नेपाल निर्वाचन पोर्टल

संविधानसभामा दलहरु
समाचार:  प्रधानमन्त्रीद्वारा सम्बोधन- राष्ट्रिय एकता, भौगोलिक अखण्डताको रक्षालाई सर्वाधिक महत्व दिने       एमालेद्वारा शपथ बहिष्कार / सरकार अपूर्ण, मन्त्रिपरिषद्मा माओवादी र फोरम मात्र       मन्त्रिमण्डल गठन आज, शीर्ष नेताहरूद्वारा चारवटा दस्तावेजमा हस्ताक्षर       साझा कार्यक्रममा हस्ताक्षर भएन       प्रधानमन्त्री प्रचण्डद्वारा पदभार ग्रहण       सरकारको नीति तथा कार्यक्रम र आचारसंहिता तय, मन्त्रिमण्डल २४ सदस्यीय      








जनमत

हामी चाँडै आउँदैछौ ।

ईमेलमा सामाग्री पाउनुहोस्

तपाईको ईमेलमा नियमित जानकारी पाउनुहोस् ।

नियमित जानकारी प्राप्तगर्ने सूचीबाट आफुलाई हटाउनुस् ।

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
नेपालको राजनीतिक विकासक्रम
ऐतिहासिक घटनाक्रम

माहत्वपूर्ण घटनाका सिलसिलेवार बिवरण

कालखण्ड   घटनाक्रम
वि.स. सुरु हुनुभन्दा करिब सात आठ सय वर्षपहिले   पूर्वतीरबाट किरातहरुको आगमन । हिन्दु धार्मिकग्रन्थ महाभारतमा किराती राजा यलम्वरको नाम उल्लेख भएको पाइन्छ । (२८ जना किराती राजाहरुलेनेपालमा शासन गरेका)
वि.स सुरु हुनुभन्दा ५२० वर्षपहिले   राजकुमार सिद्धार्थ गौतम (भगवान बुद्ध) को लुम्विनीमा जन्म । सातौं किराती राजाको शासन कालमा भगवान वुद्धको काठमाण्डौ आगमन ।
करिब वि.स. ३५०   किराती शासन पतनको क्रम सुरु
वि.स. ४५७ पछि   उत्तरी भारतबाट आएका लिच्छवीहरुद्वारा काठमाण्डौंखाल्डोमा आक्रमण गरी किराती राजालाई हराई आफ्नो शासन सुरु ।
वि.स. ६५७
  लिच्छवी राजाका ज्वाईं घरानीयाँ ठकुरी अंशुवर्माले लिच्छवी राजाबाट शासनसत्ता आफ्नो हातमा लिए ।
वि.स. ८०७ देखि १२५७
  अंशुवर्माका सन्तान ठकुरी राजाहरुद्वारा काठमाण्डौं उपत्यकामा संक्रमणकालीन रुपमा शासन संचाचन, राजा गुणकामदेवले दशौं शताव्दीतिर काठमाण्डौ शहर बसाए ।
वि.स. ११५७
  पश्चिमी नेपालमा खस मल्ल राजाको शासन
वि.स. १२५७ देखि १३०३
  मल्ल वंशका पहिलो राजा अरिमल्लको काठमाण्डौं उपत्यकामा शासन
वि.स. १३६९
  पश्चिमका खस राजा रिपुमल्लको नेतृत्वमा काठमाण्डौं उपत्यकमा हमला
वि.स. १४०२-०३
  भारत, बंगालका सुल्तान शमसुद्दीन काठमाण्डौं उपत्यकामा आई लुटपाट ।
वि.स. १४३८ देखि १४५३
  जयस्थिति मल्लद्वारा उपत्यकाको एकीकृत तीनै राज्यमा राजाको हैसियतमा शासन ।
वि.स. १४८५ देखि १५३९
  यक्षमल्लको शासन - मल्ल शासनको स्वर्ण काल
वि.स. १५४१
  मल्लराज्यको बिभाजन - काठमाण्डौं, भादगांउ र पाटन अलग अलग राज्यको रुपमा स्थापना
वि.स. १६१६
  राजा द्रव्यशाहद्वारा गोरखा राज्यको स्थापना
वि.स. १६६३ देखि १६९०
  गोरखामा रामशाहको शासन सुरु - गोरखाका राजाहरुको ध्यान राज्य बिस्तारमा केन्द्रित, छिमेकी राजारजौटाहरुमा आक्रमण र बिजयको सुरुवात
