|
मतदाता नामावली
संविधानसभा निर्वाचनको लागि व्यवस्थापिका संसदले वि.स. २०६३ पुस १४ गते मतदाता नामावली सम्बन्धी ऐन, २०६३ पारित गरेको थियो । सो ऐनमा मतदाता नामावली संलकन गर्ने, अद्यावधिक गर्ने जिम्मेवारी निर्वाचन आयोगलाई दिइएको छ । ऐनले संविधानसभा निर्वाचनमा स्थायी र अस्थायी गरी दुई किसिमका मतदाताको व्यवस्था पनि गरेको छ ।
१. मतदाताको नामावली सङ्कलन र अद्यावधिक गर्ने प्रक्रिया:
क) निर्वाचन आयोगले आफ्नो प्रत्यक्ष रेखदेख, नियन्त्रण, सुपरीवेक्षण र निर्देशनमा प्रत्येक निर्वाचन क्षेत्रभित्रका गाउँ विकास समिति र नगरपालिकाको वडाको
मतदाताको नामावली सङ्कलन गर्ने तथा त्यसको अद्यावधिक गर्ने कार्य गर्नुपर्दछ ।
ख) आयोगले मतदाता नामावली सङ्कलन वा अद्यावधिक गर्ने कामको सुरुवात आफूसँग कायम
रहेको मतदाता नामावली सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको सम्बन्धित वडामा प्रकाशन गरी गर्नेछ ।
ग) आयोगले मतदाता नामावली सङ्कलन वा अद्यावधिक गर्दा सो सम्बन्धी कार्यक्रम
र्सवसाधारणको जानकारीको लागि नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्दछ ।
घ) मतदाताको नामावली सङ्कलन वा अद्यावधिक गर्दा एकै पटक वा पटक पटक वा एकै समयमा वा
छुट्टा छुट्टै समयमा हुने गरी आयोगले समय सिमा तोक्न सक्दछ । तर कुनै एक गाउँ विकास
समिति वा कुनै नगरपालिकाको कुनै एक वडाको मतदाता नामावली सङ्कलन वा अद्यावधिक गर्दा
एकै पटक गर्नु पर्दछ ।
ङ) आयोगले निर्वाचनका लागि मतदाताको नाम तथा अन्य आवश्यक विवरण सङ्कलन गर्न, मतदाता
नामावली तयार तथा अद्यावधिक गर्न र सो सम्बन्धमा आवश्यक अन्य सबै कामका लागि
प्रत्येक जिल्लामा एकजना प्रमुख नाम दर्ता अधिकारी र आवश्यकतानुसार नाम दर्ता
अधिकारी तथा सहायक नाम दर्ता अधिकारी नियुक्ति गर्न वा तोक्न सक्नेछ ।
च) निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्नका लागि नाम दर्ता अधिकारीलाई सहयोग
पुर्याउन नेपाल सरकारको वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल
सरकारको अनुदानमा सञ्चालित संस्था वा स्थानीय निकायका कर्मचारी तथा सामुदायिक
विद्यालयका शिक्षकलाई आवश्यक संख्यामा खटाउन वा काममा लगाउन सक्नेछ ।
छ) नाम दर्ता अधिकारीको कार्यालय नगरपालिका भए सम्बन्धित वडामा र गाउँ विकास समिति
भए गाउँ विकास समितिको कार्यालयमा रहनेछ ।
२. मतदाताको लागि योग्यता:
देहायको व्यक्ति निर्वाचनको लागि मतदाता हुन योग्य हुनेछः-
(क) नेपाली नागरिक,
(ख) मतदाता नामावली संकलन हुने साल भन्दा अघिल्लो सालको चैत्र मसान्तसम्ममा १८
वर्षउमेर पूरा गरेको । तर, संविधानसभा सदस्यको निर्वाचन २०६४ को हकमा सम्वत् २०६३
