 |








जनमत

हामी चाँडै आउँदैछौ ।

|
 |

अक्षरको आकार:

नेपालका राजनीतिक दलहरु

|
राजनीतिक दलको दर्ता प्रक्रिया
राजनीतिक दल प्रजातन्त्रको एउटा अभिन्न अंग हुन् । नेपालको संविधान अनुसार निर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरु निर्वाचन आयोगमा दर्ता हुनु आवश्यक छ । निर्वाचन आयोगमा दर्ता हुनका लागि राजनीतिक दलहरुले केही निश्चित शर्त भने पुरा गर्नुपर्दछ ।
नेपालको अन्तरिम संविधान तथा त्यस अन्तरगत बनेको निर्वाचन संवन्धि कानूनमा उल्लेख भए अनुसार निर्वाचन आयोगमा दर्ता हुन राजनीतिक दलले निम्न बुँदा पालना गर्नुपर्दछ ।
१. निर्वाचन प्रयोजनको लागि दल दर्ता गराउन चाहने राजनैतिक दलले आयोगको माग अनुसार तोकिएका विवरण समेत संलग्न गरी दल दर्ताको लागि तोकिएको म्याद भित्र आयोग समक्ष निवेदन दिनु पर्दछ ।
२. राजनीतिक दलको विधान र घोषणापत्र हुनुपर्दछ ।
३. राजनीतिक दलको निश्चित झण्डा, चिन्ह र आधिकारिक छाप हुनुपर्दछ ।
४. राजनीतिक दलको नाम त्यस्का केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिका सदस्य तथा अन्य पदाधिकारीको नाम र ठेगाना र दलको प्रधान कार्यालय रहने ठेगाना स्पष्ट हुनुपर्दछ ।
५. राजनैतिक दलको आयश्रोतको कोष र सो जुटाउने श्रोतको विवरण उल्लेख हुनुपर्दछ ।
६. राजनीतिक दलको विधान वा नियमावली लोकतान्त्रिक व्यवस्थाको मर्म अनुसार हुनुपर्दछ ।
७. विधान वा नियमावलीमा कम्तीमा पाँच वर्षा एक पटक राजनीतिक दलका प्रत्येक तहका पदाधिकारीहरुको निर्वाचन हुने व्यवस्था हुनुपर्दछ ।
८. विभिन्न स्तरका कार्यकारिणी समितिमा महिला, दलित लगायत उपेक्षित र उत्पीडित क्षेत्रका सदस्यहरु समेत रहने समावेशी व्यवस्था हुनुपर्दछ ।
९. नेपालको र्सार्वभामिकता, राष्ट्रिय एकता र अखण्डताको सम्मान र संरक्षण गर्ने हुनुपर्दछ ।
१०. राजनीतिक दलले दलको विधान नियमावलि विपरित आचारण गर्ने र अनुशासन भंग गर्ने सदस्यलाई कारवाही गर्ने व्यवस्था मिलाएको हुनुपर्दछ ।
११. क्षेत्र, धर्म लिंग, जात अथवा भाषाको आधारमा नेपाली नागरिकलाई विभेद गर्ने राजनीतिक दललाई निर्वाचन आयोगले मान्यता दिने छैन ।
१२. नेपालको अन्तरिम संविधान २०६३ को भावना विपरित उदेश्य भएका राजनीतिक दल, राजनीतिक दलको रुपमा दर्ता हुन अयोग्य हुनेछन् ।
१३ राजनीतिक दलको नाम, झण्डा, चिन्ह वा प्रकृति नेपालको धार्मिक र सामाजिक सद्भावमा खलल पुर्याउने किसिमको भएमा दर्ता हुने छैन ।
१४.एकदलीय वा दलविहिन राजनीतिक व्यवस्थाको उदेश्य राख्ने राजनीतिक दल पनि निर्वाचन आयोगमा दर्ता हुने छैन ।
१५. नेपालको अन्तरिम संविधान २०६३ जारी हुँदा व्यवस्थापिका संसदमा नरहेका दलले निर्वाचन आयोगमा दल दर्ता गर्न चाहेमा दश हजार नेपाली नागरिकको हस्ताक्षर बुझाउनु पर्दछ ।
यी शर्त अनुसार चलेका राजनीतिक दलका उम्मेदवारलाई मात्र निर्वाचन आयोगले निर्वाचनमा भाग लिन चुनाव चिन्ह प्रदान गर्छ भने स्वतन्त्र व्यक्तिहरुले निर्वाचन आयोगबाट चुनावको समयमा चुनाव चिन्ह प्राप्त गर्दछन् ।
|
|
 |

|
 |