वि.स. १७९९
  पृथ्वीनारायण शाह गोरखाको राजगद्दीमा
वि.स. १८२५ देखि १८४७
  काठमाण्डौं, पाटन, भादगांउ लगायत पूर्वी र पश्चिमी नेपालमा गोरखालीको बिजय ।
वि.स. १८३१
  एकीकृत नेपालको पहिलो राजा पृथ्वीनारायण शाहको नीधन ।
वि.स. १८४३ देखि १८४७
  पृथ्वीनारायण शाहका सन्तान शाह राजाहरुद्वारा भारतको सिक्किमसम्म र तिव्वतको सिगात्से प्रान्तको तहसिलहुम्पो गुम्वासम्म आक्रमण गरी नेपाल राज्यको बिस्तार ।
वि.स. १८५० को दशकमा   बिस्तारित भूभागको राजनैतिक नियन्त्रण गर्न शाहबंशका राजाहरु असफल
वि.स. १८७३
  अंग्रेजसंगको युद्धपछि संपन्न सुगौली सन्धीमा नेपाली भूभागको ठुलो अंश भारतमा ।
वि.स. १९०३
  शाह राजाहरुको पारिवारिक कलहका बीच लडाकु जंगबहादुर राणा प्रधानमन्त्रीको हैसियतले शासनसत्तमा उदय, शाहबंशका राजाहरुलाई नाममात्रका शासक तुल्याएर सत्ताको बागडोर राणा प्रधानमन्त्रीको हातमा
वि.स. १९०३ देखि २००७
  राणाहरुद्वारा जहानीया शासन संचालन
वि.स. २००३
  राणा शासकको बिरुद्धमा राजनैतिक पार्टीहरुको गठन हुने क्रम सुरु ।
वि.स. २००१
  संयुक्त राज्य अमेरिकासँग नेपालको दौत्य सम्बन्ध स्थापना ।
वि.स. २००४
  मुलुकको पहिलो संबिधानको रुपमा नेपाल सरकारको बैधानिक कानून २००४ जारी । संबिधान लागु गर्ने बिषयमा राणा परिवार कै अनुदारवादी सदस्यका बिरोधको कारण प्रधानमन्त्री पद्मशमसेरको राजिनामा । यस पछि प्रधानमन्त्री बनेका मोहन शमसेरद्वारा जारी संबिधान खारेज
वि.स. २००७
  राणा शासक वीच द्वन्द्व सुरु । प्रजापरिषद तथा नेपाली कांग्रेस जस्ता पार्टीको अगुवाइमा राणा शासन बिरुद्ध उठाइएका कदममा राजा त्रिभूवनको समर्थन । राजा त्रिभूवन भारतको राजनैतिक शरणमा । भारतसगं नेपालको शान्ती र मैत्री तथा व्यापार र वाणिज्य सन्धि ।
वि.स. २००७ फागुन
  राजा राणा र राजनीतिक दलहरुको सहमति पछि प्रधानमन्त्री मोहनशमसेर राणाद्वारा गद्दी परित्याग । राजा त्रिभूवन पुनः राजगद्दीमा । १० महिनासम्म मोहन शमसेरद्वारा नै नंया रुपमा गठित संयुक्त मन्त्रिपरिषदको नेतृत्व । नेपालमा प्रजातन्त्रको सुरुवात भएको ।
वि.स. २००८ मंसिर
  मोहन शमसेर पछि प्रधानमन्त्रीमा नेपाली कांग्रेसका नेता मातृका प्रसाद कोइराला ।
वि.स. २००९ साउन
  मातृका प्रसाद कोइरालाको राजिनामा पछि राजाको प्रत्यक्ष शासन सुरु ।
वि.स. २०१० असार
  मातृका प्रसाद कोइराला पुनः प्रधानमन्त्रीमा नियुक्त
वि.स. २०११
  राजा त्रिभूवनको नीधन, राजा महेन्द्रको शासन सुरु । संयुक्त राष्टसंघको सदस्यता हासिल । नेपाल प्रहरी बलको गठन । मातृका कोइरालाको पुनः राजिनामा । राजा महेन्द्रद्वारा प्रत्यक्ष रुपमा शासन संचालन ।
वि.स. २०१२ माघ
  टंकप्रसाद आचार्य नयाँ प्रधानमन्त्री । चीनसंग सीमा संझौता ।
वि.स. २०१४ असार