साल मंसिर मसान्त सम्ममा १८ वर्षउमेर पूरा भएको व्यक्ति मतदाता हुन सक्नेछ ।
(ग) कुनै निर्वाचन क्षेत्रभित्रको कुनै गाउँ विकास समिति वा नगरपालिकाको सम्बन्धित
वडामा स्थायी बसोबास भएको ।
स्थायी बसोबास गरेको मानिने आधार:
कुनै निर्वाचन क्षेत्रको कुनै गाउँ विकास समिति वा नगरपालिकाको सम्बन्धित वडामा
सामान्य रुपमा बसोबास गर्दै आएको व्यक्तिलाई स्थायी रुपमा बसोबास गरेको मानिनेछः-
(क) कुनै निर्वाचन क्षेत्रको कुनै गाउँ विकास समिति वा नगरपालिकाको वडाको मतदाता
नामावलीमा नाम दर्ता भएको व्यक्ति जनप्रतिनिधि निर्वाचित भई आफ्नो पदावधिको समयमा
सो निर्वाचन क्षेत्रमा अनुपस्थित रहेको अवस्था,
(ख) कुनै व्यक्ति व्यापार, व्यवसाय, अध्ययन, अध्यापन, सरकारी वा गैरसरकारी सेवा,
औषधि उपचार वा अन्य कुनै काम विशेष वा कारणले वा कानून बमोजिम थुना वा कैदमा रहेको
कारणले आफ्नो नाम दर्ता भएको निर्वाचन क्षेत्रको गाउँ विकास समिति वा नगरपलिकाको
सम्बन्धित वडामा अनुपस्थित रहेको अवस्था ।
स्थायी बसोबास गरेको नमानिने:
देहाय बमोजिमका अवस्थाका व्यक्तिलाई सम्बन्धित निर्वाचन क्षेत्रको कुनै गाउँ विकास
समिति वा नगरपालिकाको सम्बन्धित वडामा स्थायी बसोबास गरेको मानिने छैनः-
(क) कसैको घर कुनै उद्योग, व्यापार वा पेशा सञ्चालन गर्ने वा कार्यालय राख्ने
प्रयोजनको लागि भाडामा लिइएको रहेछ भने सोही आधारमा मात्र घर भाडामा लिने व्यक्ति र
निजका परिवार,
(ख) सरकारी, अर्धसरकारी तथा गैर सरकारी संस्थाको कार्यालयमा कार्यरत कर्मचारी र
त्यस्तो कार्यालयमा काम गर्ने कर्मचारीका लागि बनाइएको आवास गृह, सैनिक वा प्रहरी
व्यारेक, अस्थायी शिविर (क्यान्टनमेन्ट) तथा आवास गृह, औद्योगिक प्रतिष्ठान तथा
त्यस्तो प्रतिष्ठानमा काम गर्ने कर्मचारी तथा कामदार बस्नको लागि बनाइएको बासस्थान,
अस्पताल, चिकित्सालय, नर्सिङ्ग होम, विद्यालय, क्याम्पस तथा छात्रावास, अनाथालय,
बृद्धाश्रम, कारागार तथा यस्तै अन्य स्थानमा बस्ने व्यक्तिहरु ।
३. अन्य निर्वाचन क्षेत्रको मतदाताको नाम दर्ता गर्न सकिने:
(क) कुनै निर्वाचन क्षेत्रको कुनै गाउँ विकास समिति वा नगरपालिकाको वडाको मतदाता
नामावलीमा नाम दर्ता भएको व्यक्ति वैवाहिक वा अन्य कारणले बसाई सरी अर्को निर्वाचन
क्षेत्रमा गएमा त्यस्ता व्यक्तिको नाम निज बसि आएको निर्वाचन क्षेत्रमा दर्ता गर्न
सकिनेछ । यसरी नाम दर्ता गराउँदा त्यस्तो व्यक्तिले नाम दर्ता अधिकारी समक्ष विवाह
भएको वा बसाई सरी आएको पुष्टि हुने प्रमाण पेश गर्नु पर्नेछ । त्यस्तो प्रमाण पेश
गर्न नसकेमा त्यस्तो व्यक्तिको नाम मतदाता नामावलीमा दर्ता गरिनेछैन ।
