्ट्रिय प्रजातन्त्र
पार्टीको गठबन्धनमा अर्को सरकार
। २०४६ को प्रजातान्त्रिक
आन्दोलनको नेतृत्व
गरेका गणेशमान
सिंहको नीधन । |
वि.स. २०५६ वैशाख, जेठ
|
|
प्रजातन्त्र पुनर्स्थापना
पछिको तेश्रो आम निर्वाचनमा
नेपाली कांग्रेस व्यबस्थापिकामा अत्यधिक बहुमत प्राप्त गरी पुनः सत्तामा ।
कृष्णप्रसाद भटृराइ
दोश्रो पटक प्रधानमन्त्री पदमा । |
वि.स.२०५६ चैत
|
|
नेपाली कांग्रेस भित्रको किचलो र
माओबादी बिद्रोहको कारण
शान्तीसुरक्षाका बिषयमा बिवाद भएपछि कृष्णप्रसाद भटृराइको राजिनामा । गिरिजा प्रसाद
कोइराला प्रधानमन्त्रीमा नियुक्त । |
वि.स. २०५८ जेठ
|
|
युवराज दिपेन्द्रले पारिवारिक भोजमा
चलाएको गोली लागी राजा
बीरेन्द्र, रानी ऐर्श्वर्य र राजपरिवारका अन्य केही
सदस्यहरुको नीधन, दिपेन्द्र्रले
पछि आफुले आफैलाइ
गोली हानेको । ज्ञानेन्द्र राजा
घोषित । |
वि.स.२०५८ साउन
|
|
माओबादी बिद्रोहीले आन्दोलन चर्काउंदै लगेका ।
माओबादी बिरुद्धमा सैनिक परिचालन गर्ने बिषयमा बिवाद उत्पन्न भएपछि गिरिजाप्रसाद
कोइरालाको
राजिनामा । प्रजातन्त्रको पुनर्स्थापना
भएको ११ रौं बर्षा ११ रौं
सरकारको नेतृत्व गर्दै शेरबहादुर देउवा प्रधानमन्त्री । शान्त
वार्ताको लागि प्रधानमन्त्री
देउवाद्वारा माओवादीसँग
युद्धबिरामको प्रस्ताव । द्विपक्षीय रुपमा युद्धबिराम । |
वि.स. २०५८ मंसिर
|
|
बार्ता भंग भएको हुंदा
युद्धबिरामको औचित्य समाप्त भएको भन्दै
माओबादीद्वारा दांगमा
रहेको सेनाको व्यारेकमा आक्रमण ।
माओबादी बिरुद्धमा सेना
परिचालन । संकटकालीन
स्थितिको घोषणा गर्दै सरकारद्वारा
माओबादीलाइ आतकंवादी
संगठनको संज्ञा । |
वि.स. २०५९ असोज
|
|
राजा ज्ञानेन्द्रबाट निर्वाचन गराउन
नसकेको आरोपमा असक्षम भन्दै
प्रधानमन्त्री देउवालाइ पदवाट हटाउने काम । कार्यकारी अधिकार राजा आफैले लिने घोषणा
। राजाबाट लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्रीमा नियुक्त । |
वि.स. २०६० वैशाख
|
|
संसदको पुनर्स्थापना र
जनताको प्रतिनिधिको नियुक्तीको माग
राख्दै महिनासम्म राजनैतिक दलहरुले
गरेको बिरोधको कारण प्रधानमन्त्री चन्दको
राजिनामा । |
वि.स.२०६० जेठ
|
|
राजा ज्ञानेन्द्रबाट सूर्यबहादुर थापालाइ प्रधानमन्त्रीमा नियुक्त
। |
वि.स.२०६१ वैशाख
|
|
हप्तौको बिरोध पछि सूर्यबहादुर थापाद्वारा
प्रधानमन्त्रीको पद त्याग ।
माओबादीसंगको शान्तीबार्ता भंग भै देश राजनैतिक संकट तर्फउन्मुख । |
वि.स.२०६१, जेठ
|
|
शेरबहादुर देउवालाई राजा ज्ञानेन्द्रद्वारा पुनः प्रधानमन्त्रीमा
नियुक्त, ने.क.पा. एमाले सहितका केही राजनैतिक दल पनि देउवा सरकारमा सम्मिलित । |
वि.स. २०६१ माघ
|
|
राजा ज्ञानेन्द्रद्वारा देउवा सरकार भंग गरी निरंकुश ढंगले शक्ती
आफ्नो
हातमा लिने काम ।
मन्त्रिपरिषदको अध्यक्षमा राजा नै रहने र मुलुकमा संकटकालीन
स्थितिको घोषणा । |