  टंकप्रसाद आचार्यको राजिनामा, डा. के.आइ सिंह केही महिनाको निमित्त प्रधानमन्त्रीमा नियुक्त ।
वि.स. २०१५ जेठ
  काठमाण्डौंमा सोभियत रुसको दुतावास स्थापना । सूवर्ण शमसेर नया प्रधानमन्त्री ।
वि.स.२०१५, २०१६
  पहिलो आम निर्वाचन सम्पन्न, अत्यधिक बहुमतका साथ नेपाली कांग्रेस बिजयी । बि.पी.कोइराला पहिलो जननिर्वाचित सरकारको प्रधानमन्त्री । काठमाण्डौंमा संयुक्त राज्य अमेरिकाको दुतावास स्थापना । २००७ को संबिधानलाइ स्थगन गर्दै नंया संबिधान जारी । नेपालको पहिलो बिश्वबिद्यालयको रुपमा त्रिभूवन बिश्वबिद्यालय स्थापना भएको ।
वि.स. २०१७ पुस
  प्रधानमन्त्री कोइरालाले अपनाएको नीतिमा राजाको असहमति, कोइराला सरकारलाइ एक्कासी बिघठन गरी सबै राजनैतिक दल उपर प्रतिबन्ध । राजा महेन्द्रद्वारा प्रत्यक्ष रुपमा सरकारको नियन्त्रण ।
वि.स. २०१७-०१८
  राजा महेन्द्रबाट निर्देशित प्रजातन्त्रको घोषणा । चीनसंग शान्ती तथा मैत्रीको सन्धि सम्पन्न, र सीमासम्बन्धि सन्धि नवीकरण ।
वि.स. २०१९
  नेपालमा तेश्रो संबिधान जारी, यसै संबिधान अनुसार दलबिहीन पंचायती व्यबस्थाको सुत्रपात । भूमिसम्बन्धि ऐन, मुलुकी ऐन, आदि कार्यान्वयनमा ल्याइए । भिन्न मत राख्नेहरुलाई भारतले सहयोग उपलव्ध गराएको भन्दै काठमाण्डौंमा दंगा ।
वि.स. २०२१
  पंचायती चुनावको क्रम सुरु । राष्ट्रिय निर्देशन परिषदको गठन । तुलसी गिरी प्रधानमन्त्रीमा नियुक्त ।
वि.स. २०२२
  स्थानीय निकायको पुनर्गठन । तुलसी गिरीको राजिनामा पछि सूर्यबहादुर थापा प्रधानमन्त्रीमा नियुक्त ।
वि.स. २०२६
  सूर्यबहादुर थापाको कार्यभार कीर्तिनीधि बिष्टलाइ सुम्पिइयो । भारतीय सैनिक नियोग फिर्ता ।
वि.स. २०२७
  भारतसंग नया व्यापार तथा पारबहन सन्धिमा हस्ताक्षर ।
वि.स. २०२८
  राजा महेन्द्रको नीधन, राजा बीरेन्द्रे उत्तराधिकार लिए । राष्ट्रिय बिकास परिषद अन्तर्गत बिभिन्न भौगोलिक क्षेत्रहरुमा बिकास क्षेत्रको गठन ।
वि.स. २०३२
  तुलसी गिरी फेरी प्रधानमन्त्रीमा नियुक्त । राजा बीरेन्द्रको राज्याभिषेक । गाउंफर्क राष्ट्रिय अभियानको प्रारम्भ ।
वि.स. २०३३
  बि.पी.कोइराला भारतबाट स्वदेश फर्के पछि गिरफ्तार । भारतसंगको सन्धिको म्याद समाप्त भएता पनि नवीकरण नगरिएको ।
वि.स. २०३४
  भ्रष्टाचारको आरोपमा तुलसी गिरीको राजिनामा, कीर्तिनीधि बिष्ट पुनः प्रधानमन्त्री पदमा नियुक्त ।
वि.स.२०३६ जेठ
  मुलुकभर बिद्यार्थीद्वारा प्रदर्शन भएपछि प्रधानमन्त्री बिष्टको ठांउमा सूर्यबहादुर थापाको नियुक्ति । राजाद्वारा सुधारिएको पंचायती व्यबस्था वा बहुदलीय व्यबस्था दुइमध्ये कुनै एक रोज्न जनमत संग्रहको घोषणा ।
वि.स. २०३७
  राष्ट्रिय स्तरमा भएको जनमत स्रग्रहमा बहुदलीय व्यवस्थाको सट्टा सुधारिएको पंचायती व्यबस्थामा बहुमत ।
वि.स. २०३९ साउन
  नेपाली कांग्रेस पार्टीका नेता बि.पी.कोइरालाको नीधन ।