४. दोहोरो नाम दर्ता गर्न नहुने:
कुनै पनि व्यक्तिको नाम एक भन्दा बढी निर्वाचन क्षेत्र भित्रको कुनै गाउँ विकास
समिति वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा दर्ता गर्न वा गराउन हुँदैन
।
यस ऐन अनुसार कुनै व्यक्तिको नाम मतदाता नामावलीमा दर्ता गर्दा आवश्यक परेमा नाम
दर्ता अधिकारीले सम्बन्धित व्यक्ति वा निजको परिवारसँग निजको जन्म वा उमेर वा
वासस्थान खुलेको नागरिकताको प्रमाणपत्र, जग्गा धनी प्रमाणपूर्जा वा सरकारी
कार्यालय, स्थानीय निकाय, सरकारी स्वामित्व भएको संस्था वा शिक्षण संस्थाद्वारा
जारी गरिएको कुनै परिचयपत्र माग गर्न सक्नेछ ।
माग गरिएको प्रमाण पेश गर्न नसकेमा नाम दर्ता अधिकारीले त्यस्तो व्यक्तिसँग
सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको सम्बन्धित वडाको सिफारिस माग गर्न
सक्नेछ ।
माग गरिएको सिफारिश पनि पेश गर्न नसक्ने व्यक्तिको नाम मतदाता नामावलीमा दर्ता
गरिने छैन । तर नेपाली नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र पेश गर्न नसकेको
कारणले मात्र मतदाता नामावलीमा नाम दर्ता गर्न वाधा पुर्याएको मानिने छैन ।
५. नाम दर्ता गर्ने र विवरण उपलब्ध गराउने कर्तव्य:
क) मतदाता हुन योग्य प्रत्येक नेपाली नागरिकले आफ्नो स्थायी बसोबास रहेको निर्वाचन
क्षेत्रभित्रको गाउँ विकास समिति वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा
आफ्नो नाम दर्ता गराउनु नागरिककको कर्तव्य हुनेछ ।
ख) नाम सङ्ककन गर्ने प्रयोजनको लागि आएका सङ्कलनकर्तालाइ घरमा बसोबास गर्ने
प्रत्येक मतदाताको नाम तथा अन्य आवश्यक विवरण उपलब्ध गराउनु सम्बन्धित परिवारको
मुख्य व्यक्ति वा परिवारको अन्य सदस्यको कर्तव्य हुनेछ ।
६. मतदाता नामावलीको प्रकाशन:
क) नामावली प्रकाशन
नाम दर्ता अधिकारीले सङ्कलन वा अद्यावधिक भएको मतदाता नामावली सम्बन्धित गाउँ विकास
समिति वा नगरपालिकाको सम्बन्धित वडाको कार्यालयमा आयोगले निर्धारण गरेको समयमा
प्रकाशन गर्नेछ ।
ख) नाम समावेश गर्न दरखास्त दिने:
प्रकाशित नामावलीमा कुनै व्यक्तिको नाम छुटेको भए त्यस्तो व्यक्तिले आफ्नो नाम
समावेश गराउन चाहेमा प्रमाण सहित आयोगले निर्धारण गरेको समयमा सम्वन्धित नाम दर्ता
अधिकारी समक्ष दरखास्त दिन सक्नेछ ।
ग) नाम सच्याउन दरखास्त दिने:
प्रकाशित नामावलीमा परेको कुनै मतदाताको नाम वा विवरणमा कुनै त्रुटि भएमा सो
सच्याउनको लागि सम्बन्धित मतदाता वा निजको परिवारको कुनै सदस्यले आयोगले निर्धारण
गरेको समयमा सम्वन्धित नाम दर्ता अधिकारी समक्ष दरखास्त दिन सक्नेछ ।
घ) संशोधित मतदाता नामावली प्रकाशन गर्ने:
कुनै दरखास्त पर्न आएमा नाम दर्ता अधिकारीले सो दरखास्त उपर जाँचबुझ गरी मतदाता
नामावलीमा निजको नाम छुटेको वा विवरणमा कुनै त्रुटि भएको देखेमा त्यस्तो मतदाताको
नाम मतदाता नामावलीमा समावेश गरी वा विवरण सच्याई संशोधित मतदाता नामावली तयार गरी
आयोगले निर्धारण गरेको समयमा प्रकाशन गर्नु पर्नेछ ।
ङ) मतदाता नामावलीमा विरोध गर्ने:
प्रकाशित मतदाता नामावलीमा कुनै व्यक्तिको नाम समावेश हुन नसक्ने भन्ने लागेमा सोही
निर्वाचन क्षेत्रको सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको सम्बन्धित वडाका
कुनै पनि मतदाताले सो कुराको विरोध गरी आयोगले निर्धारण गरेको समयमा नाम दर्ता
अधिकारी समक्ष कारण सहित दरखास्त दिन सक्नेछ ।
यस्तो दरखास्त प्राप्त भएमा नाम दर्ता अधिकारीले सो सम्बन्धमा तोकिए बमोजिम जाँचबुझ
गरी सो व्यहोरा मनासीव देखिएमा त्यस्तो व्यक्तिको नाम मतदाता नामावलीबाट हटाउनेछ ।
च) दोहोरो नाम हटाउने:
कुनै मतदाताको नाम एक वा एक भन्दा बढी निर्वाचन क्षेत्रभित्रको मतदाता नामावलीमा
समावेश भएमा संवन्धित मतदाताले अन्य क्षेत्रको मतदाता नामावलीबाट आफ्नो नाम हटाउन
नाम दर्ता अधिकारीलाई सूचना दिनुपर्दछ ।
यसरी मतदाता नामावलीबाट नाम हटाउन जानकारी दिएकोमा नाम दर्ता अधिकारीले त्यस्तो
दोहोरो नाम हटाउनु पर्नेछ ।
कसैले निवेदन नदिए तापनि आयोगलाई कुनै मतदाताको नाम दोहोरो परेको जानकारी प्राप्त
हुन आएमा त्यस्तो मतदाताको नाम निज स्थायी बसोबास गर्दै आएको गाउँ विकास समिति वा
नगरपालिकाको सम्बन्धित वडाकोे मतदाता नामावलीमा कायम गरी अन्य स्थानको मतदाता
नामावलीबाट निजको नाम हटाउनु पर्दछ । दोहोरो नाम हटाइएको सूचना नाम दर्ता अधिकारीले
सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको सम्बन्धित वडा कार्यालयमा टाँस गर्नु
पर्नेछ ।
छ) मतदाता नामावलीबाट नाम हटाउने:
क) मतदाता नामावलीमा नाम समावेश भएको कुनै मतदाताको मृत्यु भएको वा निजले स्थायी
तवरले सम्बन्धित निर्वाचन क्षेत्रबाट बसाई सरेमा वा नेपाली नागरिकता त्याग गरेको वा
मतदाता नामावलीमा नाम कायम रहन सक्ने योग्यता गुमाएको रहेछ भने सो व्यहोरा उल्लेख
गरी कुनै पनि मतदाताले नाम दर्ता अधिकारी समक्ष आयोगले निर्धारण गरेको समयभित्र
सूचना दिन सक्नेछ ।
यस्तो सूचना प्राप्त भएपछि नाम दर्ता अधिकारीले तोकिए बमोजिम जाँचबुझ गर्दा त्यस्तो
व्यहोरा मनासिव देखिएमा सो मतदाताको नाम मतदाता नामावलीबाट तोकिए बमोजिम हटाउनु
पर्नेछ ।
ख) सूचना प्राप्त नभए पनि कुनै मतदाताको विवाह भई वा अन्य कारणले बसाईसराई गरी