वि.स.२०६२, मंसिर
|
|
प्रमुख सात राजनैतिक दलद्वारा
माओबादी बिद्रोहीसंग भारतमा १२
बुंदे समझदारीमा हस्ताक्षर ।
राजाको निरंकुश शासनको अन्त र
माओबादी युद्धको समाप्ती गर्नेमा सात दल सहमति । |
वि.स. २०६२, चैत
|
|
माओबादीको समर्थनसहित सात दलको नेतृत्वमा
प्रजातन्त्रको पुनर्स्थापनाको लागि जन आन्दोलन सुरु |
वि.स.२०६३ वैशाख
|
|
१९ दिनसम्म सडकमा भएको
जन बिरोधको कारण राजा ज्ञानेन्द्र् सत्ताबाट हटी संसदको पुनर्स्थापना गर्न बाध्य ।
आन्दोलन गरेका दलहरुबाट गिरिजा प्रसाद कोइराला र्सवसम्मतीमा प्रधानमन्त्रीमा मनोनयन
। |
वि.स. २०६३, जेठ
|
|
व्यवस्थापिका संसदद्वारा
राजाको सबै शक्ती खोसियो । राजालाइ
सेनाको परमाधिपतीको पदबाट हटाइएको । राष्ट्र
प्रमुखको रुपमा प्रधानमन्त्री रहने
व्यबस्था । नेपाललाइ धर्म निरपेक्ष राष्ट्र
घोषणा । |
वि.स.२०६३, मंसिर
|
|
माओबादीद्वारा एक दशक
लामो बिद्रोह समाप्त गरी सरकारसंग बृहत
शान्ती संझौतामा हस्ताक्षर ।
राष्ट्रसंघको सुपरीबेक्षणमा आफ्ना लडाकु शिवीरमा
राख्न र राष्ट्रिय सुरक्षा नियकामा
उनिहरुको एकीकरणको क्रम अगाडी बढाउन माओवादी
मन्जुर । |
वि.स.२०६३ पुस
|
|
अन्तरिम संबिधानको मसौदा तयार ।
माओबादी व्यवस्थापिका संसदमा
प्रवेश । संबिधान
सभाको चुनाव जेठ २०६४मा गर्न मिति तय । |
वि.स. २०६३ माघ
|
|
संघीय स्वरुपको माग गर्दै तराइ क्षेत्रमा सुरु
भएको आन्दोलनको फलस्वरुप अन्तरिम संबिधानमा
पहिलो संशेाधनको गृहकार्य । |
| वि.स. २०६३ फागुन |
|
नेपालको अन्तरिम संबिधान २०६३ मा
पहिलो संशेाधन । जेठमा
संविधानसभाको निर्वाचन गर्ने सहमति साथ
माओबादी सरकारमा सम्मिलित । |
| वि.स.२०६४, बैशाख |
|
निर्वाचनको लागि पर्याप्त समय वांकी
नभएको भनी जेठमा निर्वाचन
गर्न नसक्ने धारणा निर्वाचन आयोगद्वारा र्सार्वजनिक । सत्तारुढ दलहरुद्वारा मंसिर
८ मा निर्वाचन गर्ने सहमति । |
| वि.स. २०६४, असोज |
|
पूर्ण समानुपातिक निर्वाचन प्रणालि र नेपाललाई गणतन्त्र
घोषणा गरिनु पर्ने माग सहित
माओबादी सरकारबाट अलग । |
| वि.स.२०६४ असोज |
|
पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनु पर्ने र नेपाललाई
तत्काल गणतन्त्र
घोषणा गरिनु पर्ने
माओबादी मागका कारण संबिधान
सभाको निर्वाचन दोश्रो पटक पनि स्थगित । |
| वि.स.२०६४ पुस |
|
अन्तरिम व्यबस्थापिका संसदद्वारा नेपाललाई संघीय
लोकतान्त्रिक
गणतन्त्र घोषणा ।
संबिधानसभाको सदस्य संख्या ४९७ बाट बृद्धि गरी ६०१ तुल्याउन सात
दल बीच सहमति । २४० सदस्य प्रत्यक्ष निर्वाचनबाट, ३३५ सदस्य समानुपातिक निर्वाचन
प्रणालीबाट र २६ जना निर्वाचित मन्त्रिपरिषदले
मनोनयन गर्ने गरी कूल सदस्य संख्या
६०१ जनाको संविधानसभा निर्माण गर्ने सहमति ।
माओबादी सरकारमा पुनः सामेल । |
|
वि.स.२०६४ पुस २७
|
|
संबिधान सभाको निर्वाचन २०६४ चैत २८ मा हुनेगरी मिति
घोषणा । |