वि.स. २०३९
  राष्ट्रिय पंचायतको लागि भएको निर्वाचनमा सूर्यबहादुर थापाको पराजय पछि लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री पदमा नियुक्त ।
वि.स. २०४४
  राष्ट्रिय पंचायतको लागि दोश्रो निर्वाचन सम्पन्न, मरिचमान सिंह प्रधानमन्त्री पदमा नियुक्त ।
वि.स. २०४५, २०४६
  भारतसंग व्यापार तथा पारवहन सन्धिको नवीकरण हुन नसके पछि मुलुकको अर्थ व्यबस्था खल्बलिएको ।
वि.स.२०४६ चैत
  बिभिन्न बामपन्थी दलहरुको समर्थन सहित नेपाली कांग्रेसको नेतृत्वमा प्रजातन्त्रको पुनर्स्थापनाको लागि प्रदर्शन । पंचायती व्यबस्थालाइ खारेज गरी बिभिन्न दल तथा राजाका प्रतनिधि सहित अन्तरिम सरकारको जठन भयो ।
वि.स. २०४७ कात्तिक
  बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्र भएको संबिधान जारी ।
वि.स.२०४८ वैशाख, जेठ
  संसदको लागि निर्वाचन । नेपाल कम्युनिष्ट पार्टीकामालेका नेता मदन भण्डारीद्वारा नेपाली कांग्रेसका सभापति एवं अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भटृराइ पराजित । नेपाली कांग्रेस झिनो मतको अन्तरमा बिजयी, गिरिजा प्रसाद कोइराला प्रधानमन्त्रीमा नियुक्त ।
वि.स. २०४९
  स्थानीय निकायको निर्वाचन सम्पन्न, नेपाली कांग्रेसद्वारा धेरै स्थानमा बिजय हासिल ।
वि.स.२०५० जेठ
  मदन भण्डारी रहस्यमय ढंगले मोटर दुर्घटनामा मृत्यु, कोइराला सरकारलाई हटाउन उग्र प्रदर्शन ।
वि.स.२०५१
  आफ्नै दलका ३६ जना सदस्य अनुपस्थित भएका कारण संसदमा आबश्यक मत प्राप्त गर्न नसके पछि प्रधानमन्त्री कोइरालाद्वारा मध्यावदी निर्वाचनको घोषणा । कात्तिकमा भएको निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि, निर्वाचित सदस्य संख्याको आधारमा सवभन्दा ठुलो पार्टी ने.क.पा., एमालेद्वारा अल्पमतको सरकार गठन ।
वि.स.२०५२
  संसदमा अबिश्वासको प्रस्ताव पारित भएपछि अल्पमतमा रहेको ने.क.पा. एमालेको सरकारले सत्ता गुमाएको । नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीका सदभावना पार्टीको गठबन्धनमा सरकार गठन ।
वि.स. २०५२ फागुन
  माओबादी बिद्रोहीद्वारा संबैधानिक राजतन्त्रलाइ हटाइ एकदलीय साम्यवादी गणतन्त्र स्थापना गर्ने लक्ष सहित आन्दोलन सुरु ।
वि.स. २०५३ फागुन देखि २०५४ चैत सम्म
  नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीका सद्भावना पार्टीको गठबन्धनमा बनेको सरकारले सत्ता गुमाए पछि ने.क.पा.एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको मिलिजुली सरकार गठन । ६ महिना पछि यो सरकार पनि सत्ताबाट बाहिरिए पछि नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धनमा अर्को सरकार । २०४६ को प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेका गणेशमान सिंहको नीधन ।
वि.स. २०५६ वैशाख, जेठ