अन्यत्र गएको वा मृत्यु भएको व्यहोरा स्थानीय पंजिकाधिकारीको कार्यालयको अभिलेखबाट
देखिएमा नाम दर्ता अधिकारीले त्यस्तो मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सक्नेछ
।
यसरी मतदाता नामावलीबाट नाम हर्टाईएकोमा सो को सूचना नाम दर्ता अधिकारीले सम्बन्धित
गाउँ विकास समिति वा नगरपालिकाको सम्बन्धित वडा कार्यालयमा टाँस गर्नु पर्नेछ ।
ज) अन्तिम मतदाता नामावली प्रकाशन:
क) मतदाता नामावलीमा परेको दाबी, विरोध, जाँचबुझ र संशोधनको प्रक्रिया पूरा
गरिसकेपछि नाम दर्ता अधिकारीले सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावली
तयार गरी आयोगले निर्धारण गरेको समयमा प्रकाशन गर्नु पर्नेछ । यसरी नामावली प्रकाशन
गर्दा सम्भव भए सम्म एक परिवारका मतदाताको नाम एकै ठाउँमा राखी प्रकाशन गरिनेछ ।
ख) अन्तिम मतदाता नामावली नाम दर्ता अधिकारीले आयोगले निर्धारण गरेको समयभित्र
निर्वाचन आयोगमा पठाउनु पर्नेछ ।
झ) मतदाता नामावलीको पुनरावलोकन:
निर्वाचन आयोगमा प्राप्त हुन आएको अन्तिम मतदाता नामावली त्यस्तो नामावली प्राप्त
भएको पैतीस दिन भित्र आयोगले पुनरावलोकन गर्न सक्नेछ । पुनरावलोकन गर्दा त्यस्तो
अन्तिम मतदाता नामावलीमा नाम समावेश हुनु पर्नेको समावेश नभएको तथा समावेश हुनु
नपर्नेको समावेश भएमा त्यस्तो त्रुटि सुधार गर्न आयोगले सम्बन्धित नाम दर्ता
अधिकारीलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशन दिएकोमा सम्बन्धित नाम
दर्ता अधिकारीले सो निर्देशन बमोजिम मतदाता नामावलीमा आवश्यक सुधार गर्नु पर्नेछ ।
ञ) नाम समावेश गर्न सकिने विशेष व्यवस्था:
मतदाता नामावली प्रकाशन भई सके पछि नागरिकता प्राप्त गर्ने र यस ऐन अनुसार मतदाता
हुन योग्यता पुगेको व्यक्तिको नाम मतदाता नामावलीमा नाम दर्ता भएको रहेनछ भने
त्यस्तो व्यक्तिले आयोगले निर्धारण गरेको अवधि भित्र मतदाता नामावलीमा नाम समावेश
गर्न प्रमुख नाम दर्ता अधिकारी समक्ष निवेदन दिन सक्नेछ । र त्यस्ता निवेदन उपर
प्रमुख नाम दर्ता अधिकारीले आवश्यक जाँचबुझ गरी आवश्यक भए त्यस्तो व्यक्तिको नाम
मतदाता नामावलीमा समावेश गरी दिनु पर्नेछ ।
ट) अन्तिम नामावलीमा हेरफेर वा थपघट गर्न नहुने तथा अदालतमा प्रश्न उठाउन नसकिने
अन्तिम मतदाता नामावलीमा माथि उल्लेखित विशेष व्यवस्था बाहेक कुनै प्रकारबाट
हेरफेर, थपघट गर्न वा सच्याउन सकिने छैन ।
मतदाता नामावली संकलन र अद्यावधिक कार्यको विषयमा कुनै व्यक्तिको नाम दर्ता भएको वा
नभएको तथा नाम दर्ता गर्ने अधिकारीले तयार गरेको मतदाता नामावलीका विषयमा कुनै पनि
अदालतमा प्रश्न उठाउन सकिने व्यवस्था छैन ।
७. अस्थायी मतदाता नामावली सम्बन्धी विशेष व्यवस्था:
