|
|||||||||
|
|
|||||||||
जनमत
हामी चाँडै आउँदैछौ । ईमेलमा सामाग्री पाउनुहोस्
तपाईको ईमेलमा नियमित जानकारी पाउनुहोस् ।
नियमित जानकारी प्राप्तगर्ने सूचीबाट आफुलाई हटाउनुस् । |
राजनीतिक दलहरुको विवरण
नेपाल परिवार दल
परिचय एक्काइसौँ शताब्दीको यस ऐतिहासिक युगमा, विश्वका एकथरि राष्ट्रहरू शान्ति, लोकतन्त्र, मानवअधिकार, स्वतन्त्रता, विकास, प्रविधि र सम्पन्नताको प्रतिफलसहित रमाइरहेका छन् भने अर्काथरि राष्ट्रहरू उक्त कुराबाट वञ्चित भइ गृहयुद्ध, गरिबी, अशिक्षा र द्वन्द्वको भुमरीमा परी उकुसमुकुस अवस्थामा जीवनयापन गरिरहेका छन्। यतिखेर सम्पूर्ण नेपालीहरूको एकमात्र चाहना नेपालीनेपालीबीच सद्भाव, सहअस्तित्व, शान्ति, समृद्धि र विकासको बीउ रोप्नको लागि अनुकूल वातावरण तयार गर्नु रहेको छ। नेपालीहरूले सार्वभौमिकता, राष्ट्रिय सुरक्षा, अखण्डता र स्वतन्त्रताको लागि विभिन्न कालखण्डमा गरेका बलिदान एवं पुर्याएका योगदानहरूको कदर हुन सकिरहेको छैन। यसैको फलस्वरूप मुलुकको विभिन्न भाग र क्षेत्रमा हिंसा, अशान्ति र असुरक्षा व्याप्त छ भने नागरिकको लागि न्यूनतम दैनिक उपभोग्य सामग्रीहरूको समेत उचित व्यवस्थापन हुन सकिरहेको छैन। नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम तोकिएको समयमा सरकारले संविधानसभाको निर्वाचन गराउन नसकी दुईदुई पटक स्थगित गरेको अवस्थामा अब तेस्रो पटक संविधानसभाको निर्वाचन गराउने तरखर भइरहेको छ। नेपालको इतिहासमा नेपालीले संविधानसभामार्फत आफ्नो संविधान आफै निर्माण गर्ने र सोहीद्वारा शासनव्यवस्था सञ्चालन गर्ने अवसरलाई सदुपयोग गर्नु आजको प्रमुख विषय हुन आएको छ। अबको नेपालको संविधान निर्माण र राज्यसञ्चालन परम्परागत शैलीमा मात्र आधारित हुनुहुँदैन। यसका लागि समाजका सबै लिङ्ग, वर्ग, जातजाति, समुदाय र क्षेत्रको प्रतिनिधित्व हुनु त आवश्यक नै छ, यस बाहेक इमान्दार राजनीतिज्ञ, विभिन्न क्षेत्रका विशेषज्ञ, राष्ट्रसेवामा रहेका सेवानिवृत्त व्यक्तित्व, महिला, युवा, हिमाल, पहाड, तराईका पिछडिएका वर्ग, शारीरिक रूपमा अशक्त तर मानसिक रूपमा सबल र विभिन्न विधामा ख्यातिप्राप्त व्यक्तित्वहरूको समेत उचित प्रतिनिधित्व गराउनुपर्ने अहिलेको समयको माग रहेको छ। यिनै कुरालाई मध्यनजर राखी हामी शान्ति, एकता, प्रेम, अहिंसा र विकासप्रेमी नेपालीहरूले नेपालको प्रचलित कानुनबमोजिम नेपाल परिवार दल नामक राजनीतिक दल गठन गरेका छौँ। यो नेपाल परिवार दल सम्पूर्ण राष्ट्रप्रेमी नेपाली परिवारहररूको साझा दल हो। |
||||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल निर्वाचन पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Developed by Yomari |
|||||||||