  प्रजातन्त्र पुनर्स्थापना पछिको तेश्रो आम निर्वाचनमा नेपाली कांग्रेस व्यबस्थापिकामा अत्यधिक बहुमत प्राप्त गरी पुनः सत्तामा । कृष्णप्रसाद भटृराइ दोश्रो पटक प्रधानमन्त्री पदमा ।
वि.स.२०५६ चैत
  नेपाली कांग्रेस भित्रको किचलो र माओबादी बिद्रोहको कारण शान्तीसुरक्षाका बिषयमा बिवाद भएपछि कृष्णप्रसाद भटृराइको राजिनामा । गिरिजा प्रसाद कोइराला प्रधानमन्त्रीमा नियुक्त ।
वि.स. २०५८ जेठ
  युवराज दिपेन्द्रले पारिवारिक भोजमा चलाएको गोली लागी राजा बीरेन्द्र, रानी ऐर्श्वर्य र राजपरिवारका अन्य केही सदस्यहरुको नीधन, दिपेन्द्र्रले पछि आफुले आफैलाइ गोली हानेको । ज्ञानेन्द्र राजा घोषित ।
वि.स.२०५८ साउन
  माओबादी बिद्रोहीले आन्दोलन चर्काउंदै लगेका । माओबादी बिरुद्धमा सैनिक परिचालन गर्ने बिषयमा बिवाद उत्पन्न भएपछि गिरिजाप्रसाद कोइरालाको राजिनामा । प्रजातन्त्रको पुनर्स्थापना भएको ११ रौं बर्षा ११ रौं सरकारको नेतृत्व गर्दै शेरबहादुर देउवा प्रधानमन्त्री । शान्त वार्ताको लागि प्रधानमन्त्री देउवाद्वारा माओवादीसँग युद्धबिरामको प्रस्ताव । द्विपक्षीय रुपमा युद्धबिराम ।
वि.स. २०५८ मंसिर
  बार्ता भंग भएको हुंदा युद्धबिरामको औचित्य समाप्त भएको भन्दै माओबादीद्वारा दांगमा रहेको सेनाको व्यारेकमा आक्रमण । माओबादी बिरुद्धमा सेना परिचालन । संकटकालीन स्थितिको घोषणा गर्दै सरकारद्वारा माओबादीलाइ आतकंवादी संगठनको संज्ञा ।
वि.स. २०५९ असोज
  राजा ज्ञानेन्द्रबाट निर्वाचन गराउन नसकेको आरोपमा असक्षम भन्दै प्रधानमन्त्री देउवालाइ पदवाट हटाउने काम । कार्यकारी अधिकार राजा आफैले लिने घोषणा । राजाबाट लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्रीमा नियुक्त ।
वि.स. २०६० वैशाख
  संसदको पुनर्स्थापना र जनताको प्रतिनिधिको नियुक्तीको माग राख्दै महिनासम्म राजनैतिक दलहरुले गरेको बिरोधको कारण प्रधानमन्त्री चन्दको राजिनामा ।
वि.स.२०६० जेठ
  राजा ज्ञानेन्द्रबाट सूर्यबहादुर थापालाइ प्रधानमन्त्रीमा नियुक्त ।
वि.स.२०६१ वैशाख
  हप्तौको बिरोध पछि सूर्यबहादुर थापाद्वारा प्रधानमन्त्रीको पद त्याग । माओबादीसंगको शान्तीबार्ता भंग भै देश राजनैतिक संकट तर्फउन्मुख ।
वि.स.२०६१, जेठ
  शेरबहादुर देउवालाई राजा ज्ञानेन्द्रद्वारा पुनः प्रधानमन्त्रीमा नियुक्त, ने.क.पा. एमाले सहितका केही राजनैतिक दल पनि देउवा सरकारमा सम्मिलित ।
वि.स. २०६१ माघ
  राजा ज्ञानेन्द्रद्वारा देउवा सरकार भंग गरी निरंकुश ढंगले शक्ती आफ्नो हातमा लिने काम । मन्त्रिपरिषदको अध्यक्षमा राजा नै रहने र मुलुकमा संकटकालीन स्थितिको घोषणा ।
वि.स.२०६२, मंसिर
  प्रमुख सात राजनैतिक दलद्वारा माओबादी बिद्रोहीसंग भारतमा १२ बुंदे समझदारीमा हस्ताक्षर । राजाको निरंकुश शासनको अन्त र माओबादी युद्धको समाप्ती गर्नेमा सात दल सहमति ।