निर्वाचन आयोगले आफ्नो प्रत्यक्ष रेखदेख, नियन्त्रण, सुपरीवेक्षण र निर्देशनमा
छुट्टै अस्थायी मतदाता नामावली तयार गराउनेछ । अस्थायी मतदाता नामावलीमा देहायका
व्यक्तिहरुको नाम समावेश गरिनेछ:
(क) सरकारी कार्यालय, स्थानीय निकाय वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा
रहेको संस्थामा कार्यरत कर्मचारी,
(ख) सैनिक वा प्रहरी व्यारेकमा रहेका व्यक्ति वा अस्थायी शिविर -क्यान्टनमेन्ट) मा
रहेका माओवादी सेनाका लडाकु,
(ग) कारागारमा रहेका कैदी र थुनुवा,
(घ) निर्वाचन वा मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी ।
८. अस्थायी मतदाताहरु:
(क) सरकारी कार्यालय, स्थानीय निकाय वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा
रहेको संस्थामा कार्यरत कर्मचारीहरु:
यिनीहरुको अस्थायी मतदाता नामावली तयार गर्ने वा अद्यावधिक गर्ने काम नाम दर्ता
अधिकारीको हुन्छ । तर, कुनै कार्यालयमा बहाल रहेको कर्मचारीको नाम स्थायी वसोवासको
आधारमा कार्यालय रहेकै गाउँ विकास समिति वा नगरपालिकाको मतदाता नामावलीमा नाम दर्ता
भएको रहेछ भने त्यस्तो कर्मचारीको नाम अस्थायी मतदाता नामावलीमा दर्ता गरिने छैन ।
(ख) सैनिक वा प्रहरी व्यारेक वा अस्थायी शिविर -क्यान्टनमेन्ट) मा रहेका माओवादी
लडाकुहरु:
यस्ता अखडाहरु जुन गाउँ विकास समिति वा नगरपालिकाको वडामा रहेको छ सो व्यारेकमा
रहेका व्यक्ति वा अस्थायी शिविरमा रहेका माओवादी सेनाका लडाकुको नाम सोही गाउँ
विकास समिति वा नगरपालिकाको वडाको छुट्टै अस्थायी मतदाता नामावली कायम गरी नाम
समावेश गरिनेछ । त्यसरी तयार भएको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिको नाम
अस्थायी मतदाताको रुपमा नाम दर्ता भएको मानिनेछ । सैनिक वा प्रहरी व्यारेकमा रहेका
व्यक्ति वा अस्थायी शिविर -क्यान्टनमेन्ट) मा रहेका माओवादी सेनाका लडाकुको नाम
दर्ता गर्दा सम्बन्धित सैनिक वा प्रहरी व्यारेक वा अस्थायी शिविर व्यवस्थापन गर्ने
अधिकारीले प्रमाणित गरेको नामावलीको आधारमा गरिनेछ ।
(ग) कैदी वा थुनुवाहरु:
कारागारमा बस्ने कैदी वा थुनुवाको अस्थायी मतदाता नामावली तयार गर्न वा अद्यावधिक
गर्न र सो सम्बन्धमा आवश्यक अन्य सबै कामहरु नाम दर्ता अधिकारीले गर्नेछ ।
कारागारमा बस्ने कैदीको नाम त्यस्तो कारागार जुन गाउँ विकास समिति वा नगरपालिकाको
वडामा रहेको छ सोही गाउँ विकास समिति वा नगरपालिकाको वडाको छुट्टै अस्थायी मतदाता
नामावली कायम गरी नाम समावेश गरिनेछ । त्यसरी तयार भएको मतदाता नामावलीमा नाम
समावेश भएको व्यक्तिको नाम अस्थायी मतदाताको रुपमा नाम दर्ता भएको मानिनेछ ।
