|
|||||||||
|
|
|||||||||
जनमत
हामी चाँडै आउँदैछौ । ईमेलमा सामाग्री पाउनुहोस्
तपाईको ईमेलमा नियमित जानकारी पाउनुहोस् ।
नियमित जानकारी प्राप्तगर्ने सूचीबाट आफुलाई हटाउनुस् । |
राजनीतिक दलहरुको विवरण
तराई मधेश लोकतान्त्रिक पार्टी
तराई-मधेश लोकतान्त्रिक पार्टी २७,डिसेम्बर २००७ मा स्थापित एक नेपालको राजनितिक पार्टी हो। तराईमा अन्य बिभिन्न समुहले आन्दोलन गरि रहदाँ तात्कालिन बिज्ञान तथा प्रबिधि मन्त्री रहेका कांग्रेसका महन्त ठाकुर र अन्य दलका केही केन्द्रिय स्तरका नेताहरुले(अन्तरिम संसदका ४ सदस्य) आफ्नो पहिलेको पार्टीबाट राजिनामा दिई यसको स्थापना गरेका हुन्। यसले बिशेष गरी मधेशको हक हितको लागी कार्य गर्दै आएको बताएको छ। ३१,डिसेम्बर २००७ मा यसको केन्द्रिय कार्य समितिको गठन गरिएको थियो। यस पार्टीको अध्यक्षमा महन्त ठाकुर रहेका छन् ।अन्य सदस्यहरुमा ह्रिदेश त्रिपाठी, महेन्द्र प्रसाद शर्मा, राम चन्द्र राय, सर्बेन्द्र नाथ शुक्ला, अनिस अन्सारी, राम चन्द्र कुसवाहा, ब्रिसहेस चन्द्र लाल, श्रीकृष्ण यादब, गोबिन्द प्रसाद चौधरी, राम कुमार चौधरी, राम कुमार शर्मा, जितेन्द्र सोनल, बिश्वनाथ साह, सत्यवती कुर्मी, किर्ताराम कुमहाल, दिलिप सिह, शेख चन्दतारा रहेका छन्। पछिल्लो समयमा तराईका अन्य पार्टीहरु संग मिलेर तराईमा आन्दोलन गरेको थियो । तर पछि यस पार्टीले सरकारसँग सहमति गरेर सबिधान सभाको चुनाबमा भाग लिन लागेको छ । |
||||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल निर्वाचन पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Developed by Yomari |
|||||||||