वि.स. २०६२, चैत
  माओबादीको समर्थनसहित सात दलको नेतृत्वमा प्रजातन्त्रको पुनर्स्थापनाको लागि जन आन्दोलन सुरु
वि.स.२०६३ वैशाख
  १९ दिनसम्म सडकमा भएको जन बिरोधको कारण राजा ज्ञानेन्द्र् सत्ताबाट हटी संसदको पुनर्स्थापना गर्न बाध्य । आन्दोलन गरेका दलहरुबाट गिरिजा प्रसाद कोइराला र्सवसम्मतीमा प्रधानमन्त्रीमा मनोनयन ।
वि.स. २०६३, जेठ
  व्यवस्थापिका संसदद्वारा राजाको सबै शक्ती खोसियो । राजालाइ सेनाको परमाधिपतीको पदबाट हटाइएको । राष्ट्र प्रमुखको रुपमा प्रधानमन्त्री रहने व्यबस्था । नेपाललाइ धर्म निरपेक्ष राष्ट्र घोषणा ।
वि.स.२०६३, मंसिर
  माओबादीद्वारा एक दशक लामो बिद्रोह समाप्त गरी सरकारसंग बृहत शान्ती संझौतामा हस्ताक्षर । राष्ट्रसंघको सुपरीबेक्षणमा आफ्ना लडाकु शिवीरमा राख्न र राष्ट्रिय सुरक्षा नियकामा उनिहरुको एकीकरणको क्रम अगाडी बढाउन माओवादी मन्जुर ।
वि.स.२०६३ पुस
  अन्तरिम संबिधानको मसौदा तयार । माओबादी व्यवस्थापिका संसदमा प्रवेश । संबिधान सभाको चुनाव जेठ २०६४मा गर्न मिति तय ।
वि.स. २०६३ माघ
  संघीय स्वरुपको माग गर्दै तराइ क्षेत्रमा सुरु भएको आन्दोलनको फलस्वरुप अन्तरिम संबिधानमा पहिलो संशेाधनको गृहकार्य ।
वि.स. २०६३ फागुन   नेपालको अन्तरिम संबिधान २०६३ मा पहिलो संशेाधन । जेठमा संविधानसभाको निर्वाचन गर्ने सहमति साथ माओबादी सरकारमा सम्मिलित ।
वि.स.२०६४, बैशाख    निर्वाचनको लागि पर्याप्त समय वांकी नभएको भनी जेठमा निर्वाचन गर्न नसक्ने धारणा निर्वाचन आयोगद्वारा र्सार्वजनिक । सत्तारुढ दलहरुद्वारा मंसिर ८ मा निर्वाचन गर्ने सहमति ।
वि.स. २०६४, असोज   पूर्ण समानुपातिक निर्वाचन प्रणालि र नेपाललाई गणतन्त्र घोषणा गरिनु पर्ने माग सहित माओबादी सरकारबाट अलग ।
वि.स.२०६४ असोज   पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनु पर्ने र नेपाललाई तत्काल गणतन्त्र घोषणा गरिनु पर्ने माओबादी मागका कारण संबिधान सभाको निर्वाचन दोश्रो पटक पनि स्थगित ।
वि.स.२०६४ पुस   अन्तरिम व्यबस्थापिका संसदद्वारा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा । संबिधानसभाको सदस्य संख्या ४९७ बाट बृद्धि गरी ६०१ तुल्याउन सात दल बीच सहमति । २४० सदस्य प्रत्यक्ष निर्वाचनबाट, ३३५ सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट र २६ जना निर्वाचित मन्त्रिपरिषदले मनोनयन गर्ने गरी कूल सदस्य संख्या ६०१ जनाको संविधानसभा निर्माण गर्ने सहमति । माओबादी सरकारमा पुनः सामेल ।
वि.स.२०६४ पुस २७   संबिधान सभाको निर्वाचन २०६४ चैत २८ मा हुनेगरी मिति घोषणा ।



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल निर्वाचन पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Developed by Yomari