कारागारमा बस्ने कैदी वा थुनुवाको नाम दर्ता गर्दा सम्बन्धित कारागारको प्रमुखले
प्रमाणित गरेको नामावलीको आधारमा दर्ता गरिनेछ ।
(घ) निर्वाचन वा मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरु:
निर्वाचन वा मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीको अस्थायी मतदाता
नामावली आयोगले मतदान केन्द्रमा खटाएकै बखत तयार गरी सम्बन्धित मतदान अधिकृतलाई
उपलब्ध गराउनेछ ।
९. अस्थायी मतदाता नामावलीको प्रयोग:
(क) अस्थायी मतदाता नामावलीको प्रयोग संविधान सभा सदस्यको समानुपातिक निर्वाचन
पद्धतिको आधारमा हुने २४० स्थानको लागि मतदान गर्ने प्रयोजनको लागि मात्र प्रयोग
हुनेछ ।
(ख) अस्थायी मतदाता नामावलीमा नाम दर्ता भएको मतदाताले आयोगले तोकेको मतदान
केन्द्रमा मतदान गर्न सक्नेछ ।
१०. मतदानका लागि अयोग्य मतदाताः
मतदाता नामावलीमा नाम दर्ता भएको प्रत्येक मतदाताले निर्वाचनमा मतदान गर्न पाउनेछ ।
तर देहायका मतदाताले मतदान गर्न पाउने छैनन्:-
(क) मगज व्रि्रेको व्यक्ति,
(ख) निर्वाचन अपराध र सजाय सम्बन्धी प्रचलित कानून बमोजिम कैदको सजाय पाई त्यस्तो
सजाय भोगिरहेको वा त्यस्तो कानून बमोजिम एक वर्षवा सोभन्दा बढी कैदको सजाय पाएको
अवस्थामा त्यस्तो कैदको सजाय भोगिसकेको मितिले एक वर्षो अवधि भुक्तान नभएको ।
११. कसुर:
देहाय बमोजिमका कार्य गरेमा यो ऐन बमोजिमको कसूर गरेको मानिनेछ:-
(क) गैर नेपाली नागरिकले नेपाली नागरिक हु भनी ढँाटी मतदाता नामावलीमा नाम समावेश
गराएमा,
(ख) यस ऐन बमोजिम मतदाता नामावली तयार गर्ने सिलसिलामा आवश्यक विवरण सङ्कलन गर्दा
कसैले आफ्नो नाम, थर, वतन, उमेर वा अन्य विवरण ढाँटी नाम दर्ता गराएमा वा दर्ता
गराउनको लागि दरखास्त दिएमा वा त्यसरी ढाँटी विरोधपत्र दिएमा,
(ग) यस ऐन बमोजिम प्रकाशन गरेको मतदाता नामावलीमा जानी बुझी कसैले कुनै व्यहोरा
थपेमा, केरमेट गरेमा, सच्याएमा वा त्यस्तो मतदाता नामावली कुनै किसिमले बिगारेमा,
नोक्सान पारेमा वा नष्ट गरेमा,
(घ) यस ऐन बमोजिम मतदाता नामावली तयार गर्ने सिलसिलामा खटिएका कर्मचारीलाई कसैले
कुनै किसिमको डर, धम्की वा प्रलोभन दिएमा वा बल प्रयोग गरी आफ्नो कर्तव्य पालन
गराउनबाट विचलित गराएमा,
(ङ) गोप्य राख्नु पर्ने कागजात वा विवरणहरुको गोप्यता भङ्ग गरेमा ।
१२. सजाय:
(क) गैर नेपालीले नेपाली नागरिक हुँ भनी ढाँटेर मतदाता नामावलीमा नाम समावेश गराएमा
त्यस्ता व्यक्तिलाई पचास हजार रुपैयाँ सम्म जरिवाना वा छ महिना सम्म कैद वा दुबै
सजाय हुनेछ ।
(ख) त्यस बाहेकका माथिका कसुर गर्ने व्यक्तिलाई दश हजार रुपैयाँसम्म जरिवाना वा एक
महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।
(ग) यस्ता कसूरको योजना बनाउने वा सो गर्न मद्दत गर्ने वा दुरुत्साहन दिने
व्यक्तिलाई कसूर गर्ने व्यक्तिलाई हुने सजायको आधा सजाय हुनेछ ।
(घ) मतदाता नामावलीमा नाम समावेश गर्नु पर्ने कुनै व्यक्तिको नाम वदनियतपर्ूवक
समावेश नगर्ने वा समावेश नगर्नु पर्ने व्यक्तिको नाम वदनियतपर्ूवक समावेश गर्ने वा
अन्तिम मतदाता नामावलीमा वदनियतपर्ूवक थपघट वा हेरफेर गर्ने गराउने नाम दर्ता
अधिकारी, नाम सङ्कलनकर्ता वा निर्वाचनमा संलग्न अन्य कर्मचारीलाई आयोगले प्रचलित
कानून बमोजिम विभागीय कारवाही गर्नसक्नेछ ।
१३. मतदाता नामावलीमा नाम भएको आधारमै असर नपार्ने क्षेत्रहरु:
(क) नागरिकता सम्बन्धी कुरामा असर नपर्ने:
यस ऐन बमोजिम कुनै व्यक्तिको नाम मतदाता नामावली वा अस्थायी मतदाता नामावलीमा
समावेश भएको वा नभएको कारणले मात्र निजको नागरिकता बारे प्रचलित कानून बमोजिम
हुनेमा कुनै असर पर्ने छैन ।
(ख) अन्य प्रयोजनका लागि प्रमाणमा नलाग्ने:
यस ऐन बमोजिम तयार गरिएको मतदाता नामावली वा अस्थायी मतदाता नामावली मतदानको
प्रयोजनको लागि र प्रचलित कानूनमा विशेष व्यवस्था भए बाहेक अन्य प्रयोजनको लागि
प्रमाणमा लाग्ने छैन ।
१४. मतदाता प्रमाणित गरिदिने:
कुनै निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम दर्ता भएको कुनै मतदाताले सो व्यहोरा
प्रमाणित गरी पाउँ भनी दरखास्त दिएमा आयोग वा आयोगबाट अधिकार प्राप्त अधिकारीले
त्यस्तो व्यहोरा तोकिए बमोजिम प्रमाणित गरि दिनु पर्नेछ ।
१५. सहयोग उपलब्ध गराउनु पर्ने:
यस ऐन बमोजिम मतदाता नामावली वा अस्थायी मतदाता नामावली तयार गर्दा नाम दर्ता
अधिकारीबाट माग भए बमोजिम आवश्यक सहयोग उपलब्ध गराउनु सम्बन्धित सबैको कर्तव्य
हुनेछ ।
सहयोग समिति:
यस ऐन बमोजिम मतदाता नामावली वा अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने
कार्यमा सहयोग पु-याउन आयोगले स्थानीय स्तरमा राजनैतिक दलका प्रतिनिधि रहने गरी
सहयोग समिति गठन गर्न सक्नेछ ।
१६. मतदाता परिचयपत्र सम्बन्धी व्यवस्था लागू गर्न सक्ने:
निर्वाचन आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सोही सूचनामा तोकिएको कुनै वा
सबै निर्वाचन क्षेत्रका मतदाताहरुले मतदान गर्नका लागि मतदाता परिचयपत्र लिनु पर्ने
गरी व्यवस्था गर्न सक्नेछ । त्यस्तो व्यवस्था गरिएमा त्यस्तो निर्वाचन क्षेत्रका
मतदाताले परिचयपत्र देखाई मतदान गर्नुपर्नेछ ।
तर, देशभर मतदाता परिचयपत्र सम्बन्धी व्यवस्था नभएकाले संविधान सभा निर्वाचनका लागि
मतदाता नामावलीको नाम भएकाहरुलाई मतदानका लागि मान्यता दिइएको छ ।
|